नबोदय बिद्या मन्दिर बोर्डिङको अभिभावक दिवस सम्पन्न

  • फागुन १९, २०८०
  • ३,२६१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१९ माघः नबोदय बिद्या मन्दिर सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुल धरान–१६ ले अभिभावक दिवस बिबिध कार्यक्रम गरि सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख गणेश खतिवडाले आफ्ना छोराछोरीहरुलाई स्कुल पठाएर मात्र जिम्मेवारी पूरा नहुने बताउदै महिनामा एक पटक स्कुलमा आएर नानीहरुको पढाईबारे बुझ्न अभिभावकहरुलाई आग्रह गरे।

कार्यक्रममा बिद्यार्थीहरुले प्रस्तुत गरेका प्रतिभाको प्रसम्सा गर्दै प्रमुख अतिथी खतिवडाले नबोदय बिद्या मन्दिरलाई विश्वास गरि आफ्ना छोराछोरी पढ्न पठाएकोमा धन्यवाद ब्यक्त गरे।होटल म्यानेजमेन्टमा यु।एन। नबोदयको नाम कहलिएको बताउदै प्रमुख अतिथि खतिवडाले यसलाई उच्च राख्न शुभकामना दिए।

un = 1

यु।एन। कलेज र नबोदय बिद्या मन्दिर स्कुलले धरानको शिक्षा क्षेत्रमा ठूलो योगदान पुर्याएको स्कुलका अध्यक्ष ज्ञानेश्वर झाले बताए। स्कुललाई आजको अवस्था सम्म ल्याउन शिक्षक, शिक्षिकाहरुको ठूलो योगदान रहेको अध्यक्ष झाले बराए। स्कुलका प्रीन्सिपल डम्बर कुमार तुम्बापोले नबोदय बिद्या मन्दिर गुणस्तरीय शिक्षा प्रदान गर्न सधै प्रतिबद्ध रहेको बताए।

अभिभावक गङ्गा श्रेष्ठले बिद्यालयको पढाइ र अतिरिक्त क्रीयाकलापबाट सन्तुष्ट रहेको बताउदै आउने दिनमा अझै राम्रो गर्दै जान सुझाव दिइन।

विभिन्न बिधामा बर्षका उत्कृष्ट बिद्यार्थीहरुलाई प्रीन्सिपल डम्बर कुमार तुम्बापो, अध्यक्ष ज्ञानेश्वर झा, पि।आर।ओ।राम लिम्बू लगायत कक्षागत शिक्षकहरुले पुरस्कार र प्रमाणपत्र बितरण गरे। बिद्यार्थीहरुले आकर्षक नृत्य, सन्देसमुलक नाटक र गीत प्रस्तुत गरि अभिभावकहरुलाई मनोरञ्जन प्रदान गरे।

यसैगरी स्कुलका बिद्यार्थीहरुले विभिन्न प्रकारका बिज्ञान प्रदर्सनी समेत गरेका थिए।

यसै अवसरमा यु।एन। कलेज बिएचएम चौथो सेमेष्टरका बिद्यार्थीहरुले यु।एन। फुड फेष्टो अन्तर्गत विभिन्न स्टलमा खानाका परिकार राखेका थिए।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic