पत्रकार भट्टराई माथि भएको दुव्र्यवहार प्रति विभिन्न पत्रकार संघ संगठनको विरोध

  • चैत १, २०८०
  • १,०३० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१ चैत ः इटहरी उपमहानगरपालिकाका नगर प्रहरीद्धारा पत्रकारमाथि गरेको दुव्यवहारको विभिन्न संघ संगठनहरुले विरोध जनाएकाछन् ।

इटहरी उपमहानगरपालिकाका नगर प्रहरीद्वारा पत्रकार कृष्ण भट्टराई (बहाब)माथि दुव्र्यवहार गरेको प्रति विरोध जनाएका हुन ।

इटहरीमा रहेर पत्रकारिता गर्दै आएका बहाबमाथि बिहीबार दिउँसो १२ बजेतिर नगर प्रहरीले हातपात गरेका थिए ।

FNJ

समाचार संकलन गर्न जाने क्रममा उनलाई नगर प्रहरी अर्जुन बस्नेत लगायतका नगर प्रहरीहरूले हातपात गरेका थिए । उनीहरूले पत्रकारको मोबाइलसमेत खोसेको र पत्रकारको परिचय दिँदा समेत हातपात गरेको गरेको पीडित पत्रकारले बताएका छन् ।

पत्रकार भनेर परिचय दिँदापनि ‘पत्रकार होस् भने ठेगानमा बस्’ भन्दै धम्की दिएको पीडित बहाबले बताए । उनले कुटपिट गर्ने नगर प्रहरीलाई कानुनी कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दिन गएको जनाएका छन् ।

यसैबीच पत्रकार सम्बद्ध संस्थाहरूले घटनाको विरोध जनाउँदै कडा कारवाहीको माग गरेका छन् ।

पत्रकार महासंघ सुनसरीका सचिव धु्रव ढकालले विज्ञप्ती जारी गर्दै आक्रमणलाई अभिव्यक्ति स्वतन्त्रता र लोकतन्त्रमाथिकै आक्रमणको भएको बताउँदै दोषीलाई पक्राउ गरी तत्काल कानुनी कारवाही गर्न जोडदार माग गरेको छ ।

त्यसैगरी समाजवादी प्रेस संगठन १ नं प्रदेश समितिले एक विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गरेको छ ।

samajwadi press= 1

घटनाको सत्यतथ्य छानविन गरी दोषि उपर कडा सजायको माग समेत गरेको छ । प्रदेश सचिव भोला श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै प्रेस माथिको हस्तक्षेत्र स्विकार्य नहुने चेतावनि समेत दिएकाछन् ।

यसैवीच प्रेस सेन्टर नेपाल सुनसरीले पनि घटनाको भत्र्सना गर्दै प्रेस विज्ञप्ति प्रकाशित गरेको छ ।
सेन्टरका सुनसरी अध्यक्ष तीर्थ कार्की द्धारा हस्ताक्षति विज्ञप्तिमा दोषी उपर कडा कार्वाही गर्न माग गरीएको छ ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic