एन्फा प्रेसिडेन्ट कप अण्डर १५ फुटबल प्रतियोगिता धरानमा

  • मंसिर २५, २०८०
  • १,४५६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२५ मंसिरः कोशी प्रदेश स्तरीय एन्फा प्रेसिडेन्ट कप अण्डर १५ फुटबल प्रतियोगिता धरानमा पहिलो पटक आयोजना हुने भएको छ ।

कोशी प्रदेश फुटबल संघको आयोजनामा धरानमा सो प्रतियोगिता हुन लागेको हो ।

आयोजकले आइतवार पत्रकार सम्मेलनगरी दिएको जानकारी अनुसार मंसिर २७ गते देखि प्रतियोगिता शुरु हुने जानकारी दिर्एको छ ।

प्रतियोगितामा धरान फुटबल क्लब, राष्ट्रिय जागृति क्लब इटहरी, न्यु स्टार फुटबल क्लब वराहक्षेत्र, मोरङका उर्लाबारी नगरपालिका, मिल्स भेट्रान क्लब, विराट ट्रेनिङ सेन्टर, झापाका ध्रुवतारा स्पोर्टिङ क्लब, झापा नेशनल एकेडेमी र उदयपुरको गाईघाट फुटबल क्लब सहित १० टिमले सहभागिता जनाउने एन्फा कोशी प्रदेश अध्यक्ष किशोर राईले जानकारी दिएका छन।

प्रतियोगिता धरान १७ स्थित एन्फा खेलमैदानमा हुनेछ ।

आयोजकले दिएको जानकारी अनुसार प्रतियोगितामा विजेताले ५० हजार नगद र उपविजेताले २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ र व्यक्तिगत विधागततर्फ उत्कृष्ट खेलाडीले जनही २ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् ।

प्रत्येक दिनको खेलका म्यान अफ द म्याचले नगद १ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।प्रतियोगिताको फाईनल खेल पुस ६ गते हुनेछ ।

अध्यक्ष राईले “अव पालो नविन युवा पिढीको,लक्ष्य तयारी हाम्रो वल्र्ड कप”को भन्ने मुल नाराका साथ प्रदेश स्तरीय अन्डर १५ प्रतियोगिताको बिशेष तयारी गरिएको बताए ।

वल्र्डकपको बिशेष तयारीका लागि १५ वर्ष बालबालिकालाई खेल्नु पर्दछ भनेर प्रतियोगिता आयोजना गरिएको बताए । उनले भने प्रदेश र जिल्लाले क्यालेन्डर बनाई कार्यतालिका अनुसार यस बर्षमात्र ४ वटा प्रतियोगिता गरिसकेको छ तर अन्य ५ वटा प्रदेश र जिल्लाहरुले केही प्रतियोगिता नगरेको बताए ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic