स्थापना दिवसमा कृषि औजार वितरण

  • चैत २५, २०८०
  • १,३२० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२५ चैतः साना किसान कृषि सहकारी संस्था लि. धरानले आफ्नो स्थापना दिवसका अवसरमा कृषकहरुलाई कृषि औजार वितरण गरेको छ ।

संस्थाले धरान–५ स्थित मुना क्लवमा एक कार्यक्रमको आयोजना गरी स्थापना दिवसका अवसरमा कृषकहरुलाई कृषि औजार वितरण गरेको हो ।

संस्थाको स्थापना दिवसको पावन अवसरमा संस्थाले ूसाना किसानको समृद्दि कृषिको रुपानान्तरण र उधमशिलताको विकाश भन्ने संस्थाको मुल नारा बमनेजिम आफ्ना किसान सेयर सदस्यहरुलाइ व्यवसायीक कृषिमा रुपानान्तरण गर्न संस्थाको आ.व.२०८०÷०८१ को कार्यक्रम तथा बजेटमा व्यवस्था बमोजिम संस्था र सदस्यविच ५०÷५० लागत साझेदारिमा ३५ थान स्प्रेयर टंकि र ५ थान चाफ कटर मेसिन हस्तान्तरण गरेको छ ।

साविक पाचकन्या गा.वि.स.मा वि.सं.२०४० सालबाट साना किसान विकास आयोजनाको रुपमा यो सहकारिको रुपमा दर्ता भई हाल सम्म आईपुग्दा विभिन्न उतरचडावहरुको सामना गरेर आजकने २७ औ जन्मजयन्ति मनाईरहदा संस्थाले धरान उपमाहनगरपालिकाको वडा न.४,५,६ का ९१८ जना सदस्यहरुलाई सेवा प्रवाह गरिरहेको छ ।

चल्ति बचतमा अधिकतम १०प्रतिशत र मुद्दतिमा ११प्रतिशत व्यादरमा बचत संकलन गर्दा संस्थाले किसान सदस्यहरुलाई प्रवाह गर्ने ऋणमा भने ९ प्रतिशत मै कर्जा प्रवाह गरिरहेको छ ।

हालसम्म आईपुग्दा संस्थाको शेयरपुँजि २ करोड २१ लाख रहदा सदस्यहरुवाट ५करोड २० लाख बचत संकलन गरि सदस्यहरुलाई नै १४ करोड २० लाख कर्जा लगानिमा रहिरहेको छ ।

हाल बजारमा सहकारिले सदस्यहरुवाट संकलन गरेको बचत रकम अपचलन गरि संस्था नै आर्थिक संकटमा गरिरहेको अवस्थामा साना किसान कृषि सहकारि संस्था लि धरानले भने राज्यमा परेको जस्तो सुकै संकटमा पनि सदस्यहरुलाई बचत फिर्ताको साथसाथै ऋण लगानि समेत गरिरहेको छ ।

कार्यक्रमको सभापतित्व संस्थाको अध्यक्ष शिला राईले गरेकी थिइन ।कार्यक्रमको संचालन संस्थाका व्यवस्थापक विष्णुकुमार श्रेष्ठले गरेका थिए ।

हर्कराज राई सुनसरी १ बाट निर्वाचित

छाल खवर धरान,२४ फागुन ः सुनसरी निर्वाचन क्षेत्र नं १ बाट श्रम संस्कृति पार् ...

झापा–५ मा बालेन भन्दा ओली २९ हजार मतले पछाडी

छाल खवर धरान,२३ फागुन ः सर्वाधिक चर्चामा रहेको निर्वाचन क्षेत्र झापा ५ मा र ...

टोल टोलबाट जनतालाई उत्साहित गर्दै सुनसरी १ मा एमाल

छाल खवर धरान,१८ फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ निर्वाचन परिचालन स ...

सुकुम्बासी समस्या समाधान पहिलो प्राथमिकता हो उम्मे

छाल खवर धरान,१७ फागुन ः नेपाली कम्युनिष्ट पार्टी सुनसरी क्षेत्र नं. १ प्रति ...

पत्रमार्फत सुझाव दिन मनोज भट्टराईको युवालाई आह्वा

छाल खवर धरान,१६ फागुन ः नेपाली कम्युनिस्ट पार्टीबाट सुनसरी क्षेत्र नम्बर १ ...

सुनसरी–१ मा एमालेको इतिहास दोहोरिने नेताहरुको  दाव

छाल खवर धरान,१६ फागुन ःनेकपा एमालेले सुनसरी क्षेत्र नं.१ मा आफ्नो पार्टीले ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic