धरान रनको उपाधि केन्याली धावक जुलियस मुरिउकीलाई

  • फागुन १२, २०८०
  • १,४१४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१२ फागुनः धरानमा हरेक वर्ष आयोजना हुदै आएको सर्वाधिक धाककहरु दौडने नेपालको एकमात्र दौड प्रतियोगिताको रुपमा रहेको धरान रनको १२ औं संस्करणको खुल्ला पुरुषतर्फको उपाधि केन्याली धावक जुलियस मुरिउकीले हात पारेकाछन् ।

१० किलो मिटरको दुरीलाई ३२ मिनेटको दुरीमा पार गर्दै उनी यस वर्षको विजेता वन्न सफल वनेका हुन ।

धरान रन नेपाल कै सर्वाधिक धावक, धाविकाहरु दौंडिने रन को रुपमा रहेको छ ।

माउकुरीले नगद ६० हजार ट्रफि मेडल र प्रमाण–पत्र हात पारेका थिए ।त्यसैगरी प्रतियोगितामा ३४ मिनेटमा दूरी पार गरेका प्रशान्त तामाङ दोस्रो भएका थिए ।उलने ट्रफी मेडलसँगै ४० हजार रुपैयाँ प्राप्त गर्न सफल वनेका थिए ।

त्यस्तै पवन राईले ३४ मिनेट ११ सेकेण्डमा निर्धारित दूरी पार गरितेस्रो हुन सफल वनेका थिए । उनले ट्रफी, मेडलसँगै ३० हजार रुपैयाँ जित्नु भएको छ ।

त्यसैगरी महिलातर्फ सन्तोषी श्रेष्ठ प्रथम हुन सफल वनेकी थिइन । उनी दक्षिण एसियाली म्याराथनकी गोल्ड मेडलिस्ट समेत हुन । उनी पोखरा अन्तर्राष्ट्रिय हाफ म्याराथनकी विजेतासमेत हुन । सन्तोषीले ३८मिनेट ८ सेकेण्डमा दूरी पार गरेकी थिइन।
उनले नगद ६० हजार ट्रफि मेडल र प्रमाण–पत्र हात पारेकी थिइन ।

टाइमिङ चिप सिस्टममा दौडिएका ३ हजार ६ सय धावकले धरानको १० किलोमिटर दूरीका लागि सहभागी भएका थिए ।

स्पर्धामा ह्वील चियर दौडसँगै १६ देखि ३९ वर्ष उमेर समूहमा खुल्ला दौड आयोजना गरिएको थियो । १२ देखि १५ वर्ष उमेर समूहका धावकले महिला पुरुष दुवै विधामा जनही क्रमशः ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ प्राप्त गरे।

४० वर्षमाथिका भेट्रान विधामा दौडने स्पर्धीले महिला पुरुष दुवै विधामा जनही क्रमशः ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ प्राप्त गरे । यसपालीको च्यारेटी रनबाट उठ्ने रकम सामुदायिक विद्यालयका १२ जना जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिस्वरुप प्रदान गरिने बताइएको छ ।

धरानको गौरव र पर्यटन, प्रवर्द्धन विकासको अभियानसँग ुधरान रनुलाई जोडिएको थियो । खेल पर्यटनको विकास गर्नको लागि प्रतियोगिताको आयोजना गरीदै आाएको छ ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic