हिबिस्कस क्विज मेनिया सिजन–२ मा ६ बिद्यालय फाईनलमा

  • पुस १३, २०८०
  • ९५४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१३ पुषः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५ मा शुक्रवार हिबिस्कस क्विज मेनिया (हाजिरी जवाफ प्रतियोगिता), सिजन–२ को फाइनलमा ६ वटा विद्यालय छनौट भएकाछन् ।

प्रतियोगितामा धरान उप–महानगरपालिका भरिका कक्षा–१२ सम्मका सामुदायिक र संस्थागत गरि ३१ बिद्यालय सहभागी भएकोमा ६ विद्यालय फाइनलमा छनौट भएका हुन् ।

उत्कृष्ट ६ मा पर्ने बिद्यालयहरुमा पब्लिक हाईस्कुल, नेपाल पुलिस स्कुल, हिमालयन प्लस टु, जीवन ज्योति मा।बि।, सरस्वती मा।बि।, र चन्द्र संस्कृत मा।बि। रहेका छन।

प्रतियोगितामा प्रथम हुने बिद्यालयले नगद १२ हजार, रनिङ कप, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछ। दोश्रो हुने बिद्यालयले नगद १० हजार,मेडल र प्रमाण(पत्र प्राप्त गर्नेछ। यसैगरी तेश्रो, चौथो, पाचौ र छैटौ हुने बिद्यालयले क्रमशः नगद ८ हजार, ६ हजार, ४ हजार र २ हजार, ट्रफी र प्रमाण–पत्र प्राप्त गर्ने हिबिस्कसका निर्देशक गंगाराम राईले जानकारी दिएकाछन् ।

प्रतियोगितामा सहभागी सम्पुर्ण बिद्यालयलाई स्कुलका प्रबन्ध निर्देसक गङ्गाराम कुलुङ, प्रमुख निर्णायक नउदिप शाह, निर्णायक सुरेस रेग्मी र भाईस(प्रीन्सिपल थेबेले प्रमाण–पत्र बितरण गरे।

प्रतियोगीताको फाईनल सनिबार हुने क्विज मेनिया कार्यक्रमका संयोजक एबम शिक्षक सुबास मोक्तानले जानकारी दिए।

यो सालबाट बिजेतालाई रनिङ कप प्रदान गरिने स्कुलका सल्लाहकार पवन झाले जानकारी दिए।

प्रतियोगितालाई आगामी बर्षहरुमा पनि निरन्तरता दिइने स्कुलले जनाएको छ।कार्यक्रमको सन्चालन स्कुलका शिक्षक नयन राईले गरे।आयोजक स्कुलका बिद्यार्थीहरुले नृत्य र गीत समेत प्रस्तुत गरे।

विद्यार्थीहरुलाई सामान्य ज्ञान अध्ययनमा प्रोत्साहन गर्न र प्लस टु अध्ययन गरीसकेपछि लोकसेवा आयोगको तयारीका लागि थप सहज हुने उदेश्यले हिविसकस स्कुलले सो कार्यक्रमको आयोजना गर्दै आएको छ ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic