लिम्बु बिद्यार्थी मञ्चको दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलन धरानमा

  • माघ २१, २०८०
  • २२९ पटक पढिएको
  • छाल खबर
alt

छाल खबर
लिम्बु बिद्यार्थी मञ्चको दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलन चैत्र ७ र ८ गते हुने भएको छ ।

महासम्मेलनमा बिश्वका विभिन्न १७ देश भारत, भुटान, अमेरिका, बेलायत, अस्ट्रेलिया, जापान, जर्मनी, फ्रान्सलगायत देशहरु र नेपालको १४ जिल्लाबाट एक हजार भन्दा बढी विद्यार्थीहरु समुद्घाटन समारोहमा सहभागी हुने र एक सय जना सभासदस्यहरुको उपस्थिति रहने महासम्मेलन आयोजक समितिका संयोजक नितेश सिङ्घकले जानकारी दिए ।

आइतबार धरानमा पत्रकार सम्मेलन आयोजना गर्दै मञ्चले महासम्मेलनमा २२ बढी कार्यपत्र प्रस्तुत हुने भएको छ ।

लिम्बु भाषाको इतिहास र लिपिको विकासक्रम, भाषिक आन्दोलन र मातृभाषामा उच्च शिक्षा, लिम्बु भाषा पाठ्क्रम निर्माण र विकासक्रम, किरात धर्म र सस्कार९सँस्कृति, समुदायमा युमा धर्म र दर्शनको प्रभाव, लिम्बुवानको किपट व्यवस्था लगायतको विषयमा बहस गर्ने छ ।

यस्तै भूमि अभिलेखीकरण र अधिग्रहण, लिम्बुवानको मुन्धुमी तथा ऐतिहासिक स्थलको चर्चा, लिम्बुहरुको प्रथाजनित कानुन, संघीयता र जनसंख्याको राजनीति, लिम्बु चलचित्र र साहित्य, मुन्धुममा समाजशास्त्रीय पक्ष, खेलकुद, पत्रकारिता, लिम्बुहरुको शैक्षिक अवस्था, लिम्बुहरुको आर्थिक अवस्था ,मातृ भाषामा व्यवहारिक शिक्षा हाम्रो अभियान, सङ्घीय, लोकतान्त्रिक गणतन्त्र नेपालमा स्वायत्त लिम्बुवानु को नारासहित स्थापित मञ्चले राजनीतिक संघर्षको अवस्था, अन्तराष्ट्रिय कानुन र आदिवासी अधिकार, पर्यावरण र जलवायु परिवर्तन, लिम्बुवान आन्दोलन, वर्तमान पहिचानको आन्दोलन, द्वन्द्व शान्ति र विकास, भारतमा रहेका लिम्बुहरुको अवस्था, विश्वको विभिन्न देशमा रहेका लिम्बुहरुको अवस्था, लगायत विभिन्न २२ वटा भन्दा बढी विषयहरुबारे कार्यपत्र प्रस्तुत गर्ने लक्ष्य राखिएको मुल आयोजक समिती संयोजक सिंगकले बताए ।

स्वायत्त लिम्बुवानको मुद्दालाई प्राज्ञिक विषयका रुपमा उठाउँदै आएको लिम्बू विद्यार्थी मञ्चले चैत्र ६ गतेदेखि १० गतेसम्म अस्तित्वको लागि एकता भन्ने मूल नाराका साथ दोस्रो अन्तर्राष्ट्रिय महा सम्मेलन आयोजना गर्ने भएको छ ।

मञ्च स्थापना भएको २५ औं वर्षगाँठ पूरा भएको अवसरमा युप्पा तङ्बे रजत जयन्तीको अवसरमा सम्मेलनको उद्घाटन हुनेछ ।

मञ्चले चैत्र ७ र ८ गते दुई दिन अन्तराष्ट्रिय सभामा बृहत रुपमा छलफल हुनेु उल्लेख गरेको छ ।

चैत्र ९ गते सम्मान तथा धन्यवादसहित तरेचा कार्यक्रम हुनेछ भने चैत्र १० गते अन्तराष्ट्रिय सभाबाट पारित विषयहरु र महासम्मेलनको आर्थिक प्रतिवेदन पत्रकार सम्मेलन मार्फत सार्वजनिक हुनेछ ।

विश्वमा रहेका लिम्बु विद्यार्थीहरुलाई भावनात्मक रुपमा एकीकृत गर्न र याक्थुङ लिम्बुहरुसँग सम्बन्धित विभिन्न पक्षहरुमा बृहत छलफल गरी समुदायलाई एकताबद्ध गर्ने दोस्रो महासम्मेलनको प्रमुख उद्देश्य हुने बताइएको छ ।

युप्पा तड्वेको अवसर पारेर चैत्र ६ गते केःलाङ, येवालाङ, माङलाङ र याःलाङ प्रदर्शन गर्दै विशाल र्यालीसहित सम्मेलनको उदघाटन समारोह सम्पन्न हुनेछ ।

दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलनबारे जानकारी दिन आयोजित पत्रकार भेटघाटमा मञ्चका महासचिव प्रदीप नेयोङ, पूर्व केन्द्रीय सचिव अमित थेवे, पूर्व केन्द्रीय सल्लाहकार हर्ष सुब्बा, सुनसरी जिल्ला अध्यक्ष विनिता मादेनलगायतको उपस्थिति थियो  ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic