देउराली चिल्ड्रेन एकेडेमिको अभिभावक दिवस वस्ति बसाउने राईलाई सम्मान

  • फागुन १, २०८०
  • ३,४९९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१ फागुन देउराली चिल्ड्रेन एकेडेमि धरान– ५ को अभिभावक दिवस विभिन्न कार्यक्रमको साथ सम्पन्न भएको छ।

स्कुलको प्राङ्गणमा भएको कार्यक्रममा धरान उप–महानगरपालिका वडा नम्बर–५ का वडा अध्यक्ष मनप्रसाद लिम्बू प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष लिम्बुले देउराली चिल्ड्रेन एकेडेमी ५ नम्बर वडाकै गुणस्तरीय शिक्षा प्रदान गर्ने स्कुल भएको बताए। वडामा शिक्षाको बिकास गर्न आफ्नो ठाउबाट सक्दो प्रयास गर्ने वडा अध्यक्ष लिम्बुले बताए।

एकेडेमिका म्यानेजिङ डाईरेक्टर पृथ्वी राईका मगरले ३० जना बिद्यार्थीहरुबाट सुरु गरेको स्कुल आजको दिन सम्म आईपुग्दा धेरै संघर्ष र उतार चढाव पार गरेको बताए।

सुरुवातका दिनहरुमा शिक्षक कर्मचारीलाई तलब खुवाउन समेत धौ धौ पर्ने गरेको स्मरण गर्दै म्यानेजिङ डाईरेक्टर मगरले आजको दिनसम्म आईपुग्दा सहयोग पुर्याउने सबैलाई धन्यवाद व्यक्त गरेका थिए ।

डिपि बिलिभर्स बोर्डिङ्का प्रिन्सिपल सन्जिप बान्तवाले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको देउराली चिल्ड्रेन एकेडेमिको उज्ज्वल भबिष्यको कामना गरेका थिए ।

daurali children school

कार्यक्रममा बिद्यार्थीहरुले आकर्षक नृत्य, राईम्स, गीत प्रस्तुत गरि अभिभावकहरुलाई मनोरन्जन दिएका थिए ।

स्कुलका प्रिन्स्पिल नवीन गौतमको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षिकाहरुले समेत नृत्य प्रस्तुत गरे।

सोही अवसरमा बिद्यार्थीहरुले बिद्यालयको प्राङ्गणमा बिज्ञान प्रदर्सनी समेत गरेका थिए। बिद्यालयको पठनपाठन लगायत समग्र गतिबिधिमा योगदान पुर्याउने शिक्षक शिक्षिकालाई मायाको चिनो प्रदान गरिएको थियो।

कार्यक्रममा देउराली खानेपानी तथा सरसफाई समितिका अध्यक्ष जीवन लिम्बू, हिमाली मा.बि. का प्रधानाध्यापक यमकुमार खत्री, किरात राई यायोखाका केन्द्रिय उपाध्यक्ष दोर्पध्वज राई, हिबिस्कस इङ्लिस बोर्डिङ्का डाईरेक्टर गङ्गाराम राई,एक्वा डाईनेस्टी सेकेन्डरी बोर्डिङ्का प्रीन्सिपल बिबेक राई, आवर होम इङ्लिस बोर्डिङ्का प्रिन्सिपल गम्भिरमान तामाङ, धरान इङ्लिस बोर्डिङ्का डाईरेक्टर नेत्र बहादुर जिमि, राफेल चर्चका पाष्टर चन्द्र सेवक लगायतको उपस्थिति थियो।

देउराली बस्ति बसाउने रामकुमार राई सम्मानित

देउराली चिल्ड्रेन एकेडेमिले अभिभावक दिवसका अवसरमा धरान–५ स्थित देउरालीमा पहिलो पटक बस्ती बसाउने समाजसेवी राम कुमार राईलाई सम्मान गरेको छ।

ramkuamr rai  samman

कार्यक्रमका प्रमुख अतिथि धरान–५ का वडा अध्यक्ष मन प्रसाद लिम्बू, विशेष अतिथि देउराली खानेपानी तथा सरसफाई समितिका अध्यक्ष जीवन लिम्बू, स्कुलका म्यानेजिङ डाईरेक्टर पृथ्वी राईका मगर, प्रिन्सिपल नवीन गौतम लगायतले २० हजार ५ सय ५५ रुपैया नगद सहित खदा र सम्मान(पत्रले सम्मान गरेका थिए ।

देउरालीमा पहिलोपटक बस्ती बसाली आजको अवस्थासम्म ल्याउन ठूलो योगदान पुर्याएकोले त्यसको उच्च मुल्यांकन गर्दै राईलाई सम्मान गरेको बिद्यालयले जनाएको छ।

सम्मान पछि बोल्दै समाजसेवी राईले आफुलाई सम्मान गरेकोमा बिद्यालयलाई धन्यवाद दिए।

बि।स।२०४७ साल मङ्सिर १० गतेबाट देउरालीमा आफुले ६० र७० घरबाट बस्ती बसाउन सुरुवात गरेको राईले बताए।

उनले भने सुरुवातमा बस्ती बसाउन सुरु गरे पनि मानिसहरु दिउँसो यता बस्थे राती साबिक धरान तिरै जान्थे, पछि ४र५ घर मिलेर यतै९देउराली० मा सुतेर राती निगरानी बढाउन थाले पछि अरु पनि बस्न र सुत्न थाले।

सुरुवातका दिनहरुमा पानी, बिजुली,सडक, शिक्षा, स्वास्थ्य केही नभएको बताउदै आफुले धेरै दुस्ख र संघर्ष गरेर यो अबस्थासम्म आईपुगेको समाजसेवी राईले बताए।

बिभिन्न जातजाती,रीतिरिवाज, धर्म संस्कृति मान्ने सबै जना झैझगडा नगरी आपसमा मिलेर बस्न राईले सम्पुर्णलाई आग्रह गरेका थिए ।

निवन्ध प्रतियोगितामा श्रृष्टी र सुस्मिता प्रथम

छाल खवर धरान,२२ वैशाखः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ ले आयोजना गरे ...

सुनाखरी इन्टरस्कुल बास्केटबलको उपाधि होलील्याण्ड

छाल खवर धरान,२१ वैशाखः सुनाखरी एकेडेमी धरानले आयोजना गरेको सुनाखरी डिटाउन ३ ...

बहुमतको बलमा पेल्न खोजे विष्फोट हुन सक्छ ः अध्यक्ष

छाल खवर धरान,२० वैशाखः पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपाल ...

हिविस्कस वोडिङ स्कुलको पुस्तक रहित कार्यक्रम अन्र्

छाल खवर धरान,२० वैशाखः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ले हरेक हप् ...

फोकस १६ क्लवद्धारा राष्ट्रिय फुटवल खेलाडी लकेन लिम

छाल खवर धरान,१३ वैशाखः फोकस १६ क्लवद्धारा धरानका राष्ट्रिय खेलाडी लकेन लिक् ...

आन्दोलनरत शिक्षकहरुवीच कुटाकुट

छाल खवर धरान,१३ वैशाखः काठमाडौंमा जारी शिक्षकहरुको आन्दोलन २५ औं दिनसम्मा आ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic