नेकपा (एकीकृत समाजवादी) बाट घनश्याम रिजाल र सावित्री मल्ल उम्मेदवार

  • पुस २३, २०८०
  • १,२२३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौँ,२३ पुष ः नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रियसभा निर्वाचनका लागि दुई जना उम्मेदवारको टुंगो लगाएको छ।

सोमबार बिहान बसेको कार्यदलको बैठकले बागमतीबाट दलित क्लष्टर कोटामा दोलखाका घनश्याम रिजाल विश्वकर्मा र कर्णालीबाट महिला कोटामा दैलेखकी सावित्री मल्ललाई उम्मेदवार बनाएको हो।

पार्टी सचिव जीवनराम श्रेष्ठका अनुसार एकीकृत समाजवादीको भागमा परेको बागमती र कर्णालीबाट क्रमशः दोलखाका विश्वकर्मा र दैलेखकी मल्ललाई उम्मेदार चयन गरिएको हो।

आइतबार बसेको ७२औं सचिवालय बैठकले उम्मेदवार टुंग्याउने सर्वाधिकार पार्टी अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भूसाललाई दिएको थियो।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic