पुन प्रयोग गर्ने मिल्ने कपडाको प्याडको ४ दिने तालिम सम्पन्न

  • चैत १०, २०८०
  • ३,९६५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१० चैतः पुन प्रयोग गर्न मिल्ने कपडाको प्याड बनाउने ४ दिने तालिम शुक्रबार धरानमा सम्पन्न भएको छ ।

बियोण्ड बेईजिङ्ग कमिटीको आर्थिक सहयोग र एक्सपोज नेपालको समन्वय तथा नारी स्वतन्त्र मञ्च सुनसरीको आयोजनामा सो तालिम सम्पन्न भएको हो।

कार्यक्रममा वोल्दै प्रमुख अतिथी प्रतिनिधी सभा सभासद सुशिला श्रेष्ठले महिनावारी लजाउनु पर्ने र घिनाउनु पर्ने विषय नभई प्राकृतिक उपहारको शक्ति भएको वताउनु भयो ।

उहाँले केही कसैले छोरी चेलीलाई महिनावारी हुँदा हुने छुवाछुत र भेदभाव पनि महिला हिंसा हो है भनेर महिनावारी स्वच्छताको विषयमा सचेतनाका फैलाउदै महिला दिदिबहिनीहरुलाई व्यवसायीक बनाउन तालिम सञ्चालन गरिएको बताउनु भयो ।

चिनमा भएको एक सम्मेलनमा बियोण्ड बेईजिङ्ग संस्थाले महिला प्रजनन शिक्षा जगाउदै गर्भपतन गर्ने पहिलो अधिकार महिलामा हुनुपर्ने माग राखेपछि हाल नेपालमा समेत सफलता हासिल गरि कार्यान्वयनमा आएको र हाल यस संस्थाले महिला र बालिकाको स्वास्थ्य बचाऔ भन्ने उदेश्यले महिलाहरुलाई व्यवसायिक बनाउन तालीम दिएको बताउनु भयो ।

‘बजारमा पाइने सेनिटरी प्याड ९० प्रतिशत प्लास्टिक तथा प्लास्टिकजन्य पदार्थ र केमिकलको प्रयोग गरिएको हुने भएकोले वातावरण फोहोर गर्ने, सेनिटरी प्याडले एलर्जी हुने समस्याहरु आउने समस्याहरु आउने गरेको वताउनु भयो ।

‘पुन प्रयोग गर्न मिल्ने कपडाको प्याडले महिलाको स्वास्थ्यलाई पनि सुरक्षित राख्नुका साथै वातावरण पनि स्वच्छ हुने भएकाले कटनको कपडा प्रयोग गर्न उचित सल्लाह दिनु भएको थियो ।

पुन प्रयोग हुने कपडाको प्याड स्वास्थ्यका लागि स्वास्थ्यकर, पैसाको बचत र किफायती साथै सुरक्षित हुने सभासद श्रेष्ठले बताउनु भयो ।
सहिद स्मृति माविको सभाहलमा भएको तालिममा ४० जना महिलाहरु सहभागी भएका थिए ।

उक्त तालिमको सहजीकरण सृजना महर्जनले गर्नुभएको थियो । विभिन्न डिजाइनका कपडाको प्याड महिला आफैले तयार गरि त्यसलाई धोएर पुन प्रयोग गर्न मिल्ने र लगाउदा सहज हुने प्रकारको कपडाको प्याड बनाउदै व्यवसायीकरुपमा आर्यआर्जन गर्दा आर्थिक उपार्जन हुने भएकाले तालिम दिइएको बताउनु भयो ।

सहजकर्ता महजर्नका अनुसार काठमाडौ र ललितपुरको हरेक क्लिनिकमा सो प्याड विक्रि हुने गरेको धरान शहरमा पनि प्याड सहजरुपमा उपलब्ध गराउन समेत आग्रह गर्नु भएको थियो ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic