एम्स कलेजका दुइ शिक्षक विरुद्ध अभिभावकद्धारा जाहेरी कुटपिट गर्ने शिक्षकहरु कलेज आए कलेज छोडछौ– विद्यार्थी, कलेजले निलम्वन गरी सकेको छ –अध्यक्ष राई

  • मंसिर २३, २०८०
  • १६,२५५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२३ मंसिर ः एम्स कलेजका दुइ शिक्षक विरुद्ध अभिभावकले इलाका प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकाछन् ।

कलेजमा पढाई हुने समयमा विद्यार्थीलाई मरणासन्न हुने गरी कुटपिट गरेको आरोपमा शिक्षकविरुद्ध पीडितका बुबाले जाहेरी दिएका हुन ।

घटना बिहिबारको भएपनि शुक्रबार मात्र सामाजिक सञ्जालमा सिसिटिभी फुटेज बाहिरिए पछि घटना सार्वजनिक भएको थियो । उक्त फुटेजमा शिक्षकले विद्यार्थीलाई निर्घात कुटपिट गरेको पाइएको थियो ।

पीडितका बुबाले कुटपिट गर्ने भनिएका शिक्षक विदुर महत र बुद्रोस लिम्बुविरुद्ध शनिवार जाहेरी दिएका छन् ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपि नवराज मल्लले पीडित विद्यार्थी १७ बर्ष मात्र पुगेको र नाबालक भएको कारण बालबालिकाविरुद्धको कसुरमा जाहेरी आएको जानकारी दिए ।

विदा भएपनि उक्त जाहेरीमा तोक लागिसकेर मुद्दाको प्रक्रिया अघि बढीसकेको डिएसपी मल्ले बताए ।

व्यवस्थापनले कुटपिटमा संलग्न शिक्षकहरुलाई निलम्बन गरीसकेको संचालक समितिका अध्यक्ष प्रकाश राईले जानकारी दिएकाछन् ।

। कुटपिटमा संलग्न दुवै शिक्षकहरुलाई कार्वाही गरीसकीएको र पीडित पक्षले माग गरेको खण्डमा कलेजले आवस्यक सहयोग गर्ने अध्यक्ष राईले वताएका छन् ।

कलेजले गर्ने कार्वाही प्रकृया अघि वढाई सकेको छ अव कानुनी निकायबाट गर्ने प्रकृया कानुनको करा हो अध्यक्ष राईले भने ।

लिम्वुले यस अघि पनि विद्यार्थी कुटपिट गरेको चर्चा व्यापक रुपमा रहेपनि अभिभावकसंग वसेर छलफल गरी आन्तरीक रुपमा मिलाईको थियो । लिम्वुले यस्ता घटना वारम्वार दोहो¥याएको विद्यार्थीहरुको भनाई रहेको छ ।

शिक्षकहरुको कुटाईबाट अन्य विद्यार्थीहरु समेत त्रसित वनेको कलेजमा अध्ययनरत विद्यार्थीहरुको भनाई रहेको छ । सरहरुको कुटाईबाट हामी त्रसित छौं आगामी दिनमा कसरी त्यो कलेजमा पढने भन्ने हामीलाई चिन्ता लागेको छ ती विद्याथीले भने ।

त्यस्ता शिक्षकलाई केही दिनका लागि कार्वाही गरेर पनि वोलाएको खण्डमा आफूहरु कलेज पढन छोडनुको विकल्प नभएको ती विद्यार्थीको भनाई रहेको छ ।

कुटपिट भएको भिडियो सामाजिक सञ्जालमा बाहिरिएपछि रास्वपाका प्रदेश उपसभापति तथा अभियन्ता सरिन तामाङको पहलमा पीडितका अभिभावक प्रहरीमा जाहेरी दिन पुगेका हुन् ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic