सोनम ल्होसारमा सास्कृतिक पर्यटन महोत्सव

  • माघ २५, २०८०
  • २,३२२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२५ माघः नेपाल तामाङ घेदुङ धरान नगर समितिले तामाङ जातिको महान पर्व २८६० सोनाम ल्होसारका अवसरमा सास्कृतिक पर्यटन महोत्सव आयोजना गर्ने भएको छ ।

घेदुङले धरान १२ स्थित पब्लिक स्कुलको खेलमैदानमा महोत्सव आयोजना गर्ने भएको हो।

बिहिवार पत्रकार सम्मेलनको आयोजना गरी माघ २७ गते देखि फागुन ५ गतेसम्म महोत्सव संचालन गर्ने तयारी गरेको तामाङ घेदुङ धरान अध्यक्ष सपन कुमार योञ्जन तामाङले जानकारी दिए ।

महोत्सवमा धरान भरका तामाङ जातिहरु जातिय पोसाक सझिदै ,ड्म्फु बजाउदै र्‍यालि सहितको झाकी पब्लिक स्कुलको पछाडीको गेट्बाट पुतलीलाईन हुँदै भानुचोकबाट छाताचोक देखि चतरालाईन हुँदै पब्लिक स्कुलको ग्राउन्डमा पुगेर औपचारिक कार्यक्रमको समुद्घघाट्न हुने भएको छ ।

तामाङ जातिहरुको नया बर्षको अवसरमा ८ दिन सम्म सञ्चालन हुने महोत्सवमा तामाङ जातिको पहिचान ,सस्कार, सस्कृती तथा चाड्लाई बृहतरुपमा मनाउने अध्यक्ष तामाङले बताए ।

महोत्सवले तामाङको ऎतिहासिक परम्परालाई प्रवर्द्धन गर्दै आन्तरिक तथा बाह्य्य पर्यटन प्रवर्द्धन गर्दै धरानको आर्थिक गतिविधि चलायमान बनाउन नगरको आयस्रोत वृद्धिमा टेवा पुर्‍याउने तामाङले बताए ।

महोत्सवमा पर्यटन प्रवर्द्धनका लागि बृहत फोटो पेन्टिङ प्रदर्शन समेत गरिने भएको छ ।महोत्सवमा ८० वटा स्ट्लहरुमा तामाङ जातिको सस्कार सस्कृती झल्किने मौलिक खानेकुरा स्ट्ल रहनुका साथै स्थानियरुपमा उत्पादन भएका बस्तुहरुलाई विशेष महत्त्व दिईने महोत्सव सयोजक दिपक घिसिङले बताए ।

उनले भने महोत्सवमा खेल मनोरञ्जनहरुमा पिङ, ड्रागन, मिकि माउस,जस्ता खेल तमासा साथै तामाङ जातीको ड्म्फु नाच रहने सयोजक घिसिङले बताए ।

हरेक दिन धरानका स्थानीय कलाकार तथा रास्ट्रीय चर्चित कलाकारहरूको साथ कन्सर्ट आयोजना गरिने भएको घिसिङले बताए ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic