लोकनृत्य प्रतियोगितामा प्रथम बिद्यार्थीलाई युएन नबोदय कलेजद्वारा सम्मान

  • फागुन ८, २०८०
  • ५२१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर

धरान,८ फाल्गुनस् धरान १६ स्थित युएन नबोदय कलेजले धरान नृत्यकला प्रतिष्ठानले आयोजना गरेको धरान उप महानगरब्यापी अन्तर बिद्यालय स्तरीय रनिङ शिल्ड लोकनृत्य प्रतियोगितामा प्रथम भएका बिद्यार्थीहरुलाई मङ्गलबार सम्मान गरेको छ।

कलेजको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरि बिद्यार्थीहरुलाई सम्मान गरिएको हो। कलेजका अध्यक्ष एबम म्यानेजिङ डाईरेक्टर ज्ञानेश्वर झा, क्याम्पस प्रमुख डम्बर कुमार तुम्बापो, होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगनमान श्रेष्ठले प्रमाणपत्र, मेडल, खदा र अबिर लगाएर सम्मान गर्नुभयो।

UN NEWS PHOTO = 2 यसै गरि अध्यापकहरु बिजय आछामी, गौरब शाक्य, जानुका तुम्बापो, सृजना लिम्बू, सुमन बास्कोटा,अनिमेस बास्तोला, नुर खान, राम लिम्बु पनि सम्मानमा सहभागी हुनुभयो।

बिजेता यु।एन।नबोदयका बिद्यार्थीहरुले नगद ३५ हजार, रनिङ शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए।बिद्यार्थीहरुलाई हौसला प्रदान गर्नका लागि सम्मान गरिएको क्याम्पस प्रमुख तुम्बापोले बताउनु भयो।

कलेजका अध्यक्ष झाले लोकनृत्य प्रतियोगीतामा प्रथम भएर कलेजकै नाम राख्न सफल भएको भन्दै बिद्यार्थीहरुलाई धन्यवाद तथा बधाई दिनुभयो।कार्यक्रमको संचालन अध्यापक दिब्या झाले गर्नुभयो।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic