लिम्बू थरगत संस्थाको भेलाद्वारा ५ निर्णय सार्वजनिक

  • मंसिर २५, २०८०
  • १५,८८९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२४ मंसिरः लिम्वु थरगत संस्थाहरुको दुई दिने भेलाले विभिन्न ५ वुदे  निर्णर्य गर्दै सम्पन्न भएको छ ।

धरान १५ स्थित चुम्लुङ भवनमा मसिर २३ र २४ गते लिम्बू याक्थुमहरुको ११९ थरगत भेलाले ५ वुदे निर्णय गर्दै भेला सम्पन्न गरेको हो ।

लिम्बू थरगत सस्था याक्थुम सयङ सहजीकरण सचिवालयकाले सोमबार पत्रकार सम्मेलन आयोजना गरि महत्त्वपूर्ण ५ निर्णय सार्वजनिक गरेको छ ।

भेलाले परम्परागत प्रथाजनित पुख्यौली भूमीको सामुहिक स्वामित्वको अधिकार नियन्त्रण गर्नको लागि थिवोड याक्थुङ चुम्लुङ (लिम्बु ससद) आवश्यक ठहर गर्दै, प्रथाजनित संस्था ुचुम्लुङु पुनर्जीवित गर्दै, तुम्याङ प्रणालीलाई अभ्यासमा ल्याउदै यसतर्फ पहल कदमी लिइने जानकारी दिएको छ ।

त्यसैगरी याक्थुङरलिम्बुहरूको साँस्कृतिक स्थल, ऐतिहासिक स्थल, मुन्धुमी आस्थाको स्थल, चिहान, वन, चरन, खर्क, परम्परागत प्रथाजनित पुख्यौली भूमी माथि नियन्त्रण र उपभोग गर्ने निर्णय गरेको छ ।

त्यस्तै अविलम्ब स्थान नाम सच्याउदै लैजाने र सम्बन्धित निकायमा अभिलेखिकरण गराइने भएको निर्णय गरेको छ ।

भेलाले याक्थुङ र लिम्बुहरूको परम्परागत प्रथाजनित पुख्यौली भूमी फिर्ता गर्नको लागि वि.सं. १८३१ को सन्धि अनुसार अन्तर्राष्ट्रिय निकायमा मुद्धा दायर गर्ने र सोको लागि एक लाख भन्दा बढी हस्ताक्षर सङ्कलन गर्ने निर्णय गरीएको छ ।

एक नम्बर प्रदेशको नाम कोशी अस्वीकार गर्ने सो नाम खारेजी गर्नु पर्ने, प्रदेशको नाम पहिचानको आधारमा लिम्बुवान, किरात पुनः नामाङ्कन गरिनु पर्ने र कोशी नाम खारेजी र पुनःनामाङ्कनका लागि भइरहेको आन्दोलनलाई सहयोग गर्दै प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संङ्घर्ष समितिले गरेका निर्णयहरूलाई आत्मसात गर्ने निर्णय गरेको छ ।

लिम्बु थरगत संस्था मूल अभियान समितिको यस भेलाले एक महिला एक पुरूष गरी प्रत्येक थरगत संस्थाबाट दुईजना रहने गरी हाललाई २५६ सदस्यीय लिम्बु थरगत संस्था मूल अभियान समिती पुनर्गठन गरियो।

बैठकले १० वटा थुमबाट एक एक जना प्रतिनिधी रहने गरी १८ जनाको सहजिकरण समूह (सचिवालय) गठन गर्ने समेत निर्णय गरेको सचिवालय सयोजक नन्द कन्दङ्वाले बताए ।

सहजीकरण मुल अभियान समिति र सहजीकरण समूह सचिवालयको निमन्त्रणामा नेपालभरबाट ७ सय जना थरगत प्रतिनिधिहरु सहभागी भएका थिए ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic