स्थानिय उत्पादनलाई प्रबर्द्धन गर्दै भेडेटार फुड फेस्टिभल पुस १५ देखि सुरु हुने

  • पुस ७, २०८०
  • ५,८६५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,७ पुषः पुष दोस्रो साता यस वर्षको भेडेटार महोत्सव आयोजना हुने भएको छ ।

अंग्रेजी नयाँ वर्षको अवसर पारेर यहि पुस १५ गते आईतवारदेखि भेडेटार फुड फेष्टिबल आयोजना सुरु हुने भएको हो ।

आयोजकले शनिवार पत्रकार सम्मेलनको आयोजना गरी तीन दिनसम्म सञ्चालन हुने एघारौं भेडेटार फुड फेस्टिभल पुष १७ गतेसम्म चल्ने जानकारी दिएको छ ।

प्राकृतिक विविधतायुक्त पूर्वको पर्यटकीय स्थल भेडेटारमा ११ औं फुड फेस्टिवलमा राई, लिम्बू, मगर, गुरुङ, याम्फू, तामाङ, नेवारीलगायतका जातिका मौलिक खानाका परिकारसहित सहासिक खेल प्रवर्धन र नयाँ पर्यटकीय गन्तव्यको पहिचानमा फेस्टिवल केन्द्रित रहने होट्ल एसोसिएसन भेडेटारका अध्यक्ष तुमराज लिम्बुले जानकारी दिए ।

शनिवार आयोजित पत्रकार सम्मेलनमा होटल एसोसियसन अफ भेडेटारले उत्सवमा स्थानीय दर्जन बढी धार्मिक तथा पर्यटकीय स्थल पहिचान र प्रवर्धन गरी घुम्ने वातावरण तयार गरेको एसोसियसनका अध्यक्ष लिम्बूले बताए ।
फेस्टिबलमा स्थानीय कृषकहरुले उत्पादन गरेका कृषि जन्य बस्तुहरुको प्रदर्शनी, जातीय मौलिक खानाका परिकार, हस्तकला घरेलु उत्पादन, फूल, नर्सरी, परम्परागत सांस्कृतिक झाँकी, माउन्टेन बाइक, प्याराग्लाइडिङ, स्थानीय तथा राष्ट्रिय कलाकारको सांस्कृतिक कार्यक्रमलगायतका आकर्षणसहित आयोजना हुने तीन दिने फुड फेस्टिवलुमा यो वर्ष जिपलाइन, स्काइ बृज र माउन्टेन बाइकलगायतका सहासिक खेल पर्यटनका गतिविधिसमेत आकर्षणका रुपमा प्रस्तुत हुनेछन् ।

गत २०६८ सालदेखि बर्सेनि उत्सवका रुपमा मनाउन सुरु गरिएको खाना उत्सवका कारण होटल पूर्वाधारलगायतमा विकास हुँदै गएको एसोसिएसनका पूर्व अध्यक्ष तथा साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दालीले बताए ।
अहिले एकरातमा १५ सय २ हजार व्यक्तिले रात बिताउन सक्ने गरी भेडेटारमा होटल र होमस्टेको विकास भएको छ, निजी कम्पनी लगानीकर्ताको आकर्षण बढेको छ,अध्यक्ष रुम्दालीले भने,जिपलाइन, स्काइ बृज र अन्य पर्यटकीय गतिविधिमा वृद्धि भएको छ ।

अध्यक्ष रुम्दालीले केही उत्पादन र कम्पनीहरुले खुलेर आफ्नो प्रचारप्रसार र ब्राण्डिङ गर्न नपाउने राज्यको नीतिले फेस्टिवल सन्चालनमा केही अप्ठ्यारो भएको बताए ।

उनले भेडेटारको पर्यटनको प्रवर्धनका लागि कोसी किनारस्थित खुवालुङदेखि ध्वजे डाँडासम्म पदमार्ग निर्माण गर्ने, हाइकिङ र अन्तर्राष्ट्रिय म्याराथनलगायतका काम गर्ने गाउँपालिकाले लक्ष्य लिएको अध्यक्ष रुम्दालीले बताए ।

भेडेटारमा अत्याधिक भारतीय पर्यटक आउने भएकाले कम्तिमा एकरात राख्न सकियो भने निकै उपलब्धि हुने देखिन्छ, दिनमा बोर्डरबाटै ४(५ सय गाडी भित्रने हामीले सूचना पाएका छौं, पालिका अध्यक्ष रुम्दालीले भने,भेडेटारको थप विकासका लागि लगानी भित्र्याउन निजी कम्पनीलाई आह्वान गर्दैछौं ।

भेडेटार प्रकृतिको गहना, पर्यटक भित्राउने हाम्रो चाहानाु भन्ने नारासहित होटल एसोसियसन भेडेटारद्वारा आयोजित ११ औं फुड फेस्टिवलले भेडेटार चोकदेखि काम्फेक, थुम्की, नाम्जे र नमस्ते झरनासम्मको पर्यटन प्रवर्धन गरिरहेको छ ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic