भारतीय पेन्सन कार्यालय धरानद्धारा महिलाको पाठेघर, स्तन क्यान्सरको निःशुल्क परीक्षण शिविर

  • पुस २०, २०८०
  • ७६० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२० पुषः भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानले भोली (शनिवार) वृहत् रक्तदान तथा महिलाको पाठेघर र स्तन क्यान्सर रोग सम्बन्धी निःशुल्क परीक्षण शिविर सञ्चालन गर्ने भएको छ ।

भारतीय भूतपूर्व सैनिकहरूका परिवारका लागि कार्यालयले सो कार्यक्रम गर्न लागेको हो ।

पेन्सन वितरण कार्यालय परिसरमा हुने उक्त रक्तदान तथा स्वास्थ्य परीक्षण शिविरमा धरानका सर्वसाधारण सबैका लागि खुला गरिएको कार्यालयले जनाएको छ।

धरान १३ स्थित फुस्रे कार्यालयमा आयोजित सञ्चारकर्मी भेटघाटमा भारतीय पेन्सन कार्यालयका इन्चार्ज सहायक सैन्य अधिकृत मेजर भरत कान्जीयाले उक्त जानकारी दिएका हुन् ।

उनका अनुसार महिलाको पाठेघर र स्तन क्यान्सरको शिविरको सहकार्य विराट मेडिकल कलेज टिचिङ हस्पिटलको सहकार्यमा आयोजना गरिएको हो ।

गतवर्ष २८८ पिन्ट रगत सङ्कलन गरेर सुनसरी जिल्लामा पहिलो भएको सो कार्यालयले पेन्सन कार्यालयले विगत ४ वर्ष देखि लगातार रक्तदान कार्यक्रम गर्दै आएको छ ।

यस वर्ष देखि धेरै महिलाहरूमा हुने पाठेघरको समस्या र स्तन क्यान्सर रोग अत्यधिक बढेका पाइएकाले महिलाहरूलाई प्राथमिकता दिएर दीर्घ रोग सम्बन्धी परीक्षण शिविर सञ्चालन गरिएको मेजर कान्जीयाले बताए ।

‘शिविरमा आएका बिरामीलाई आवश्यक परे थप उपचार गराउनका लागि पनि व्यवस्था हुने विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा सहकार्यको सम्झौता भएको कान्जियाले जानकारी दिएकाछन् ।यस पटक ५ सय पिन्ट रगत सङ्कलन गर्ने लक्ष्य राखिएको छ ।

शनिवार बिहान ८ बजे देखि बेलुका ५ बजे सम्म सञ्चालन हुने रक्तदान एवम् स्वास्थ्य परीक्षण शिविरमा पूर्वाञ्चलका भारतीय भूपू लगायत सर्वसाधारण नागरिकहरूलाई समेत अवसरको लाभ लिन मेजर कान्जीयाले आव्हान गरेका छन् ।

 

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic