डी पी विलिभर्स स्कुलमा एक दिने क्यारियर सेमिनार सम्पन्न।

  • पुस ५, २०८०
  • ३,८९२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,५ पुषः डी पी विलिभर्स स्कुल धरान ५ ले विद्यार्थीहरुको लागि एक दिने म्यारीयर सेमिनार सम्पन्न गरेको छ ।

स्कुलले कक्षा ७, ८ र ९ मा अध्ययनरत विद्यार्थीहरुकोलागी एक दिने क्यारियर सेमिनार सम्पन्न भएको हो ।

स्कुलका प्राचार्य वान्तवाको अध्यक्षतामा सम्पन्न उक्त सेमिनारमा क्रमसस बिमला याखा (व्यावसायिक नर्स), बन्दना याखा (व्यावसायिक एयरहोस्टेस र डेन्टल नर्स र सोफिया याखा व्यावसायिक परामर्शदाता)ले छुट्टा छुट्टै सत्रहरूमा विद्यार्थीहरुलाई आफ्नो अनुभवसंगै चिकित्सा बिज्ञान, उड्डयन क्षेत्र र मानसिक स्वास्थ्यको महत्वको बारेमा बताउनुभएको थियो।

प्राचार्य बान्तवाले वक्ताहरुलाई स्वागत गर्दै विद्यार्थीरूलाई विभिन्न पेशाबारे सचेत गराउन उक्त क्यारियर सेमिनारको आयोजना गरेको बताउनु भयो ।

सेमिनारमा विद्यार्थीहरुले वक्ताहरुसंग प्रश्न उत्तर साथै अन्तरक्रिया गरेका थिए ।

स्कुलका सह प्राचार्य कुर्मित बान्तवा (लेप्चा) ले वक्ताहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । उक्त कार्यक्रम शिक्षक बिरेन्द्र लिम्बुले संचालन गरेका थिए।

स्कुलले विभिन्न समयमा पढाईका अतिरिक्त कार्यक्रमहरु गर्दै आएको छ ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic