प्याव्सन धरानको कार्यक्रम सम्पन्न

  • फागुन ५, २०८०
  • २,२८९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,५ फागुनः नगर प्याव्सन धरानको आयोजनामा भएको दोस्रो अध्यक्ष रनिङ कपको उपाधि प्रभात इङ्लिस स्कुल धरान १२ले हात पारेको छ ।

प्रभातले नगद १५ हजार सहित ट्रफि मेडल र प्रमाण–पत्र हात पारेको छ ।

त्यसैगरी प्रतियोगितामा उपविजेता हुन सफल होलील्याण्ड इन्टरनेशनल स्कुल धरान–१५ ले नगद १२ हजार ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

त्यस्तै प्रतियोगितामा तेस्रो हुने शिक्षा सन्देश वोडिङ स्कुलले नगद ९ हजार ट्रफि मेडल र प्रमाण पत्र हात प्राप्त गरेको छ ।

प्रतियोगितामा धरान प्याव्सन अन्र्गतका स्कुल मध्येबाट २० वटा स्कुल सहभागी भएका थिए ।

प्रतियोगिताका विजेताहरुलाई प्रमुख अतिथि धरान उपमहानगरपालिका उपप्रमुख अइन्द्र विक्रम वेघाले पुरस्कार प्रदान गरेका थिए ।
कार्यक्रमको सभापतित्व प्याव्सन नगर अध्यक्ष राजकुमार लिम्वुलले गरेका थिए भने कार्यक्रमको संचालन सचिव रविन न्यौपाने गरेका थिए ।

धरान–१७ स्थित एन्फा एकेडेमीको मैदानमा भएको सो खेलमा एन्फा सुनसरीको प्राविधिक सहयोग रहेको थियो ।

कार्यक्रममा प्याव्सन सुनसरी अध्यक्ष अनुप योञ्जन तामाङ,धरान फुटवल क्लवका अध्यक्ष प्रताप तामाङ, एन्फा सुनसरी अध्यक्ष नविन राई लगायतको उपस्थिति रहेकोस थियो ।

 

 

 

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic