विरेन्द्र मेमोरीयल कलेजमा स्वागत र विदाई

  • चैत २४, २०८०
  • ६,५४३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२४ चैत ः विरेन्द मेमोरियल कलेज धरानमा विद्यार्थीहरुले स्वागत तथा विदाई कार्यक्रम सम्पन्न भएको छ ।कलेजले धरान उच्चको प्राङगणमा एक कार्यक्रमको आयोजना गरी सो कार्यक्रम सम्पन्न गरेको हो ।

कलेजले प्रथम वर्षमा आउनेलाई स्वागत र चौथो वर्षका विद्यार्थीहरुलाई विदाई कार्यक्रम गरेको थियो ।

कलेजकी विद्यार्थी यशोदा लिम्वुले कार्यक्रममा वोल्दै कक्षा ११ मा कलेज आउदा आफुलाई सामान्य कुराको जानकारी नभएको अनुभव सुनाउदै कडा मेहनत पश्चात प्रदेश प्रथम सम्म भएको वताइन ।

Birend = 1

उनले भनिन–सामुदायिक स्कुल पढेर आएको हुदा शुरुमा आफूलाई निकै गारो भएपनि विविएसमा भने कडा मेहनतका कारण प्रदेश कै उत्कृष्ट नतिजा ल्याउन सफल भए ।

सफलता हात पार्नको लागि कडा परिश्रम र मेहनतको आवस्यकता रहेको उनको भनाई थियो ।

कार्यक्रमका प्रमुख अतिथिग कोशि प्रदेशका पुर्व प्रदेश प्रमुख गोविन्द तुम्वाहाङले विद्यार्थीहरुको उज्वल भविष्यको कामना गर्नु भएको थियो ।

सोही कार्यक्रममा वोल्दै कलेजका प्रिन्सिपल तारा बहादुर निरौलाले विद्यार्थीहरुले कडा मेहनत गरेर पढेको खण्डमा सहज रुपममा सफलता हासिल गर्ने वताउनु भयो ।

Birendra = 3

कार्यक्रममा विद्यार्थीहरूले विभित्र गीतमा नृत्य प्रस्तुत गरी मनोरन्जन दिलाएका थिए ।

सो अवसरमा स्थानीय व्यवसायिकहरुको स्थलगत रुपमा अध्ययन गरी निर्माण गरीएको भिडियो प्रतियोगिता उत्कृष्ट हुने समूहलाई नगद तथा प्रमाण पत्र प्रदान गरीएको थियो भने सहभागी विद्यार्थीहरुलाई प्रमाण–पत्र प्रदान गरीएको थियो ।

Birendra = 4

कार्यक्रममा धरान उच्चका प्रिन्सिपल हेमचँन्द्र अधिकारी, महेन्द्र क्याम्पसका पूर्व क्याम्पस प्रमुख तथा धरान उच्चका संचालक चन्द्र फोम्वो, विरेन्द्र मेमोरीयल कलेज विज्ञान संकायका इन्चार्ज सुनिल भगत लगायतको उपस्थिति रहेका थियो ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic