पानवारि शतवार्षिक महोत्सव आजबाट शुुरु

  • फागुन २६, २०८०
  • २,२१६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२६फागुनः धरान उपमहानगरपालिका वडा नं.–६स्थित पानवारीमा शतवार्षिक महोत्सव आजबाट शुुरु हुने भएको छ ।

पानवारीमा वस्ति वसेको सय वर्ष पुुगेको अवसरमा फगुन २६ देखि चैत २ गते सम्म महोत्सव हुन लागेको हो ।

आयोजकले पत्रकार सम्मेलन गरी महोत्सव धरान ६ स्थित सरस्वती मार्गमा हुने महोत्सव सयोजक राजन दाहालले जानकारी दिए ।

उनका अनुसार महोत्सव सयपत्री व्याइज युनियन क्लब र धरान–६ वडा कार्यालयको संयोजनमा भएको हो ।

नयाँ पुस्तालाई पानवारीको इतिहासलाई बुझाउन महोत्सवले सहयोग गर्ने उनले बताए ।

धरान उपमहानगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष भुपेन्द्र भट्टराईले भने ‘पानवारी बसोबासको आधारले सय वर्ष पुगेको छ ।’ शेरा खोला र सेउतीखोलामा आउने बाढीका कारण धरान बजार आवातजावत गर्न कठिन रहेको अवस्थामा जन सहभागितामा झण्डै एक करोडको लागतमासेहरा खोलामा पुन बनाएर वर्षौदेखिको कष्ट र दुःखबाट मुक्त गराएको बताए ।

उनले पानवारीमा २ बटा सरकारी विद्यालय, ५ वटा निजीविद्यालय, राष्ट्रिय वाणिज्य बैंक, लघु वित्त संघ संस्था, सहकारी कार्यालयदेखि सामुदायिक बनलगायतका कुराहरुको बिकास तीव्र गतिमा हुँदै आएको बताए ।

उनले भने धरान ६ पानवारी तिब्ररुप धरानका २० वटै वटा मध्ये उत्कृष्ट काम गर्दै आएकोले छोटो समयमै वडालाई राम्रो रिजल्ट दिन सक्षम भै गाउलाई शहरको रुप बिकास गरेको बताए । गाउलाई जोड राष्ट्रिय गौरवको आयोजना मदनभण्डारी राजमार्ग समेत पानबारी हुदै गएको बताए ।

महोत्सवमा कोशी प्रदेश स्तरीय छैठौं भलिवल प्रतियोगिता समेत हुने भएको छ ।

प्रदेश स्तरिय भलिबल कपमा सयपत्री बोइज यूनियन क्लब पानवारी, धरान उपमहानगरपालिका धरान,बेलबारी नगरपालिका बेलबारी मोरङ,सतिसाले स्पोटीड मोरङ,प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर मोरङ ,प्रदेश भलिबल ट्रेनिङ सेन्टर दमक झापा,एमएमसी धरान,बाझगरा भलिबल क्लब धरान गरि जम्मा ८ वटा क्लब रहेका छ्न ।

प्रतियोगिताको विजयी टिमलाई १ लाख रुपया र ३५ तोला चाँदीको रनिङ शिल्ड प्रमाणपत्र र उपविजेताले नगद ५० हजार र प्रमाणपत्र पाउने भएका छ्न ।

महोत्सव अबधि भर रस्सी तान, रोटेपिङ, नाउ र ड्रागन, सहित स्थानीय स्तरमा उत्पादन कृषि सामाग्रीको सहुलियत बजार ,स्थानीय रास्ट्रीय स्तरका कलाकारको प्रस्तुती, कविता तथा नृत्य प्रतियोगिता, झाकी प्रदर्शनी सांस्कृति निःशुल्क स्वास्थ्य शिविर थप अन्य आकर्षण कार्यक्रमहरु हुनेछन ।

हर्कराज राई सुनसरी १ बाट निर्वाचित

छाल खवर धरान,२४ फागुन ः सुनसरी निर्वाचन क्षेत्र नं १ बाट श्रम संस्कृति पार् ...

झापा–५ मा बालेन भन्दा ओली २९ हजार मतले पछाडी

छाल खवर धरान,२३ फागुन ः सर्वाधिक चर्चामा रहेको निर्वाचन क्षेत्र झापा ५ मा र ...

टोल टोलबाट जनतालाई उत्साहित गर्दै सुनसरी १ मा एमाल

छाल खवर धरान,१८ फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ निर्वाचन परिचालन स ...

सुकुम्बासी समस्या समाधान पहिलो प्राथमिकता हो उम्मे

छाल खवर धरान,१७ फागुन ः नेपाली कम्युनिष्ट पार्टी सुनसरी क्षेत्र नं. १ प्रति ...

पत्रमार्फत सुझाव दिन मनोज भट्टराईको युवालाई आह्वा

छाल खवर धरान,१६ फागुन ः नेपाली कम्युनिस्ट पार्टीबाट सुनसरी क्षेत्र नम्बर १ ...

सुनसरी–१ मा एमालेको इतिहास दोहोरिने नेताहरुको  दाव

छाल खवर धरान,१६ फागुन ःनेकपा एमालेले सुनसरी क्षेत्र नं.१ मा आफ्नो पार्टीले ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic