सुनाखरी एकेडेमीका बिद्यार्थीद्वारा एसियन थाई फुड अवलोकन

  • पुस ६, २०८०
  • ३,६२३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,६ पुषः सुनाखरी एकेडेमी धरान–११ का बिद्यार्थीले एसियन थाई फुड प्रा.लि.मा बिहिबार अवलोकन भ्रमण गरेका छन।

एकेडेमीले दुहबी नगरपालिका वडा नम्बर ८ मा रहेको एसियन थाई फुड प्रा.लि.को अवलोकन भ्रमण गरेर बिद्यार्थीहरुले विभिन्न खाद्य बस्तुको उत्पादन कसरी हुन्छ भन्ने बारेमा जानकारी लिएका हुन ।

प्रा.लि.का नुडल्स डिपार्टमेन्टका गुणस्तर नियन्त्रक साधना अधिकारीले चाउचाउ बनाउन प्रयोग गरिने कच्चा पदार्थ हुदै फिनिश्ड प्रोडक्ट कसरी बन्छ भन्ने बारे बिद्यार्थीलाई जानकारी गराईन।

नियन्त्रक अधिकारीका अनुसार प्रा।लि।मा रमपम, मितेरी, कृष, फटाफट लगायत दर्जनौ प्रकारका चाउचाउ उत्पादन हुन्छ।

यसैगरी प्रा।लि।का स्न्याक्स डिपार्टमेन्ट गुणस्तर नियन्त्रक आभाष तिमिल्सिनाले स्न्याक्सका आइटम बनाउन प्रयोग गरिने कच्चा पदार्थदेखी फिनिश्ड प्रोडक्ट बन्दा सम्मका प्रकृयाको बारेमा बिद्यार्थीहरुलाई जानकारी गराए।नियन्त्रक तिमिल्सिनाका अनुसार प्रा।लि।मा स्न्याक्स आईटम अन्तर्गत चिजबल्स, कुरकुरे, पन्जाबी पकौडा लगायत दर्जनौ प्रकारका स्न्याक्स उत्पादन हुन्छ।

एसियन थाई फुड प्रा।लि। सोनापुरमा उत्पादन भएको चाउचाउ ४० भन्दा बढी देसमा निर्यात हुने गरेको प्रालि. का प्रोडक्सन सिफ्ट इन्चार्ज निरज भुजेलले जानकारी दिए।

अवलोकन भ्रमणमा गएका बिद्यार्थीहरुलाई प्रालि.का कर्मचारीले रमपम चाउचाउ र चिजबल्स बितरण गरेका थिए।
फ्याक्ट्रीको अवलोकन गरेपछी चाउचाउ र स्न्याक्स कसरी उत्पादन हुदो रहेछ भन्ने कुरा प्रत्यक्ष हेरेर धेरै ज्ञान पाएको बिद्यार्थीहरुले अनुभव सुनाए।

बिद्यार्थीहरुका लागि फ्याक्ट्री अवलोकन भ्रमण उपलब्धिमूलक भएको प्लस टु कोअर्डिनेटर टप कुमार राईले बताए। बिद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञान बाहेक फिल्डमै गएर अवलोकन गरि ब्यबहारिक ज्ञान दिने उद्येस्यले फ्याक्ट्री अवलोकन भ्रमण गराईएको एकेडेमिका प्रीन्सिपल मिलन कुमार राईले बताए।

अवलोकन भ्रमणमा एकेडेमिका निर्देसक प्रदिप राई, प्लस टु कोअर्डिनेटर टप कुमार राई, शिक्षकद्वय आनन सुब्बा र नवीन राईको सहभागिता थियो।

सोनापुरको फ्याक्ट्री अवलोकन गरेर फर्किदा बिद्यार्थीहरुलाई इटहरीको तालतलैयाको समेत भ्रमण गराईएको थियो।
पढाईका अतिरीक्त अन्य क्रियाकलाप आयोजना गर्ने स्कुलमा निकै अगाडी रहेको छ ।

डिसिए कपको उपाधि दुवै आयोजकको पोल्टा

छाल खवर धरान,२० मंसिर ःदेउराली चिल्ड्रेन एकेडेमी धरान–५ले आयोजना गरेक ...

हामी चुनावको पक्षमा छौ तर वातावरण बनेको देखिदैन जस

छाल खवर धरान,१८ मंसिर ः जसपा नेपालका अध्यक्ष, पूर्व उपप्रधानमन्त्री उपेन्द् ...

मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ सुनसरी बिजयी

धरान : धरान १५ स्थित हिविसकस इङ्ग्लिस वोर्डिङ्ग स्कूलद्वारा आयोजित मैत्री ...

सुनाखरी एकेडेमी कपको उपाधि आयोजकको पोल्टामा

छाल खवर धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको ...

शिक्षासेवी घिमिरेद्वारा आमाको नाममा १ लाखको अक्षय

छाल खवर धरान,१५ मंसिर ः शिक्षा सेवि तथा समाजसेवी सुरेन्द्र घिमिरेले आफ्नो ज ...

सुनाखरी रातो विजयी

छाल खवर धरान, १४ मङ्सिर — धरानमा जारी सुनाखरी एकेडेमी कपको आइतवारको ख ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic