उद्घाटन खेलमा धरान फुटबल क्लबको विजयी

  • फागुन २६, २०८०
  • ३९७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२६ फागुन ः २४ औँ संस्करणको बुढासुब्बा गोल्डकप फुटबल खेलको उद्घाटन खेलमा आयोजक धरान फुटवल क्लवले विजयी सुरुवात गरेको छ ।

उद्घाटन खेलमा पाहुना टिम युकेएफसी भारतलाई सडेन डेथमा पराजित गर्दै आयोजक धरान फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको हो ।

खेलको निर्धारित ९० मिनेटमा दुवै टिमले १÷१ गोल गरेपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट लिइएको हो ।

पेनाल्टीमा पनि ÷(५ गोलको बराबरी भएपछि खेल सडेन डेथमा पुगेको थियो ।सडेन डेथमा धरान १०÷९ गोल अन्तरले विजयी भएको हो ।

यसअघि निर्धारित समयको ५९ औ मिनेटमा धरानका मिलन राईले गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाएका थिए ।

खेलको ७३ औ मिनेटमा युकेएफसीका नयन प्रधानले गोल फर्काएका थिए।

खेलको म्यान अफ द म्याच धरानका गोलरक्षक सचिन श्रेष्ठ घोषित भए ।

आयोजकले दिएको जानकारी अनुसार भोलीको खेल न्युरोड टिम एनआरटी र त्रिभुवन आर्मी क्लब बिच हुनेछ ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic