स्थानिय उत्पादनलाई प्रबर्द्धन गर्दै भेडेटार फुड फेस्टिभल पुस १५ देखि सुरु हुने

  • पुस ७, २०८०
  • ५,६३२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,७ पुषः पुष दोस्रो साता यस वर्षको भेडेटार महोत्सव आयोजना हुने भएको छ ।

अंग्रेजी नयाँ वर्षको अवसर पारेर यहि पुस १५ गते आईतवारदेखि भेडेटार फुड फेष्टिबल आयोजना सुरु हुने भएको हो ।

आयोजकले शनिवार पत्रकार सम्मेलनको आयोजना गरी तीन दिनसम्म सञ्चालन हुने एघारौं भेडेटार फुड फेस्टिभल पुष १७ गतेसम्म चल्ने जानकारी दिएको छ ।

प्राकृतिक विविधतायुक्त पूर्वको पर्यटकीय स्थल भेडेटारमा ११ औं फुड फेस्टिवलमा राई, लिम्बू, मगर, गुरुङ, याम्फू, तामाङ, नेवारीलगायतका जातिका मौलिक खानाका परिकारसहित सहासिक खेल प्रवर्धन र नयाँ पर्यटकीय गन्तव्यको पहिचानमा फेस्टिवल केन्द्रित रहने होट्ल एसोसिएसन भेडेटारका अध्यक्ष तुमराज लिम्बुले जानकारी दिए ।

शनिवार आयोजित पत्रकार सम्मेलनमा होटल एसोसियसन अफ भेडेटारले उत्सवमा स्थानीय दर्जन बढी धार्मिक तथा पर्यटकीय स्थल पहिचान र प्रवर्धन गरी घुम्ने वातावरण तयार गरेको एसोसियसनका अध्यक्ष लिम्बूले बताए ।
फेस्टिबलमा स्थानीय कृषकहरुले उत्पादन गरेका कृषि जन्य बस्तुहरुको प्रदर्शनी, जातीय मौलिक खानाका परिकार, हस्तकला घरेलु उत्पादन, फूल, नर्सरी, परम्परागत सांस्कृतिक झाँकी, माउन्टेन बाइक, प्याराग्लाइडिङ, स्थानीय तथा राष्ट्रिय कलाकारको सांस्कृतिक कार्यक्रमलगायतका आकर्षणसहित आयोजना हुने तीन दिने फुड फेस्टिवलुमा यो वर्ष जिपलाइन, स्काइ बृज र माउन्टेन बाइकलगायतका सहासिक खेल पर्यटनका गतिविधिसमेत आकर्षणका रुपमा प्रस्तुत हुनेछन् ।

गत २०६८ सालदेखि बर्सेनि उत्सवका रुपमा मनाउन सुरु गरिएको खाना उत्सवका कारण होटल पूर्वाधारलगायतमा विकास हुँदै गएको एसोसिएसनका पूर्व अध्यक्ष तथा साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दालीले बताए ।
अहिले एकरातमा १५ सय २ हजार व्यक्तिले रात बिताउन सक्ने गरी भेडेटारमा होटल र होमस्टेको विकास भएको छ, निजी कम्पनी लगानीकर्ताको आकर्षण बढेको छ,अध्यक्ष रुम्दालीले भने,जिपलाइन, स्काइ बृज र अन्य पर्यटकीय गतिविधिमा वृद्धि भएको छ ।

अध्यक्ष रुम्दालीले केही उत्पादन र कम्पनीहरुले खुलेर आफ्नो प्रचारप्रसार र ब्राण्डिङ गर्न नपाउने राज्यको नीतिले फेस्टिवल सन्चालनमा केही अप्ठ्यारो भएको बताए ।

उनले भेडेटारको पर्यटनको प्रवर्धनका लागि कोसी किनारस्थित खुवालुङदेखि ध्वजे डाँडासम्म पदमार्ग निर्माण गर्ने, हाइकिङ र अन्तर्राष्ट्रिय म्याराथनलगायतका काम गर्ने गाउँपालिकाले लक्ष्य लिएको अध्यक्ष रुम्दालीले बताए ।

भेडेटारमा अत्याधिक भारतीय पर्यटक आउने भएकाले कम्तिमा एकरात राख्न सकियो भने निकै उपलब्धि हुने देखिन्छ, दिनमा बोर्डरबाटै ४(५ सय गाडी भित्रने हामीले सूचना पाएका छौं, पालिका अध्यक्ष रुम्दालीले भने,भेडेटारको थप विकासका लागि लगानी भित्र्याउन निजी कम्पनीलाई आह्वान गर्दैछौं ।

भेडेटार प्रकृतिको गहना, पर्यटक भित्राउने हाम्रो चाहानाु भन्ने नारासहित होटल एसोसियसन भेडेटारद्वारा आयोजित ११ औं फुड फेस्टिवलले भेडेटार चोकदेखि काम्फेक, थुम्की, नाम्जे र नमस्ते झरनासम्मको पर्यटन प्रवर्धन गरिरहेको छ ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic