हिबिस्कस क्विज मेनिया सिजन–२ मा ६ बिद्यालय फाईनलमा

  • पुस १३, २०८०
  • ९०९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१३ पुषः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५ मा शुक्रवार हिबिस्कस क्विज मेनिया (हाजिरी जवाफ प्रतियोगिता), सिजन–२ को फाइनलमा ६ वटा विद्यालय छनौट भएकाछन् ।

प्रतियोगितामा धरान उप–महानगरपालिका भरिका कक्षा–१२ सम्मका सामुदायिक र संस्थागत गरि ३१ बिद्यालय सहभागी भएकोमा ६ विद्यालय फाइनलमा छनौट भएका हुन् ।

उत्कृष्ट ६ मा पर्ने बिद्यालयहरुमा पब्लिक हाईस्कुल, नेपाल पुलिस स्कुल, हिमालयन प्लस टु, जीवन ज्योति मा।बि।, सरस्वती मा।बि।, र चन्द्र संस्कृत मा।बि। रहेका छन।

प्रतियोगितामा प्रथम हुने बिद्यालयले नगद १२ हजार, रनिङ कप, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछ। दोश्रो हुने बिद्यालयले नगद १० हजार,मेडल र प्रमाण(पत्र प्राप्त गर्नेछ। यसैगरी तेश्रो, चौथो, पाचौ र छैटौ हुने बिद्यालयले क्रमशः नगद ८ हजार, ६ हजार, ४ हजार र २ हजार, ट्रफी र प्रमाण–पत्र प्राप्त गर्ने हिबिस्कसका निर्देशक गंगाराम राईले जानकारी दिएकाछन् ।

प्रतियोगितामा सहभागी सम्पुर्ण बिद्यालयलाई स्कुलका प्रबन्ध निर्देसक गङ्गाराम कुलुङ, प्रमुख निर्णायक नउदिप शाह, निर्णायक सुरेस रेग्मी र भाईस(प्रीन्सिपल थेबेले प्रमाण–पत्र बितरण गरे।

प्रतियोगीताको फाईनल सनिबार हुने क्विज मेनिया कार्यक्रमका संयोजक एबम शिक्षक सुबास मोक्तानले जानकारी दिए।

यो सालबाट बिजेतालाई रनिङ कप प्रदान गरिने स्कुलका सल्लाहकार पवन झाले जानकारी दिए।

प्रतियोगितालाई आगामी बर्षहरुमा पनि निरन्तरता दिइने स्कुलले जनाएको छ।कार्यक्रमको सन्चालन स्कुलका शिक्षक नयन राईले गरे।आयोजक स्कुलका बिद्यार्थीहरुले नृत्य र गीत समेत प्रस्तुत गरे।

विद्यार्थीहरुलाई सामान्य ज्ञान अध्ययनमा प्रोत्साहन गर्न र प्लस टु अध्ययन गरीसकेपछि लोकसेवा आयोगको तयारीका लागि थप सहज हुने उदेश्यले हिविसकस स्कुलले सो कार्यक्रमको आयोजना गर्दै आएको छ ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic