बिपीको का.मु उपकुलपति कार्कीलाई कालो मोसो दलेको आरोपमा ३ जना पक्राउ

  • माघ १६, २०८०
  • ९७५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१६ माघः बिपी प्रतिष्ठानका कामु उपकुलपति प्रा.डा.प्रह्लाद कार्कीलाई कालोमोसो दलेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मोहन वैद्य किरण नेतृत्वको भातृ संगठन निकट भीम बहादुर सार्की, शेर बहादुर कटुवाल, खेम थापा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी नवीन राज भण्डारीले मंगलबार दिउँसो कामु उपकुलपति कार्कीलाई कार्यालय परिसरमा कालोमोसो दल्ने प्रयास गर्ने ३ जनालाई पक्राउ गरिएको जानकारी दिएकाछन् ।

क्रान्तिकारी युवा संगठनका अध्यक्ष हरिस भट्टले फेसबुक स्ट्याटसमा ‘प्रतिष्ठानको समस्या समाधान गर्न चासो नदिएको, कर्मचारीहरूको बढुवा रोकेको, औषधि, मेशिन खरिद लगायतका खरिद प्रक्रियामा करोडौँ अनियमितता गरेको, निर्दोष कर्मचारीलाई षड्यन्त्र पूर्वक झुटा मुद्दा लगाएकाले कालो मोसो दलेको’ लेखेका छन् ।

कार्की कामु उपकुलपति भएर आएदेखि प्रतिष्ठानमा एकपछि अर्को गरेर आन्दोलन हुने गरेको छ । समस्या समाधानका लागि कार्कीले कुनै चासो देखाएका छैनन् ।

 

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic