विष्णु मेमोरीयल स्कुलमा गणित प्रयोगशाला प्रर्दशनी

  • माघ २२, २०८०
  • २,०७३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२२ माघः विष्णु मेमोरीयल स्कुल धरान–९ले गरेर सिक्ने भन्ने अभियानका साथ गणित प्रदर्शनी कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यार्थीहरुले आफैले गरेर सिक्ने अभियानमा आफैबाट गर्न सकुन भन्ने उदेश्यले स्कुलले सो कार्यक्रम गरेको हो ।

bishnu schoolnews 2 प्रर्दशनीमा ६ देखि ९ कक्षासम्मका ७६ जना विद्यार्थीहरुको समूहले विभिन्न गणितका प्रयोगात्मक सामाग्रीको प्रदेशनी गरेका थिए ।

पढेर मात्र नभएर अभ्यास गरेर पनि छिटो जान्न सकिन्छ भन्ने विद्यार्थीहरुलाई व्यवहारीक ज्ञान दिनको लागि गणित प्रदर्शनीको आयोजना गरीएको स्कुलमा प्रिन्सिपल निलम श्रेष्ठले वताउनु भयो ।

विद्यार्थीहरुलाई सैद्धान्तीक ज्ञानसंगै व्यवहारीक ज्ञान दिनको लागि प्रदर्शनीको आयोजना गरीएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु गरीनै लगिने श्रेष्ठको भनाई रहेको छ ।

स्कुलका गणित विषयमा शिक्षक सन्जु श्रेष्ठले विद्यार्थीहरुलाई व्यवहारीक ज्ञान दिएर सिकाईलाई प्रभावकारी वनाउनको लागि कार्यक्रमको आयोजना गरीएको वताउनुभयो ।

सैद्धान्तिक रुपमा अध्यक्ष गर्दा वुझ्नको लागि धेरै समय मेहनत गर्नुपर्ने र वुझ्न समय लाग्ने हुन्छ तर यसरी व्यवहारीक रुपमा सामाग्री तयार गरेर व्यवहारीक रुपमा ज्ञान दिदा विद्यार्थीहरुलाई सिक्न सहज हुने शिक्षक श्रेष्ठको भनाई रहेको छ ।

विष्णु स्कुलले पढाईका अतिरिक्त विभिन्न व्यवहारीक ज्ञान दिने कार्यक्रमहरु निरन्तर आयोजना गर्दै आएको छ ।

पढाईमा धरानकै अव्वल स्कुलको रुपमा रहेको विष्णुले विभिन्न कार्यक्रमहरुलाई निरन्तरता दिदै गएको छ ।

 

 

 

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic