धरानमा भारतीय शास्त्रीय ओडिसी नृत्य प्रदर्शन

  • चैत १५, २०८०
  • २,०२८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१५ चैतः धरान स्थित भारतीय राजदूतावास, पेन्शन वितरण कार्यालयमा सांँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

बुधवार साँझ भारतीय कलाकारहरूद्धारा शास्त्रीय नृत्य ओडिसी प्रदर्शन गरीएको हो ।

भारतीय सांस्कृतिक सम्बन्ध परिषद्को स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका शास्त्रीय नृत्य कलाकारहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । भारतीय राजदूतावासको आयोजना भएको सो ओडिसी नृत्य भारतीय सांस्कृतिक सम्पदामा समृद्ध परम्परागत शास्त्रीय नृत्यकलामा मानिन्छ ।

INDIAN KALALAR = 2 दुतावासले २७ मार्चको अवसरमा सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो ।

सो कार्यक्रममा नेपालको पूर्वेली संस्कृति झल्किने राई जातीको सांस्कृतिक नृत्य साकेला र नेपाली लोकनृत्य समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले धरान लाहुरेहरूको शहर भएको र लाहुरेको आयआर्जन विदेशी मुद्राले देश बिकाससगै आर्थिक गतिविधिमा महत्त्वपूर्ण भूमिका खेलेको वताएका थिए ।

मुख्यमन्त्री कार्कीले नेपालमा आधुनिकताको पहिलो जननी धरान रहेकोउल्लेख गरेकाछन् । धरान आधुनिक शहरसँगै विविध जातीय संस्कार, सस्कृती, धर्मको उदाहरणीय सगम स्थल सबैभन्दा पहिला पश्चिमी आधुनिकताको प्रत्यक्ष असर पर्ने शहर भएको वताएका थिए ।

SAKALA DANCE कार्कीले नेपाल(भारत सम्बन्ध सीमाले छुट्टिए पनि रगत र मुटुमा बाँधिएको बताउँदै रगतमा बाँधिएको सम्बन्धलाई सिमानाले अलग्याउन नसक्ने जिकिर समेत गरेका थिए ।

मुख्यमन्त्री कार्कीले नेपालको सांस्कृतिक सम्पदा धान नाच, साकेला पनि भारतीय शहरहरुमा प्रदर्शन गर्ने वातावरण मिलाउन भारतीय राजदूतावासलाई आग्रह गर्दै यसले दुई देशको सम्बन्धमा भावनात्मक एकतालाई बलियो बनाउने उनको भनाई थियो ।

नेपालमा भारतीय सांस्कृतिक नृत्य कलालाई माया र सद्भावको दृष्टिकोणले हेरिने भएको हुनाले सांस्कृतिक नृत्य कार्यक्रम आयोजना गरीएको राजदूतावासका राजनीतिक विभागका प्रथम सचिव प्रिया दर्शणी आरले बताइन् ।

कार्यक्रममा पूर्व शिक्षा मन्त्री माननीय अशोक राई,संघीय माननीय शुसिला श्रेष्ठ, प्रदेश सरकारका वन तथा पर्यटन वातावरण मन्त्री माननीय गणेश प्रसाद उप्रेती, प्रदेश सांसदद्वय विजय कुमार राई, रमेश बस्नेत, नेपाल प्रहरीका कोशी प्रदेश प्रमुख डिआजी चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी बल प्रदेश प्रमुख डिआईजी अन्जनी कुमार पोख्रेल, अनुसन्धान विभागका प्रदेश प्रमुख डिआजी किशोर श्रेष्ठ, धरान उपनगरपालिकाका उपमेयर अईन्द्रविक्रम बेघा, धरान उपमहानगरपालिकाका पूर्व मेयर तिलक राई लगायत अतिथिहरूको उपस्थिति थियो ।

कार्यक्रमको सभापतित्व भारतीय राजदुताबास, पेन्शन वितरण, कार्यालय, धरानका प्रभारी अधिकारी मेजर भरत कनोजियाले गरेका थिए । कनोजियाले नेपाल सरकार भारतीय भूपूहरू प्रति भारत सरकार सधैँ सहयोग र सद्भाव रहने प्रतिबद्धता व्यक्त गरे ।

हर्कराज राई सुनसरी १ बाट निर्वाचित

छाल खवर धरान,२४ फागुन ः सुनसरी निर्वाचन क्षेत्र नं १ बाट श्रम संस्कृति पार् ...

झापा–५ मा बालेन भन्दा ओली २९ हजार मतले पछाडी

छाल खवर धरान,२३ फागुन ः सर्वाधिक चर्चामा रहेको निर्वाचन क्षेत्र झापा ५ मा र ...

टोल टोलबाट जनतालाई उत्साहित गर्दै सुनसरी १ मा एमाल

छाल खवर धरान,१८ फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ निर्वाचन परिचालन स ...

सुकुम्बासी समस्या समाधान पहिलो प्राथमिकता हो उम्मे

छाल खवर धरान,१७ फागुन ः नेपाली कम्युनिष्ट पार्टी सुनसरी क्षेत्र नं. १ प्रति ...

पत्रमार्फत सुझाव दिन मनोज भट्टराईको युवालाई आह्वा

छाल खवर धरान,१६ फागुन ः नेपाली कम्युनिस्ट पार्टीबाट सुनसरी क्षेत्र नम्बर १ ...

सुनसरी–१ मा एमालेको इतिहास दोहोरिने नेताहरुको  दाव

छाल खवर धरान,१६ फागुन ःनेकपा एमालेले सुनसरी क्षेत्र नं.१ मा आफ्नो पार्टीले ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic