कांग्रेसको अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • माघ २६, २०८०
  • २६३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान, २६ माघः नेपाली कांग्रेसले फागुनमा हुने महासमिति बैठक सम्बन्धमा अन्तरक्रिया गरेको छ ।

नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, क्षेत्र नं. १ सुनसरीले क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा अन्तरक्रिया गरेको हो ।

सुनसरी क्षेत्र नं. १ का महासमिति सदस्यहरु र महाधिवेशन प्रतिनिधि, प्रदेश सम्मेलन प्रतिनिधि, प्रदेश प्रतिनिधि, क्षेत्रीय प्रतिनिधि लगायत पाटी तथा भातृ एवम् शुभुेच्छुक संघ÷संस्थाका प्रदेश, जिल्ला, प्रतिनिधिसभा, प्रदेशसभा, नगर, वडाका अगुवा नेता तथा कार्यकर्ताहरु वीच अन्तरक्रिया भएको हो ।

अन्तरक्रियामा सहभागीहरुले उठाएका विषय–वस्तु, विचार, सुझाव र गुनासाहरुलाई महासमिति सदस्य एवम् प्रदेश महामन्त्र िउमेश थापा, महासमिति सदस्य तिलक राई, महासमिति सदस्य श्यामा रेग्मी लगायतले सान्दर्भिक र सकरात्मक रहेको भन्दै महासमिति बैठकमा जोड्दार रुपले प्रस्तुत हुने प्रतिवद्धता व्यक्त गरेका थिए।

अन्तरक्रियामा महासमिति सदस्य एवम् पूर्व प्रदेश सांसद चन्द्र प्रसाद श्रेष्ठ, महासमिति सदस्य एवम् प्रदेश सांसद ममता तामाङ, महासमिति सदस्य पर्वतकुमार राई,  महाधिवेशन प्रतिनिधि चित्रकुमारी राई  लगायतको उपस्थिति रहेको थियो ।

पूर्व जिल्ला सभापति एवम् पूर्व सांंसद हरिनाथ वास्तोलाले आप्mनो पालामा इमरजेन्सी अवस्थामा मात्र महासमिति बैठक हुने अन्यथा नहुने अनुभव सुनाउंदै महासमिति बैठक चानचुने बैठक नभएकाले बैठकले कार्यकर्ता, संगठन र जनमुखी समयसापेक्ष ठोस नीति र कार्यक्रम ल्याउनुपर्ने बताए । उनले पाटीमा उमेर हद र अधिकतम दुई पटक अवसर पाउने नीति हुनुपर्ने बताए ।

प्रजातन्त्रिक विचार समाजका प्रदेश अध्यक्ष डा. जीवनकुमार राईले संघीयता र धर्मनिरपेक्षता स्पष्ट रुपमा कार्यान्वयन हुनुपर्ने, समानुपातिक निर्वाचन प्रणालीको मर्म र भावना बमोजिम कार्यान्वयन हुनुपर्ने र नीति तथा कार्यक्रम जनतासंग संवाद गर्ने हुनुपर्ने बताए ।

जिल्ला सदस्य विनोद घिमिरेले पाटीले शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनको क्षेत्रमा ठोस नीति र कार्यक्रम ल्याउनुपर्ने र जनताको जीवनस्तर उकास्ने नीति तथा कार्यक्रम ल्याउनुपर्ने बताए ।

जिल्ला सदस्य तथा नेपाल महिला संघ प्रदेशसभा १(१) का सभापति निर्मला नेपालले नीति तथा कार्यक्रममा महिला लक्षित स्वरोजगार तालिमलाई पनि प्राथमिकता दिनुपर्ने बताए ।

प्रदेश सम्मेलन सदस्य सुवास राईले सुकुम्वासीको प्रतिनिधित्वलाई विधानले सुनिश्चिता गर्नुपर्ने र भूमि आयोगले सुकुम्वासी समस्या समाधान गर्न नसकेको बताए ।

नेपाल दलित संघका प्रदेश सभापति गोविन्द दर्नालले भ्रष्टचारी र डन प्रवृत्ति भएकाहरुलाई पाटी सदस्यतावाट हटाउनुपर्ने, दलित कोटामा दलितलाई नै अवसर दिईनुपर्ने, महाधिवेशन प्रतिनिधि चयन गर्दा एक महिला र एक पृुरुष दलितको व्यवस्था हुनुपर्ने बताए ।

क्षेत्रीय सल्लाहकार एवम् क्षेत्रीय प्रतिनिधि प्रेम पौडेलले कुनैपनि पदमा अधिकतम् दुई कार्यकाल र कुनैपनि निर्वाचनमा दुई अवसरको नीति लागु गर्नुपर्ने बताए ।

क्षेत्रीय सल्लाहकार एवम् क्षेत्रीय प्रतिनिधि पुष्प ढकालले २०१२ सालमा भएको पार्टीको विरगञ्ज महाधिवेशनले अवलम्वन गरेको समाजवादी आर्थिक नीतिलाई कार्यान्वयन गर्नुपर्ने, भ्रष्टचारमा मुछिएका नेतालाई कारवाहीको दायारमा ल्याउनुपर्ने, पार्टीलाई विधान सम्वत् रुपले सञ्चालन गर्नुपर्ने, राजनीतिलाई सेवाको रुपमा अंगिकार गर्नुपर्ने र गठबन्धनको समीक्षा हुनुपर्ने बताए ।

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ, धरानका सचिव हर्कराज लिम्वुले नियमित प्रशिक्षणको व्यवस्था हुनुपर्ने र पहिचानको आधारमा कोशी प्रदेशको पुनः नामांकन गर्ने सम्बन्धमा महासमिति बैठकमा पुनर्विचार हुनुपर्ने बताए ।

पूर्व जिल्ला सदस्य दिनेश न्यौपानेले कार्यकर्तामा उत्साह ल्याउन पाटीको सांगठनिक संरचनालाई चुस्त वनाउनुपर्ने, पाटीमा वैचारिक स्पष्टता हुनुपर्ने, प्रजातान्त्रिक समाजवादी कार्यक्रम लागु गर्नुपर्ने बताए ।

नेपाल आदिवासी जनजाति संघका पूर्व क्षेत्रीय सभापति तारा लामाले शिक्षा र स्वास्थ्य पूर्ण रुपले निःशुल्क हुनुपर्ने र जनप्रतिनिधि उम्मेदवारको शैक्षिक योग्यता अनिवार्य निर्धारण गर्नुपर्ने बताए ।

अन्तरक्रिया कार्यक्रमको सहजीकरण क्षेत्रीय सचिव एवम् प्रवक्ता केशव पुरीले गरेका थिए ।

त्यसैगरी टिपोट सह–सचिव सुमित राईले गरेका थिए भने कार्यक्रमको व्यवस्थापन क्षेत्रीय कोषाध्यक्ष सुवर्ण श्रेष्ठ, कार्यक्रम संयोजक एवम् क्षेत्रीय सदस्य श्याम सुब्बा र क्षेत्रीय सदस्य कमला श्रेष्ठले गरेका थिए ।

भारत सरकारद्वारा ३३ जिल्लामा ४० वटा एम्बुलेन्स हस

छाल खवर धरान,१ असार ः भारत सरकारले नेपालका ३३ जिल्लामा ४० वटा एम्वुलेन्स उप ...

धरानमा प्रदेश स्तरीय खुल्ला बास्केटबल प्रतियोगिता

छाल खवर धरान,२७ जेठः सुनसरी बास्केट बल संघले पहिलो पटक धरानमा प्रदेश स्तरीय ...

सक्षम नेतृत्व आवस्यक रहेको व्यवसायीहरुको भनाई

छाल खवर धरान,२७ जेठः व्यवसायीहरुको नेतृत्व चयन गर्दा सक्षम व्यक्ति चयन गर्न ...

प्रदेश स्तरीय ब्याडमिन्टनको उपाधि सगुन र संयोगको

छाल खवर धरान,२७ जेठः धरानमा आयोजना गरीएको कोशी प्रदेश खुल्ला बि डिभिजन ब्या ...

हिविस्कस वोडिङ स्कुलद्धारा सरसफाई कार्यक्रम सम्पन

छाल खवरधरान,२३ जेठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ ले समुदायसंग ...

एक्वा सेकेण्डरी इङ्लिस स्कुलमा ट्राफिक सचेतना

छाल खवरधरान,२४जेठ एक्वा सेकेण्डरी इङ्लिस स्कुल धरान–१७ ले विद्यार्थीह ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic