सार्वजनिक रुपमा संचार माध्यमलाई गाली गलौज गर्ने वीपीका डाक्टर प्रहरी नियन्त्रणमा

  • फागुन २९, २०८०
  • ९०१ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,२९ फागुन ः सार्वजनिक स्थलमा हुल सहित लिएर संचारमाध्यम र संचारकर्मीलाई गाली वेइज्याति गर्ने वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका डाक्टर रोशन कलवारलाई प्रहरीले पक्राउ गरेका छ ।

डाक्टर कलवारले प्रतिष्ठानको नियमावलि विपरीत कार्यगरेको विषयमा संचार माध्यमले समाचार प्रकाशित गरेपछि कलवार मंगलवार साझ केही .सहयोगीका साथ भानुचोकमा आएर गाली गलौजमा उत्रिएपछि प्रहरीले पक्राउ गरेको हो ।

कलवारले प्रतिष्ठानको नियमावलि विपरीत प्रतिष्ठान कै गेट अगाडी टाडा डाइनोष्ट्रिक सेन्टर संचालन गर्दै आएकाछन् ।

प्रतिष्ठानमा कार्यरत डाक्टरहरुले प्रतिष्ठान वाहिर कुनैपनि ठाउमा गएर मेडीकल सम्वन्धि काम गर्न नपाइने व्यवस्था रहेको छ । तर कलवारले प्रतिष्ठान नै चुनौति दिदै सेन्टर संचालन गरेकाछन् ।

सोही विषयमा धरानबाट प्रकाशित हुने व्लाष्ट टाइम्स दैनिक र कपुरी न्युजले समाचार प्रकाशित गरेको थियो ।

कलवारले समाचार लेख्ने पत्रकार र संचार माध्यमको फोटो राखेर फेसवुकमा नियमित पोष्ट गर्ने गरेका थिए । व्यानरमा फोटो राखेर कार्यक्रम गर्दै गरेका थिए ।

सोही क्रममा प्रहरीसंग विवाद गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
कलवारले प्रतिष्ठानको नियम विपरीत कार्य गरेको भन्दै कार्वाही प्रकृया अघि वढाईसकेको वीपी प्रतिष्ठनका उपकुलपति डा ज्ञानेन्द्र गिरीले जनाएकाछन् ।

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic