सुनाखरी एकेडेमीका बिद्यार्थीद्वारा एसियन थाई फुड अवलोकन

  • पुस ६, २०८०
  • ३,६५९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,६ पुषः सुनाखरी एकेडेमी धरान–११ का बिद्यार्थीले एसियन थाई फुड प्रा.लि.मा बिहिबार अवलोकन भ्रमण गरेका छन।

एकेडेमीले दुहबी नगरपालिका वडा नम्बर ८ मा रहेको एसियन थाई फुड प्रा.लि.को अवलोकन भ्रमण गरेर बिद्यार्थीहरुले विभिन्न खाद्य बस्तुको उत्पादन कसरी हुन्छ भन्ने बारेमा जानकारी लिएका हुन ।

प्रा.लि.का नुडल्स डिपार्टमेन्टका गुणस्तर नियन्त्रक साधना अधिकारीले चाउचाउ बनाउन प्रयोग गरिने कच्चा पदार्थ हुदै फिनिश्ड प्रोडक्ट कसरी बन्छ भन्ने बारे बिद्यार्थीलाई जानकारी गराईन।

नियन्त्रक अधिकारीका अनुसार प्रा।लि।मा रमपम, मितेरी, कृष, फटाफट लगायत दर्जनौ प्रकारका चाउचाउ उत्पादन हुन्छ।

यसैगरी प्रा।लि।का स्न्याक्स डिपार्टमेन्ट गुणस्तर नियन्त्रक आभाष तिमिल्सिनाले स्न्याक्सका आइटम बनाउन प्रयोग गरिने कच्चा पदार्थदेखी फिनिश्ड प्रोडक्ट बन्दा सम्मका प्रकृयाको बारेमा बिद्यार्थीहरुलाई जानकारी गराए।नियन्त्रक तिमिल्सिनाका अनुसार प्रा।लि।मा स्न्याक्स आईटम अन्तर्गत चिजबल्स, कुरकुरे, पन्जाबी पकौडा लगायत दर्जनौ प्रकारका स्न्याक्स उत्पादन हुन्छ।

एसियन थाई फुड प्रा।लि। सोनापुरमा उत्पादन भएको चाउचाउ ४० भन्दा बढी देसमा निर्यात हुने गरेको प्रालि. का प्रोडक्सन सिफ्ट इन्चार्ज निरज भुजेलले जानकारी दिए।

अवलोकन भ्रमणमा गएका बिद्यार्थीहरुलाई प्रालि.का कर्मचारीले रमपम चाउचाउ र चिजबल्स बितरण गरेका थिए।
फ्याक्ट्रीको अवलोकन गरेपछी चाउचाउ र स्न्याक्स कसरी उत्पादन हुदो रहेछ भन्ने कुरा प्रत्यक्ष हेरेर धेरै ज्ञान पाएको बिद्यार्थीहरुले अनुभव सुनाए।

बिद्यार्थीहरुका लागि फ्याक्ट्री अवलोकन भ्रमण उपलब्धिमूलक भएको प्लस टु कोअर्डिनेटर टप कुमार राईले बताए। बिद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञान बाहेक फिल्डमै गएर अवलोकन गरि ब्यबहारिक ज्ञान दिने उद्येस्यले फ्याक्ट्री अवलोकन भ्रमण गराईएको एकेडेमिका प्रीन्सिपल मिलन कुमार राईले बताए।

अवलोकन भ्रमणमा एकेडेमिका निर्देसक प्रदिप राई, प्लस टु कोअर्डिनेटर टप कुमार राई, शिक्षकद्वय आनन सुब्बा र नवीन राईको सहभागिता थियो।

सोनापुरको फ्याक्ट्री अवलोकन गरेर फर्किदा बिद्यार्थीहरुलाई इटहरीको तालतलैयाको समेत भ्रमण गराईएको थियो।
पढाईका अतिरीक्त अन्य क्रियाकलाप आयोजना गर्ने स्कुलमा निकै अगाडी रहेको छ ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic