साना किसान सहकारीको साधारण सभा सम्पन्न

  • पुस २२, २०८०
  • २,८१७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२२ पुषः साना किसान कृषि सहकारी संस्था लि धरानको २६ औं वार्षिक साधारण सभा सदन सभाहलमा सम्पन्न भएको छ ।

वार्षिक सधारण सभामा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरीएको थियो । कार्यक्रममा साना किसान कृषि अवार्ड २०८० बाट कृष्ण राईलाई सम्मान गरीएको थियो ।

त्यसैगरी जेष्ठ शेयर सदस्यहरु मध्येबाट महिलातर्फ सुविमाया राई र पुरुषतर्फ गोपाल साकीृलाई सम्मान गरीएको थियो ।

news photo = 3

त्यसैगरी एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरु मध्येबाट छात्रतर्फ विज्ञान सिग्देल र छात्रातर्फ अभिसा श्रेष्ठ तथा कक्षा प्लस टु मा उत्कृष्ट अंक ल्याउनेमा छात्रतर्फ भाष्कर राई र छात्रातर्फ श्रेजल गुर्माछाने मगरलाई सम्मान गरीएको थियो ।

संस्थाका अध्यक्ष शिला राईको सभापतित्वमा भएको सो कार्यक्रममा साना किसान विकास वैंक इटहरी शाखाका प्रमुख दिपकराज पाण्डे प्रमुख अतिथि रहेका थिए ।

शेयर पूँजी २ करोड ४३ लाख रहेको र वचत तथा निक्षेप ४ करोड ३१ लाख ६६ हजार रुपैयाको कारोवार गरेको प्रतिवेदनमा उल्लेख गरीएको छ । संस्थाले ४७ लाख २५ हजार रुपैया मुनाफा आर्जन गर्न सफल वनेको जनाएको छ ।

news photo = 44

प्रमुख अतिथि पाण्डेले हाल सहकारीमा देखिएको समस्याका बावजुद साना किसानको मन जित्न सफल वनेको र गरीवी न्युनिकरणमा महत्वपूर्ण भूमिको खेलेको वताए ।

पाण्डेले कृषि उत्पादन बजारीकरण मुल्य श्रृखलामाअव सहकारी लाग्नु पर्नेमा सुझाव दिएका थिए । अन्य सहकारी भन्दा साना किसान कृषि सहकारी भिन्न रहेको वताए ।

sahakari news photo = 2

कार्यक्रममा संचालक समिति सदस्य टिकाराम वस्नेतले स्वागत मन्तव्य गरेका थिए भने सदस्य सचिव विष्णुकुमार श्रेष्ठले संचालन गरेका थिए ।कार्यक्रममा धरान वडा न. ४ का वडाध्यक्ष धनबहादुर राई ५ का वडाध्यक्ष मनप्रसाद लिम्वु, ६ न.वडा राजेन्द् न्यापाने विशेष अतिथि रहेका थिए ।

कार्यक्रममा करिव ५ सय जनाको सहभागीता रहेको थियो ।

 

प्राईम भिजन कलेजका अभिषेक श्रेष्ठलाई ‘एसियन भिजिनर

छाल खवर धरान, २९ मङ्सिर ः धरान–१२ स्थित प्राईम भिजन इन्टरनेसनल हस्पिट ...

कुलुङ समुदायलाई छुट्टै जातिको रुपमा सूचिकरण गर्न

छाल खवर धरान,२८पुषः नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान सङ्घका अध्यक्ष द ...

जन्मोत्सवमा एल.के. विहानीद्धारा बालबिकास केन्द्रल

छाल खवर धरान,२७ पुषः जन्म दिन मनाउने मानिसका विभिन्न तरीका हुन्छन् । कसैले ...

निर्झर’ ः भावना, प्रकृति र पहिचानको संगम ः धरानमा

छाल खवर धरान,२६ पुषः नेपाली समकालीन कवितामा नयाँ स्वर र संवेदनाको उपस्थिति ...

युरेका स्कुलद्धारा पूर्व विद्यार्थीहरुलाई सम्मान

छाल खवर धरान,२२ पुषः युरेका रेसिडेन्सियल सेकेन्डरी स्कुल धरानले ३२औँ स्थापन ...

डिआइजिपी कपको उपाधी पुलिस स्कुललाई

छाल खवर धरान,२० पुषः सातौं कोशी प्रदेशस्तरीय अन्तर विद्यालय डिआइजिपी रनिङ फ ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic