धरान सिटी कलेजको खेलकुद सप्ताह सम्पन्न सिङ्गिङ र डान्सिर स्टारमा अनिस र खुशिमान बिजेता

  • माघ १६, २०८०
  • १४० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१६ माघः सिटी कलेज धरानको खेलकुद सप्ताह अन्तर्गत कार्यक्रममा सिटी सिङ्गिङ र डान्सिङ स्टार कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बिबि.एस.तेश्रो बर्षका अनिस सुनुवार र बिबिएस पहिलो बर्षका खुशिमान माझि बिजेता भएका छन।

कलेजको प्राङ्गणमा भएको प्रतियिगीताको सिङ्गिङ तर्फ बिबिएस दोश्रो बर्षका रोशन लिम्बू दोश्रो भए भने बिबिएस चौथो बर्षका प्रदेस लिम्बू तेश्रो भए। त्यस्तै डान्सिङ तर्फ बिबिएस चौथो बर्षका निशा कार्की दोश्रो भईन भने बिबिएस पहिलो बर्षका दीक्षा राई तेश्रो भईन।

कलेजका अध्यक्ष आशिष मास्केको अध्यक्षतामा भएको कार्यक्रममा सप्ताहब्यापि रुपमा सम्पन्न भएका क्यारम बोर्ड, टेबल टेनिस, चेस, हाजिरी जवाफ प्रतियोगीता, भलिबल, फुट्सल,बास्केटबल लगायतका खेलमा बिजेता र उप(बिजेता भएका साथै सिङ्गिङ र डान्सिङ स्टारमा पहिलो, दोश्रो र तेश्रो भएका छात्र छात्राहरुलाई पुरस्कार, मेडल र प्रमाण(पत्र प्रदान गरिएको छ।

बिजेताहरुलाई कलेजका अध्यक्ष आशिष् मास्के, कलेजका संस्थापक सदस्य इश्वर ताम्राकार, लोक श्रेष्ठ, गौरब शाक्य, गोकुल श्रेष्ठ लगायत, क्याम्प्स प्रमुख खड्ग बिक्रम सिंह कार्की लगायतले पुरस्कार बितरण गर्नु भएको थियो ।

कार्यक्रममा त्रिभुवन विश्वबिद्यालयले लिएको परीक्षामा बिबिएस पहिलो श्रेणिमा उत्तीर्ण गर्ने छात्र छात्राहरुलाई समेत पुरस्कृत गरिएको थियो।

बिद्यार्थीहरुको बौद्धिक, शारीरिक र मानवीय बिकास गर्ने उद्येश्यले खेलकुद सप्ताहको आयोजना गरिएको कलेजका पूर्व प्रीन्सिपल विशाल श्रेष्ठले बताउनु भयो।

सिटी कलेज गुणस्तरीय शिक्षा प्रदान गर्न अब्बल हुनुका साथै विभिन्न अतिरिक्त क्रीयाकलापमा प्रतिभावान बिद्यार्थीले सम्पन्न कलेज भएको प्रीन्सिपल श्रेष्ठले बताउनु भयो।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic