उद्योग मन्त्री, महासंघ र स्थानीय सरकारले पत्याएनन सुनसरी उद्योग वाणिज्य संघलाई दुइ पत्रकार र दुइ व्यवसायी सम्मान

  • पुस २४, २०८०
  • २,१७४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान २४ पुषः सुनसरी उद्योग वाणिज्य सङ्घको ४० औँ साधारण सभा सोमवार तय भएको थियो जसका लागि संघीय सरकारका उद्योग मन्त्रीलाई प्रमुख अथितिको निम्ता दिइएको थियो । उद्योग मन्त्री रमेश रिजाललाई उद्घाटनको लागि निम्ता दिएकोमा अन्तिम समयमा आएर स्वास्थ्यको कारण देखाउदै आउन नसक्ने जानकारी दिएका थिए ।

मन्त्री नआउने जानकारी पाएपछि संघले उद्योग वाणिज्य महासंघका जिल्ला नगर उपाध्यक्ष सुरकृष्ण वैद्यलाई प्रमुख अतिथि वनाउने तय गरेको थियो । वैद्यले पनि अन्तिम समयमा आएर हवाई उडान हुन नसकेको कारण देखाउदै कार्यक्रममा नआउने जानकारी दिए त्यसपछि भने आयोजक निराश वनेको थियो ।

कोशी प्रदेशका तीन माननीय रमेश कुमार वस्नेत, विजय कुमार राई र यशोदा कायस्थ कार्यक्रममा सहभागी भएपनि उनीहरुलाई त्यो ठाउ दिन भने आयोजक तत्पर देखिएन । यता स्थानीय सरकार धरान उपमहानगरपालिकाका प्रमुख उपप्रमुख दुवैजनाले संघलाई नपत्याएको अध्यक्ष विजय श्रेष्ठले आरोप समेत लगाउन भ्याएका थिए ।

खानेपानी वोडको विषयलाई लिएर नगर प्रमुख र उद्योग वाणिज्य संघवीच शुरु देखि नै तिक्तता कायम रहेको छ ।

साधारण सभामा धरानका २ पत्रकार र २ युवा उद्योगी व्यवसायीलाई सम्मान तथा पुरस्कृत समेत गरीएको थियो ।

उक्त अवसरमा ‘कपुरी न्युज’ अनलाइनका प्रधान सम्पादक वरिष्ठ पत्रकार हर्ष सुब्बा सम्मानित भएका छन् । ‘व्लाष्ट टाइम्स’ दैनिक पत्रिकाका युवा पत्रकार खिलानाथ विश्वकर्मा पुरस्कृत भएका छन् ।

सम्मानित पत्रकार हर्ष सुब्बा धरानमा चार दशक बढी समय देखी क्रियाशील पत्रकारिता गरिरहेका छन् । कान्तिपुर दैनिकको विराटनगर स्थित पूर्वाञ्चल संस्करणका संयोजक उपसम्पादक रही सकेका उनले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट २ लाख रुपैयाँ पुरस्कार सहित ‘वरिष्ठ पत्रकार सम्मान’पाइसकेका छन् ।

‘व्लाष्ट टाइम्स’ दैनिक पत्रिकाका संवाददाता खिलानाथ विश्वकर्मा पछिल्लो समय धरानमा देखिएका चर्चित पत्रकार हुन । उनले धरानको आर्थिक क्षेत्रका खोजमूलक, विश्लेषणात्मक समाचार लेखनमा आफूलाई अव्वल साबित गर्दै आएका छन् । उपमहानगरपालिकाको आर्थिक गतिविधि र विवेचनामा पछिल्लो समय उनको गहकिलो रिपोर्टिङ गर्दै आएका छन् । पत्रकारद्धयलाई ११र११ हजार रुपैया पनि प्रदान गरिएको छ ।

सोही अवसरमा युवा उद्योगी अनिल अग्रवाल ‘प्रिन्स’ र युवा व्यवसायी सुनिल श्रेष्ठ सम्मानित भएका छन् । अग्रवाल हनुमन्ता औद्योगिक ग्रुपका सञ्चालक हुन । उनको उद्योगले सैयौंलाई रोजगारी दिएको छ भने प्रशासनिक कार्यमा धरानको जनशक्तिलाई प्राथमिकता दिएका छन् ।

युवा व्यवसायी सुनिल श्रेष्ठले पारिवारिक व्यवसायलाई निरन्तरता दिदैं धरानमा पेय पदार्थको थोक बजारमा सगुन ट्रेडर्सको प्रतिष्ठालाई निरन्तरता दिएका छन् । ट्रेडर्स उनका पिता स्वर्गीय दिलकृष्ण श्रेष्ठले स्थापना गरेका हुन ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic