स्थापना दिवसमा कृषि औजार वितरण

  • चैत २५, २०८०
  • ८१६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२५ चैतः साना किसान कृषि सहकारी संस्था लि. धरानले आफ्नो स्थापना दिवसका अवसरमा कृषकहरुलाई कृषि औजार वितरण गरेको छ ।

संस्थाले धरान–५ स्थित मुना क्लवमा एक कार्यक्रमको आयोजना गरी स्थापना दिवसका अवसरमा कृषकहरुलाई कृषि औजार वितरण गरेको हो ।

संस्थाको स्थापना दिवसको पावन अवसरमा संस्थाले ूसाना किसानको समृद्दि कृषिको रुपानान्तरण र उधमशिलताको विकाश भन्ने संस्थाको मुल नारा बमनेजिम आफ्ना किसान सेयर सदस्यहरुलाइ व्यवसायीक कृषिमा रुपानान्तरण गर्न संस्थाको आ.व.२०८०÷०८१ को कार्यक्रम तथा बजेटमा व्यवस्था बमोजिम संस्था र सदस्यविच ५०÷५० लागत साझेदारिमा ३५ थान स्प्रेयर टंकि र ५ थान चाफ कटर मेसिन हस्तान्तरण गरेको छ ।

साविक पाचकन्या गा.वि.स.मा वि.सं.२०४० सालबाट साना किसान विकास आयोजनाको रुपमा यो सहकारिको रुपमा दर्ता भई हाल सम्म आईपुग्दा विभिन्न उतरचडावहरुको सामना गरेर आजकने २७ औ जन्मजयन्ति मनाईरहदा संस्थाले धरान उपमाहनगरपालिकाको वडा न.४,५,६ का ९१८ जना सदस्यहरुलाई सेवा प्रवाह गरिरहेको छ ।

चल्ति बचतमा अधिकतम १०प्रतिशत र मुद्दतिमा ११प्रतिशत व्यादरमा बचत संकलन गर्दा संस्थाले किसान सदस्यहरुलाई प्रवाह गर्ने ऋणमा भने ९ प्रतिशत मै कर्जा प्रवाह गरिरहेको छ ।

हालसम्म आईपुग्दा संस्थाको शेयरपुँजि २ करोड २१ लाख रहदा सदस्यहरुवाट ५करोड २० लाख बचत संकलन गरि सदस्यहरुलाई नै १४ करोड २० लाख कर्जा लगानिमा रहिरहेको छ ।

हाल बजारमा सहकारिले सदस्यहरुवाट संकलन गरेको बचत रकम अपचलन गरि संस्था नै आर्थिक संकटमा गरिरहेको अवस्थामा साना किसान कृषि सहकारि संस्था लि धरानले भने राज्यमा परेको जस्तो सुकै संकटमा पनि सदस्यहरुलाई बचत फिर्ताको साथसाथै ऋण लगानि समेत गरिरहेको छ ।

कार्यक्रमको सभापतित्व संस्थाको अध्यक्ष शिला राईले गरेकी थिइन ।कार्यक्रमको संचालन संस्थाका व्यवस्थापक विष्णुकुमार श्रेष्ठले गरेका थिए ।

धरानमा प्रदेश स्तरीय खुल्ला बास्केटबल प्रतियोगिता

छाल खवर धरान,२७ जेठः सुनसरी बास्केट बल संघले पहिलो पटक धरानमा प्रदेश स्तरीय ...

सक्षम नेतृत्व आवस्यक रहेको व्यवसायीहरुको भनाई

छाल खवर धरान,२७ जेठः व्यवसायीहरुको नेतृत्व चयन गर्दा सक्षम व्यक्ति चयन गर्न ...

प्रदेश स्तरीय ब्याडमिन्टनको उपाधि सगुन र संयोगको

छाल खवर धरान,२७ जेठः धरानमा आयोजना गरीएको कोशी प्रदेश खुल्ला बि डिभिजन ब्या ...

हिविस्कस वोडिङ स्कुलद्धारा सरसफाई कार्यक्रम सम्पन

छाल खवरधरान,२३ जेठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ ले समुदायसंग ...

एक्वा सेकेण्डरी इङ्लिस स्कुलमा ट्राफिक सचेतना

छाल खवरधरान,२४जेठ एक्वा सेकेण्डरी इङ्लिस स्कुल धरान–१७ ले विद्यार्थीह ...

यातायात व्यवसायीद्वारा यातायात बन्द

छाल खवर धरान,१८ जेठः यातायात व्यवसायीहरूले सोमवार देखी देशभर अनिश्तिकालिन य ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic