थारु र मगर समुदायको पर्वमा कांग्रेसको शुभकामना आदान–प्रदान

  • माघ ३, २०८०
  • ५,१५२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३ माघः नेपाली कांग्रेसले थारु समुदायको माघी पर्व र मगर समुदायको मिनाम सार ल्हेस पर्वको अवसरमा सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदान–प्रदान सम्पन्न गरेको छ ।

नेपाली कांग्रेस, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, क्षेत्र नं. १, सुनसरीका सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा धरानमा कार्यक्रम गरिएको हो ।

कांग्रेसको क्षेत्र नं. १, सुनसरीले दशैं, तिहार, छठ, नेपाल सम्वत् र तीजमा जस्तै विभिन्न आदिवासी जनजाति समुदाय र धर्मवलम्वीहरुको चाडपर्व र उत्सवहरुमा पनि शुभकामना आदान–प्रदान, र सांस्कृतिक कार्यक्रम लगायत विविध मनोरञ्जनात्मक गतिविधिहरु गरेर मनाउन थालेको छ ।

हरेक नेपाली समुदायको मौलिक एवम् परम्परागत चाड, पर्व, उत्सव, धर्म, संस्कार र संस्कृतिको जगेर्ना गर्ने मुख्य दायित्व राजनीतिक दलको पनि उत्तिकै भएकोले यसैका निम्ति विविध कार्यक्रम गरी सबैको चाडपर्व मनाइएको क्षेत्रीय सभाति सुजेन्द्र तामाङले बताए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य तथा पूर्व सांसद मीना सुब्बाले जातजाति, भाषाभाषी र धर्मवलम्वीहरुको विभिन्न चाडहरुलाई मनाउने कार्य शुरु गरेर क्षेत्रीय समितिले प्रशंसनीय कार्य गरेको बताईन ।

विशिष्ट अतिथि नेपाली कांग्रेसका जिल्ला सभापति एवम् ईनरुवा नगर प्रमुख केदार भण्डारीले कांग्रेसको १ नं. क्षेत्रीय कार्यसमितिले महामानव वी.पी. कोइरालाले भने बमोजिम जनता र समुदायको मन छुने कार्य गरेको बताए ।

विशेष अतिथि नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति तथा पूर्व सांसद हरिनाथ वास्तोलाले कांग्रेसले पहिलोपल्ट फरक शैलीमा समुदायको पहिचानमा टेवा पुग्ने गरी कार्यक्रम भएको बताए ।

विशेष अतिथि पूर्व प्रदेश प्रमुख डा. गोविन्द सुब्बाले कार्यक्रमले जातिय संस्कृतिलाई संरक्षण र प्रवद्र्धन हुने भन्द्र यसको निरन्तरता हुनुपर्नेमा जोड दिए ।

नेपाल मगर संघ, धरानका अध्यक्ष चित्र राज थापा मगरले राजनीतिक पार्टीको तर्फवाट पहिलो पल्ट हाम्रो समुदायलाई निम्तो गरेर हाम्रो चाड मिनाम सार ल्हेस (नयां वर्ष) मनाएको भन्दै खुशी व्यक्त गरे ।

थारुकल्याणकारीणी सभा सुनसरीका उपाध्यक्ष जानकी चौधरी र नेत्री सरिता चौधरीले थारु समुदायको महान पर्व माघीलाई राजनीतिक दलस्तरवाट नेपाली कांग्रेसले पहिलो पल्ट मनाएर थारु समुदायको आत्मसम्मानलाई बढाएको बताईन ।

कार्यक्रममा थारु र मगर समुदायको विविध सांस्कृतिक नृत्य र झांकी प्रस्तुत गरिनुका साथै जातीय खाद्य परिकार समेत खुवाइएको थियो ।

कार्यक्रममा जिल्ला सचिव माधव घिसिङ, प्रदेश सांसद ममता तामाङ, प्रदेशसभा १(१) सभापति अनिल श्रेष्ठ, महासमिति सदस्य श्यामा रेग्मी, नगर सभापति श्याम पोखरेल, जिल्ला सदस्य रत्न रिमाल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिव महेन्द्र प्रधानले गरेका थिए ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic