कर होइन करको दायरा बढाउन मदिरा व्यवसायीको आग्रह

  • फागुन ५, २०८०
  • ५३१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,५ माघः मदिरा व्यवासायीहरुले राज्यले कर नभई करको दायरा वढाउन आग्रह गरेकाछन् ।

धरान मदिरा व्यवासायी संघ धरानको १० औं वार्षिक साधारणमा वोल्दै उनीहरुले सो कुरा वताएका हुन ।

महामारीका कारण धरानको मदिरा बजार साविकभन्दा ४० प्रतिशत घटेको बताउँदै व्यवसायीले कर होइन करको दायरा बढाउन आग्रह गरेका छन् ।

धरान मदिरा व्यवसायी संघको १० औं साधारण सभा तथा वार्षिक उत्सवमा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै लिलकुमार माझीले धरानमा कोरोना महामारीदेखि डेङ्गीसम्मले आक्रान्त बनाएको बताए ।

मूल्य वार्षिक १५ देखि २० प्रतिशत बढ्ने अव्यवस्थित बजारको प्रतिस्पर्धाले व्यवसायी पलायन हुने अवस्थामा पुगेको व्यवसायीहरुले बताएका छन् ।

स्टार्टप विजनेसका नाममा मदिरा व्यवसायीलाई सहुलियत ऋण दिन राज्यको निकाय उदासीन रहेको उनीहरूले आरोप लगाएका छन् ।

आर्थिक वर्ष ०८१र८२ मा आउने गरी मदिराको मूल्य सूचीलाई डिजिटलाइज्ड र अनलाइन एप्समार्फत जानकारी गराउने गरी तयारी थलिएको बताइएको छ ।

नेपाल मदिरा व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष सोनाम शेर्पाले व्यवसाय गर्न हाल गाह्रो अवस्था रहेकाले संयमित भएर व्यापार व्यवसाय गर्न अध्यक्ष शेर्पाले व्यवसायीलाई आग्रह गरे ।

आर्थिक अवस्था धरासायी हुँदै जाँदा संस्था संचालन गर्न समस्या भएको उनले बताए ।

घाटा खाएर मदिरा व्यवसायीले व्यवसाय गर्दा बजार डामाडोल भएको र व्यवसायी ऋणमा डुब्ने र पलायन हुने गरेको अध्यक्ष शेर्पाले बताए ।

व्यपार व्वसाय ४० प्रतिशतले घाटा हुदै गएको र वैंकको व्याज भने १२० प्रतिशत भन्दा माथि वृद्धि भएको अध्यक्ष शेर्पाको भनाई रहेको छ

सुनसरी उद्योग वणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठले मन्दीले दिनप्रतिदिन व्यावसायिक सटर बन्द भएको बताए ।

मदिरा व्यवसायी संघ कोशी प्रदेशका अध्यक्ष नवीन तामाङ, केन्द्रीय उपाध्यक्ष मदन गौतम, अंशु बन्जारा केन्द्रीय सचिव गोविन्द बराललगायतको उपस्थिति रहेको थियो । स्वागत मन्तव्य उपाध्यक्ष प्रदीपकुमार श्रेष्ठले राखेका थिए । कार्यक्रमको सन्चालन संघका सल्लाहकार पूण्यप्रसाद गौतमले गरेका थिए ।

कार्यक्रमको सभापतित्व संघका अध्यक्षता संघका अध्यक्ष लिलकुमार माझीले गरेका थिए ।

पत्रकार र व्यवसायीलाई सम्मान

धरान मदिरा व्यवसायी संघको १० औं साधारण सभा तथा वार्षिक उत्सवका अवसरमा युवा संचारकर्मी नवराज विष्टलाई सम्मान गरीएको छ ।

Samman news photo संघको साधारण सभामा पुराना मदिरा व्यवसायी र कम्पनीका कर्मचारीलाई सम्मान गरीएको हो ।

सम्मानित हुनेहरुमा अग्रज मदिरा व्यवसायी विजयपुर इन्टरप्राइजेजका सुरेशमान स्थापित, मदिरा कम्पनी जावलाखेल ग्रुप अफ इन्डस्ट्रीका सिनियर सेल्स अफिसर पवन श्रेष्ठ र पूर्व क्षितिज प्रकाशन प्रालिअन्तर्गत ब्लाष्टखबरडटकमका कार्यकारी सम्पादक नवराज विष्टलाई सम्मान गरिएको हो ।

यस्तै कार्यक्षेत्र बाहिर गएर हुने मदिरा बिक्री वितरणलाई निरुत्साहित गर्ने अभियानमा सक्रिय भूमिका खेलेका अमित गुरुङलाई सम्मान गरिएको छ ।

यसैगरी सङ्घका सहयोगी कम्पनीलाई समेत सम्मानपत्रद्वारा सम्मान गरिएको छ । सर्वोत्कृष्ट सहयोगी गोर्खा ब्रुअरी प्राली, उत्कृष्ट सहयोगी जेजेआई ग्रुप कम्पनी र आइकोनिक बेभ्रेज वाइन प्रालिलाई सम्मान गरिएको हो ।

 

पब्लिक मा.बि. फुस्रेका ह्यापिसनलाई सिङ्गिङ च्याले

छाल खवर धरान,२३मंसिर ःधरान स्कुल सिङ्गिङ च्यालेन्ज–२०८२’ सिजन&n ...

डिसिए कपको उपाधि दुवै आयोजकको पोल्टा

छाल खवर धरान,२० मंसिर ःदेउराली चिल्ड्रेन एकेडेमी धरान–५ले आयोजना गरेक ...

हामी चुनावको पक्षमा छौ तर वातावरण बनेको देखिदैन जस

छाल खवर धरान,१८ मंसिर ः जसपा नेपालका अध्यक्ष, पूर्व उपप्रधानमन्त्री उपेन्द् ...

मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ सुनसरी बिजयी

धरान : धरान १५ स्थित हिविसकस इङ्ग्लिस वोर्डिङ्ग स्कूलद्वारा आयोजित मैत्री ...

सुनाखरी एकेडेमी कपको उपाधि आयोजकको पोल्टामा

छाल खवर धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको ...

शिक्षासेवी घिमिरेद्वारा आमाको नाममा १ लाखको अक्षय

छाल खवर धरान,१५ मंसिर ः शिक्षा सेवि तथा समाजसेवी सुरेन्द्र घिमिरेले आफ्नो ज ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic