उपमेयरको विद्यालय अनुगमन शैलिको सहिद स्कुलद्धारा दुःख व्यक्त

  • पुस १०, २०८०
  • ३,४१३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१० पुष ः धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्र विक्रम वेघाले अनुगमनका नाममा गरेको आतंकको धरान–८ स्थित सहिद स्मृति माध्यामिक विद्यालयले दुःख व्यक्त गरेको छ ।

विद्यालयको पुष ९ गते वसेको व्यवस्थापन समितिको वैठकले दुःख व्यक्त गर्ने निर्णय गरेको हो ।

विद्यालय संचालन भईरहेको अवस्थामा सुरक्षाकर्मी र युटुवर सहित विद्यालयमा गरीएको अनुगमनको शैलीले विद्यालय शान्ति क्षेत्र हो भन्ने मान्यतालाई समेत उलंघन गरेको प्रधानाध्यापक राम बहादुर विष्टद्धारा जारी विज्ञप्तिमा उल्लेख गरीएको छ ।

सुरक्षाकर्मी र युटुवर सहितको अनुगमन शैलीले विद्यार्थीको बाल मस्तिष्कमा त्रासदीपूर्ण बातावरण सिर्जना भएको जनाइएको छ ।विद्यालय संचालन भईरहेको अवस्थामा विद्यालय क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति कुनै हालतमा पाच्य हुन नसक्ने विज्ञप्तिमा उल्लेख गरीएको छ ।

अनुगमनका नाममा उपमेयर वेघाले गम्भिर प्रकृतिको अपराधी समात्न छापामार शैली अपनाउनु भयो सो प्रति विद्यालय खेद प्रकट गर्दछ विज्ञप्तिमा भनिएको छ ।

नेपालको संविधान २०७२ ले माध्यामिक तहसम्मको शिक्षा हेर्ने जिम्मेवारी स्थानीय तहलाई दिएको छ । स्थानीय तहले विद्यालय संचालनार्थ श्रोत जुटाएर आवस्यक सहयोग गर्नु कर्तव्य पनि हो ।तर उक्त तथ्यलाई भुलेर विद्यालय विद्यालय स्वयमले गर्दै गरेको प्रयासमाथि प्रहार गर्नु उपयुक्त होइन भन्ने विद्यालयको ठहर रहेको छ ।

विधि सम्मत ढंगबाट नियमित विद्यालय अनुगमनको पक्षमा आफूहरु रहेको जनाइको छ । नगरभित्रका सवै सामुदायिक विद्यालयहरु स्थानीय तहको नजरमा समान हुनुपर्दछ र सवै विद्यालयहरु प्रति एकैखाले व्यवहार गरीनुपर्ने पनि विज्ञप्तिमा भनिएको छ ।

विद्यालय संचालनमा लाग्ने सम्पूर्ण संचालन खर्च स्थानीय तहले व्यहोरी राज्यको निःशुल्क शिक्षाप्रतिको अवधारणालाई कार्यान्वयनमा लैजान समेत जोडदार माग गरेको छ ।

उपमेयर वेघाले पुष ३ गते स्कुल अनुगमनमा जादा सुरक्षाकर्मी, र केही युटुवर लिएर हंगामा मच्चाएका थिए ।सो विषयलाई लिएर शिक्षक संगठनले समेत आपत्ती जनाई सकेकाछन् ।

 

डिसिए कपको उपाधि दुवै आयोजकको पोल्टा

छाल खवर धरान,२० मंसिर ःदेउराली चिल्ड्रेन एकेडेमी धरान–५ले आयोजना गरेक ...

हामी चुनावको पक्षमा छौ तर वातावरण बनेको देखिदैन जस

छाल खवर धरान,१८ मंसिर ः जसपा नेपालका अध्यक्ष, पूर्व उपप्रधानमन्त्री उपेन्द् ...

मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ सुनसरी बिजयी

धरान : धरान १५ स्थित हिविसकस इङ्ग्लिस वोर्डिङ्ग स्कूलद्वारा आयोजित मैत्री ...

सुनाखरी एकेडेमी कपको उपाधि आयोजकको पोल्टामा

छाल खवर धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको ...

शिक्षासेवी घिमिरेद्वारा आमाको नाममा १ लाखको अक्षय

छाल खवर धरान,१५ मंसिर ः शिक्षा सेवि तथा समाजसेवी सुरेन्द्र घिमिरेले आफ्नो ज ...

सुनाखरी रातो विजयी

छाल खवर धरान, १४ मङ्सिर — धरानमा जारी सुनाखरी एकेडेमी कपको आइतवारको ख ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic