पेन्शन वितरण कार्यालय धरानद्धारा गणतन्त्र दिवसका अवसरमा विविधि कार्यक्रम

  • माघ १२, २०८०
  • ५,९५१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१२ माघ ःभारतिय राजदुतावास पेन्सन वितरण कार्यालय (पी पी ओ)धरानले भारतको ७५ औ गणतन्त्र दिवसको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न गरेको छ ।

indan office ;hoto = 2 कार्यालयले २६ जनवरी २०२४ दिनको अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना गरी गणतन्त्र दिवस मनाएको हो ।

भारतले २६ जनवारीलाई गण्तन्त्र दिवसको रुपमा मनाउदै आएको छ ।

गणतन्त्र दिवसको अवसरमा पेन्शन वितरण कार्यालय धरानले बीर नारी तथा वीर पदक प्राप्त गर्ने १० जनालाई ब्ल्याङकेट सहित दोसल्ला ओडाएर सम्मान गरेको थियो ।

news photo = 3 1 शुक्रबार भएको सो उद्घाटन कार्यक्रममा पीपीओ धरानका प्रभारी अधिकारी, मेजर भरत कनोजियाले भारतको राष्ट्रीय ध्वजा झण्डो तोलन तथा शहिद स्मारकमा माल्यांपण पश्चात कार्यक्रम शुरु गरीएको थियो ।

भारतिय राजदुताबास, डिफेन्स विग्स, काठमाण्डौबाट नेपालस्थित भारतीय भूपु सैनिकहरुको लागि हरेक बर्ष छापिने पत्रिका भुपु २०२३ को संस्करणको लोकार्पण समेत गरिएको छ ।

सो कार्यक्रममा भारतीय राजदुताबास, ईसीएचएस, पेन्शन वितरण कार्यालय, धरानले दिव्यांजन भुपुहरु तथा तिनका आश्रित परिवारहरुलाई हिडडुल गर्न सहजताका लागि ५ जना भुपुहरुलाई व्हिल चेयर तथा १ जना भुपुलाई वाकिङ्ग स्टिक प्रदान गरिएको थियो ।

कार्यक्रममा दिल्ली पब्लिक स्कुल, धरानका विद्यार्थीहरुले मनोरन्जनात्मक प्रस्तुतीहरु प्रदर्शन गरेका थिए ।

कार्यक्रममा रस्सी तान प्रतियोगिता तथा सियोमा धागो छिराउने प्रतियोगिता समेत आयोजना गरीएको थियो ।

प्रतियोगितामा रस्सी तान प्रतियोगितामा भूपु समिति हासपोसा तरहरा विजयी भएको छ भने भुपु समिति धरान उपबिजेता भएको थियो ।
प्रतियोगिताका विजेयी विद्यार्थीहरु तथा खेलकुदमा विजेताहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

कार्यक्रममा राष्ट्रिय अनुसन्धान विभागका डिआईजी किशोर श्रेष्ठ, नेपाल प्रहरी प्रदेश कार्यालय धरानका एसएसपी मनोज यादव, ईलाका प्रहरी कार्यालय धरान डिएसपी नवराज मल्ल, जिल्ला ट्राफिक कार्यालयका ईन्सपेक्टर सुवास केशी,,वि पि प्रतिष्ठानका धरानका प्राफेसर डक्टर विक्रम प्रसाद श्रेष्ठ, डाक्टर रोसन प्रसाद साह कलवार, डाक्टर गजेन्द्र विराजी, डाक्टर प्रतिमा कुमारी साह, डिल्लि पब्लिक स्कुल धरानका प्रिन्सीपल पिके शंकरालिनगम, इंगनौ, धरानका इन्चार्ज आदित्य सिंह, व्यवसायी तथा समाजसेवी निश्चल पलिखे लगायतको उपस्थिति रहेको थियो ।

प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले गणतन्त्र दिवसको मुलनारा विकसित भारत र भारत लोकतन्त्रको मातृका घोषित गरेका थिए ।

जयपुरमा भारतीय प्रधानमन्त्री मोदीले स्थानीय पसलमा अयोध्यामा भर्खरै उद्घाटन गरिएको राम मन्दिरको रेप्लिका ५०० रुपैयाँमा किनेर राष्ट्रपति मैक्रोलाई उपहार स्वरूप प्रदान गरेका थिए ।

 

 

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic