खेलाडीहरुलाई सम्मान

  • पुस ५, २०८०
  • १,९८१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,५ पुषः सुनसरी जिल्ला बक्सिङ संघले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा योगदान गरेवापत खेलाडीहरुलाई सम्मान गरेको छ ।

मलेसियामा आयोजित अन्र्तराष्ट्रिय बक्सिङ प्रतियोगिता र उदयपुरमा आयोजित प्रदेशस्तरीय प्रतियोगितामा पदक विजेता खेलाडीहरु नगद सहित सम्मान गरेको हो ।

संघले वुधवार धरान १९ स्थित हरियाली सामुदायिक वन क्षेत्रमा सम्मान तथा वनभोज कार्यक्रम आयोजना गरि पदक विजेता खेलाडीहरुलाई सम्मान गरेको थियो ।

संघले ५ डिसेम्बर २०२३ मा मलेसियामा आयोजित पेनाङ ट्रेड फेयर ३४ औं इन्टरनेशनल बक्सिङ टुर्नामेन्टमा ५४ केजी तौल समुहमा काँस्य पद विजेता सिंहविर लिम्बुलाई सम्मान गरेको थियो ।

१९ वर्षीयबर्षका खेलाडी लिम्बुले यसअघि विर गणेशमान सिंह नेविस १ नम्बर प्रदेश बक्सिङ च्याम्पियनसिप २०७७ मा ५२ केजी तौल समुहमा प्रथम, नवौं राष्ट्रिय खेलकुद २०७९ प्रदेश खेलकुद छनौटमा ५७ केजी तौलमा प्रथम भएका थिए । स्व.प्रकाश दाहाल स्मृति तेस्रो राष्ट्रिय खुल्ला पुरुष बक्सिङ प्रतियोगितामा प्रथम र बेष्ट बक्सिङ प्लेयर घोषित भएका थिए ।

त्यसैगरी गत असार १३ देखि १५ गतेसम्म उदयपुरको गाइघाटमा सम्पन्न कोशी प्रदेशस्तरीय बक्सिङ प्रतियोगिताका ११ जना खेलाडीसहित प्रशिक्षक, टिम मेनेजरलाई पनि सम्मान गरिएको थियो ।

उक्त प्रतियोगितामा सुनसरीले पाँच स्वर्ण, ४ रजत र दुई कास्य पदक जितेर टिम च्याम्पियन बनेको थियो ।

उक्त प्रतियोगितामा ४८ केजी तौल समुहमा उज्वल सापकोटा, ५१ केजी तौल समुहमा पारस तामाङ, ६३।५ केजी तौल समुहमा दिपक राई, ८० केजी तौल समुहमा धिरज गुरुङ र ८६ केजी तौल समुहमा सनम गुरुङले स्वर्ण पदक जितेका थिए ।

यस्तै, ५४ केजी तौल समुहमा डम्बर श्रेष्ठ, ५७ केजी तौल समुहमा अखिलेस शाही, ६० केजी तौल समुहमा दर्शन राई र ६६ केजी तौल समुहमा नुमा लिम्बुले पदक रजत पदक जितेका थिए भने ६७ केजी तौल समुहमा शिवहाङ प्रसाई र ७१ केजी तौल समुहमा गर्व प्रधानले काँस्य पदक जितेका थिए ।

यसैगरि स्वयमसेवक प्रशिक्षक पावल राई, सौरभ लामा, टिम मेनेजर समन लिम्बुलाई पनि सम्मान गरिएको थियो । विजेता खेलाडीहरुलाई बक्सिङ संघका केन्द्रीय सदस्य देवेन्द्र लिम्बु, राजनीतिककर्मी एवं समाजसेवी विनोद राई, सल्लाहकार पुर्ण सुवेदी, आयोजक संस्थाका अध्यक्ष सुधिरसिंह लिम्बुलगायतले सम्मानपत्र, नगद प्रदान गरेका थिए ।

यसैगरि, कार्यक्रममा वरिपठ बक्सिङ प्रशिक्षक अनुपकुमार लामा, दीपक राई, निमा तामाङ र किसोर सम्बाहाम्फेलाई बिशेष सम्मान गरिएको थियो ।

कार्यक्रमको संचालन निश्चल पलिखेले गरेका थिए ।

डिसिए कपको उपाधि दुवै आयोजकको पोल्टा

छाल खवर धरान,२० मंसिर ःदेउराली चिल्ड्रेन एकेडेमी धरान–५ले आयोजना गरेक ...

हामी चुनावको पक्षमा छौ तर वातावरण बनेको देखिदैन जस

छाल खवर धरान,१८ मंसिर ः जसपा नेपालका अध्यक्ष, पूर्व उपप्रधानमन्त्री उपेन्द् ...

मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ सुनसरी बिजयी

धरान : धरान १५ स्थित हिविसकस इङ्ग्लिस वोर्डिङ्ग स्कूलद्वारा आयोजित मैत्री ...

सुनाखरी एकेडेमी कपको उपाधि आयोजकको पोल्टामा

छाल खवर धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको ...

शिक्षासेवी घिमिरेद्वारा आमाको नाममा १ लाखको अक्षय

छाल खवर धरान,१५ मंसिर ः शिक्षा सेवि तथा समाजसेवी सुरेन्द्र घिमिरेले आफ्नो ज ...

सुनाखरी रातो विजयी

छाल खवर धरान, १४ मङ्सिर — धरानमा जारी सुनाखरी एकेडेमी कपको आइतवारको ख ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic