सुमेधा वतृत्वकला प्रतियोगिताको उपाधि सम्पन्नलाई

  • माघ १६, २०८०
  • ३९० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१६ माघः ¥याडिकल लाईट नेपाल प्रा.लि.धरानले आयोजना गरेको सुमेधा वक्तृत्वकला प्रतियोगिताको उपाधि धरान मेघा हिमालयनका सम्पन्न सुवेदीले हात पारेकाछन् ।

धरान उप–महानगरव्यापी अन्तर प्लस टु स्तरीय सो प्रतियोगिताको उपाधि सुवेदीले हात पारेका हुन् ।

प्रतियोगितामा युएन नबोदयकी स्नेहा निरौला दोश्रो भएकी छन भने ज्ञानोदय मा.बि. कि अनिशा कार्की तेश्रो भएकी थिइन ।

त्यसैगरी शारदा बालिका नमुना मा.बि. कि अनुस्का राई र युएन नबोदय कै शितल अधिकारी क्रमश चौथो र पाचौ स्थान प्राप्त हातपारी सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।

पहिलो, दोश्रो र तेश्रो हुनेले क्रमश नगद १० हजार, ५ हजार, ३ हजार र प्रमाण–पत्र प्राप्त गरे।

त्यस्तै चौथो र पाचौ हुनेले नगद १÷१ हजार र प्रमाणपत्र प्राप्त गरे।

बिजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेस सभाका साम्सद रमेश कुमार बस्नेत, धरान–१३ का वडा अध्यक्ष नेत्र प्रसाद काफ्ले,सुमेधा एजुकेसन नेट्वर्क प्रालिका प्रबन्ध निर्देशक सुरेन्द्र घिमिरे, हार्ट एफएमका अध्यक्ष मेहरमान ह्युज लगायतले नगद पुरस्कार तथा प्रमाण–पत्र बितरण गरे।

धरान–१३ स्थित वडा कार्यालय परिसरमा रहेको वडा बाल सन्जालको हलमा भएको कार्यक्रममा धरान(१३ का वडा अध्यक्ष काफ्ले, धरान १४का वडा अध्यक्ष कृष्ण प्रसाद भट्टराई, युएन नबोदय कलेजका अध्यापक राम लिम्बू लगायतले मन्तब्य राखे।

कार्यक्रममा ब्लाष्ट टाईम्स दैनिकका सम्पादक गोपाल दाहाल, पत्रकार महासङ्घ सुनसरीका सह सचिव भोला श्रेष्ठ, पारामाउन्ट इन्टरनेसनलका प्रबन्ध निर्देसक भिम लिङ्थेप लगायतको उपस्थिति थियो।

सहभागिहरुले सहिदका सपना र युवाको दायित्व, सहिदका सपना र राजनीतिक नेतृत्व र लागू औषध दुर्ब्यसनस् चुनौती र समाधानका उपाय गरि तीन वटा शिर्षकमा बोलेका थिए।

प्रतियोगीताको निर्णायकहरुमा महेन्द्र बहुमुखी क्याम्पसका उप–प्राध्यापक राजेश बिद्रोही र सहिद माबि धरानका शिक्षक टंक भट्टराई रहेका थिए।

बिद्यार्थीहरुको आत्माविश्वासमा वृद्धि गरि नेतृत्व र ब्यक्तित्व बिकास गराउने उद्येस्यले प्रतियोगिताको आयोजना गरिएको प्रालिका अध्यक्ष तिर्थ कार्कीले जानकारी दिए।

कार्यक्रम प्रालिका निर्देशक हिमाल कार्कीको अध्यक्षतामा भएको थियो।

गत माघ–६ गते भएको पहिलो चरणको प्रतियोगितामा धरान भरिका १९ वटा प्लस टु का २९ जना बिद्यार्थीहरुले सहभागिता जनाएका थिए।

पहिलो र माघ–१० गते भएको दोश्रो चरणबाट उत्कृष्ट १० जना फाईनलमा प्रबेस गरेका थिए।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic