प्रशान्त तामाङ र जुही राईले हात पारे दोस्रो गोर्खा ट्रेल व्लेजरको उपाधि

  • चैत ३, २०८०
  • ८,२१५ पटक पढिएको
  • छाल खबर
alt


छाल खवर
धरान,३ चैतः गोर्खा सिमेष्ट्रिज ट्रष्ट नेपालको आयोजनामा धरानमा भएको दोश्रो गोर्खा ट्रेल ब्लेजर ८ दशमलव ५ किलोमिटर खुल्ला दौड प्रतियोगिताको उपाधि पुरुष तर्फ धरानका प्रशान्त तामाङ र महिला तर्फ भोजपुरकी जुही राईले हात पारेकाछन् ।

तामाङले ३१ मिनट ५९ सेकेन्डमा उक्त दुरी पुरा गरेका थिए भने महिला विजेता जुही राईले ४१ मिनट ५४ सेकेन्डमा दौड पुरा गरेकी थिइन् ।

विजेता प्रशान्तले नगद १५ हजार, मेडल र प्रमाण–पत्र प्राप्त गरेकाछन उनी फागुन १२ गते सम्पन्न १२ औँ धरान १०के रनमा उपविजेता बनेका थिए ।run news photo = 2

त्यसैगरी महिला विजेता जुहिले नगद १५ हजार, मेडल र प्रमाण–पत्र प्राप्त गरेकी थिइन । उनी पनि १०के रनमा १६ वर्ष मुनिका विजेता धाविका थिइन् । उनी भोजपुरबाट प्रतियोगितामा भाग लिन धरान आएकी हुन ।

प्रतियोगितामा पुरुषतर्फ पवन राई दोस्रो र राजकुमार शेर्मा तेस्रो भएका थिए ।

महिला तर्फ इन्द्रकला नेम्वाङ (निक्की दोस्रो) र सिर्जना राई तेस्रो भइन् । दोस्रो र तेस्रो उपाधि विजेता महिला पुरुष खेलाडीहरूले क्रमशः जनही नगद १० ,हजार र ५ हजार नगद सहित मेडल प्रमाण–पत्र हात पारेका थिए ।

चोथौ, पाचौ, छैठौ र सातौँ हुने पुरुष र महिला खेलाडीहरूलाई धरान सस्तो मःम पसलका प्रोप्राइटर निर राईले जनही एक एक हजार रुपैयाँ प्रदान गरे ।
चौथो, पाचौ, छैठौ र सातौँ स्थानमा पुरुष तर्फ समिर कन्दङवा, विशाल राई, रोदन राई, एन्जल राई र महिला तर्फ कल्पना राई, जुलिन राई, छेन्वीमाया राई र विनीता राई रहिन् ।
समापनका सभापति महेन्द्रकुमार राई, प्रदेश सभा सदस्य मिना श्रेष्ठ, नेपाल ओलम्पिक कमिटी सह–महासचिव पिताम्बर तिम्सिना, वडा २० का अध्यक्ष पदम लिम्बु, सुनसरी बास्केटबल सङ्घ अध्यक्ष नारायण सुवेदी, धरान–१८ वडा सदस्य दिलकुमारी राईले पुरस्कार प्रदान गरे ।
जीवित वीर गोर्खा सैनिकको सम्मानमा आयोजना हुँदै आएको प्रतियोगिता धरान(१८ स्थित रत्न चौक वाट सुरु भएको थियो । चौकवाट सुरु भएको दौड मङ्गलवारे, सर्दु पुल, भन्ज्याङ हुँदै गोर्खा स्मृति पार्कमा समापन भएको थियो ।

रनमा सुनसरी, झापा, मोरङ, उदयपुर, भोजपुर, धनकुटा लगायत जिल्लाबाट ६ सय बढीको सहभागी थिए ।

उक्त अवसरमा प्रदेश सभा सदस्य विजय राई, मिना श्रेष्ठ, धरान उपमहानगरपालिका उपमेयर अइन्द्रविक्रम बेघा, ओलम्पिक कमिटी सह महासचिव पीताम्बर तिम्सिना, नेपाली काङ्ग्रेस महासमिति सदस्य सुवास राई र इलाका प्रहरी कार्यालय प्रमुख नवराज मल्ललाई फेटा गुथेर सम्मान गरिएको थियो ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic