पत्रकार भट्टराई माथि भएको दुव्र्यवहार प्रति विभिन्न पत्रकार संघ संगठनको विरोध

  • चैत १, २०८०
  • १,०७३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१ चैत ः इटहरी उपमहानगरपालिकाका नगर प्रहरीद्धारा पत्रकारमाथि गरेको दुव्यवहारको विभिन्न संघ संगठनहरुले विरोध जनाएकाछन् ।

इटहरी उपमहानगरपालिकाका नगर प्रहरीद्वारा पत्रकार कृष्ण भट्टराई (बहाब)माथि दुव्र्यवहार गरेको प्रति विरोध जनाएका हुन ।

इटहरीमा रहेर पत्रकारिता गर्दै आएका बहाबमाथि बिहीबार दिउँसो १२ बजेतिर नगर प्रहरीले हातपात गरेका थिए ।

FNJ

समाचार संकलन गर्न जाने क्रममा उनलाई नगर प्रहरी अर्जुन बस्नेत लगायतका नगर प्रहरीहरूले हातपात गरेका थिए । उनीहरूले पत्रकारको मोबाइलसमेत खोसेको र पत्रकारको परिचय दिँदा समेत हातपात गरेको गरेको पीडित पत्रकारले बताएका छन् ।

पत्रकार भनेर परिचय दिँदापनि ‘पत्रकार होस् भने ठेगानमा बस्’ भन्दै धम्की दिएको पीडित बहाबले बताए । उनले कुटपिट गर्ने नगर प्रहरीलाई कानुनी कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दिन गएको जनाएका छन् ।

यसैबीच पत्रकार सम्बद्ध संस्थाहरूले घटनाको विरोध जनाउँदै कडा कारवाहीको माग गरेका छन् ।

पत्रकार महासंघ सुनसरीका सचिव धु्रव ढकालले विज्ञप्ती जारी गर्दै आक्रमणलाई अभिव्यक्ति स्वतन्त्रता र लोकतन्त्रमाथिकै आक्रमणको भएको बताउँदै दोषीलाई पक्राउ गरी तत्काल कानुनी कारवाही गर्न जोडदार माग गरेको छ ।

त्यसैगरी समाजवादी प्रेस संगठन १ नं प्रदेश समितिले एक विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गरेको छ ।

samajwadi press= 1

घटनाको सत्यतथ्य छानविन गरी दोषि उपर कडा सजायको माग समेत गरेको छ । प्रदेश सचिव भोला श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै प्रेस माथिको हस्तक्षेत्र स्विकार्य नहुने चेतावनि समेत दिएकाछन् ।

यसैवीच प्रेस सेन्टर नेपाल सुनसरीले पनि घटनाको भत्र्सना गर्दै प्रेस विज्ञप्ति प्रकाशित गरेको छ ।
सेन्टरका सुनसरी अध्यक्ष तीर्थ कार्की द्धारा हस्ताक्षति विज्ञप्तिमा दोषी उपर कडा कार्वाही गर्न माग गरीएको छ ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic