च्याम्पियनमा नयाँ शैक्षिक शत्रबाट प्राविधिक विषयका विशेष कक्षा

  • चैत २६, २०८०
  • ४६१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२६ चैतः च्याम्पियन सेकेण्डरी स्कुल धरान–१५ले यस वर्षदेखि विद्यार्थीहरुलाई नया तरीकाले शिक्षा दिने भएको छ ।

स्कुलले विद्यार्थीका लागि रोजगारमुलक प्राविधिक विषयलाई शैक्षिक शत्रबाट प्राथमिकतामा राखेर शिक्षा दिन लागेको हो ।

स्कुलले नयाँ शैक्षिक सत्रदेखी नियमित कक्षाका अलावा विद्यार्थीलाई व्यवहारीक तथा स्वरोजगार वन्ने गरी प्लम्बिङ्ग, इलेक्ट्रोनिक्स र इलेक्ट्रिकल्स प्राविधिक धारका आधारभूत ईन्जिनियरीङ, फेसन डिजाइन, आधुनिक कृषि, पशुपालन, पोषण विज्ञानसँग सम्बन्धित विषयमा विशेष कक्षा सञ्चालन गर्न लागेको स्कुलका अध्यक्ष नेत्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

विद्यार्थिहरु कितावी ज्ञान मात्र हासिल गर्ने तर व्यवहारीक रुपमा शुन्य भएकोले घर व्यवहारमा प्रयोग हुने विषयलाई नै व्यहारीक रुपमा शिक्षा दिन लागीएको अध्यक्ष सुवेदीको भनाई रहेको छ ।

उहाका अनुसार विद्यार्थीलाई औपचारिक शिक्षा बाहेक अतिरिक्त सीप र ज्ञान प्रदान गर्ने उद्देश्यले विशेष कक्षाहरू सञ्चालन गर्न लागिएको हो ।

स्कुलले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी विद्यार्थीलाई रोजगार र जिम्मेवार नागरिक बनाउन विद्यार्थीकै रुचि अनुसार कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुकालागी विशेष कक्षा सञ्चालन गरी व्यावहारिक ज्ञान प्रदान गरिन लागेको जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा प्रिन्सिपल नाजु सुवेदीले दिनुभएको जानकारी अनुसार कृषि र पशुपालन सम्बन्धी तालिमका लागि विद्यालयले विराटनगर स्थित कृषि फर्मलाई प्रयोगशालाको रूपमा उपयोग गरीनेछ ।

ईन्जीनियरिङ लगायतका व्यवहारिक शिक्षा स्कुलमै प्रदान गरिने छ ।

नेपालको औपचारिक शिक्षालाई अझ गुणस्तरीय, व्यवहारिक, सान्दर्भिक, वैज्ञानिक तथा प्राविधिक बनाउँदै शिक्षालयको पहिचान स्थापित गर्न नयाँ शिक्षा कार्यक्रम प्रारम्भ गरिएको प्रिन्सिपल सुवेदीको भनाई छ ।

विद्यार्थीहरुले व्यवहारीक प्राविधिक शिक्षा पाएको अवस्थामा घरमै वसेर पनि स्वरोजगार हुन सक्नुका साथै आफ्नै घर व्यवहारमा पनि काम पर्दा लागू गर्न सक्ने सुवेदीले बताउनु भयो ।

डिसिए कपको उपाधि दुवै आयोजकको पोल्टा

छाल खवर धरान,२० मंसिर ःदेउराली चिल्ड्रेन एकेडेमी धरान–५ले आयोजना गरेक ...

हामी चुनावको पक्षमा छौ तर वातावरण बनेको देखिदैन जस

छाल खवर धरान,१८ मंसिर ः जसपा नेपालका अध्यक्ष, पूर्व उपप्रधानमन्त्री उपेन्द् ...

मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ सुनसरी बिजयी

धरान : धरान १५ स्थित हिविसकस इङ्ग्लिस वोर्डिङ्ग स्कूलद्वारा आयोजित मैत्री ...

सुनाखरी एकेडेमी कपको उपाधि आयोजकको पोल्टामा

छाल खवर धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको ...

शिक्षासेवी घिमिरेद्वारा आमाको नाममा १ लाखको अक्षय

छाल खवर धरान,१५ मंसिर ः शिक्षा सेवि तथा समाजसेवी सुरेन्द्र घिमिरेले आफ्नो ज ...

सुनाखरी रातो विजयी

छाल खवर धरान, १४ मङ्सिर — धरानमा जारी सुनाखरी एकेडेमी कपको आइतवारको ख ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic