भारतीय पेन्सन वितरण कार्यालय धरानद्धारा ३ सय ४ पिन्ट रगत सङकलन

  • पुस २१, २०८०
  • १,९९६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२१ पुुषः भारतीय राजदुतावास पेन्शन वितरण कार्यालय धरान लक्ष्य भन्दा वढी रगत संकलन गर्न सफल वनेको छ ।

शनिवार आयोजना गरेको तेस्रो रक्तदान कार्यक्रममा ३ सय ४ पिन्ट रगत सङ्कलन गर्दै लक्ष्य भन्दा भन्दा वढी संकलन गर्न सफल वनेको हो ।

कार्यालयले यस वर्ष ३ सय पिन्ट रगत संकलन गर्ने लक्ष्य लिएको थियो ।

सोही अवसरमा बिराट मेडिकल कलेज शिक्षण अस्पतालको संयोजकत्वमा महिलाहरुको पाठेघर तथा स्तन क्यान्सरको स्वास्थ्य शिविर पनि आयोजना गरीएको थियो ।

EMBESHI PHOTO

आयोजकका अनुुसार शिविरमा १ सय ९२ महिलाहरुले स्वास्थ्य परिक्षण गरएका थिए ।

धरानका प्रभारी अधिकारी मेंजर भरत कनोजियाले रक्तदान कार्यक्रम विगत वर्षहरुमा पनि गरीदै आएकोमा यस वर्ष दुुईवटा कार्यक्रम थप गरीएको थियो ।

स्तन क्यान्सर र पाठेघर खस्ने सम्वन्धि शिविर समेत आयोजना गरीएको थियो । यस्ता सामाजिक कामहरु आगामि वर्ष पनि आयोजना गरीने मेजर कनोजियाको भनाई रहेको छ ।

HEALTH CAMP

कार्यक्रममा भारतीय भूतपूर्व सैनिक,नेपाल प्रहरी, नेपाली सेना, सशत्र प्रहरी बलका जवानहरु, होप धरान,रोटरी क्लब, लाइन्स क्लब, महिला भूपू समिती, महिला सञ्जाल धरान लगायतका विभिन्न संघ संस्थाको उपस्थिति रहेको थियो ।

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic