क्याम्ब्रिजमा एसइईका बिद्यार्थीहरुलाई ब्रिजकोर्स सम्बन्धी अभिमुखिकरण

  • वैशाख ७, २०८१
  • २,७०० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,७ वैशाखः क्याम्व्रीज ईन्स्टिच्युट अफ टेक्नोलोजि धरानले आयोजनामा एसइई दिएर बसेका बिद्यार्थीहरुलाई ब्रिजकोर्स सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

धरान–१ छाता चोक आफ्नै सभाहलमा विहिवार बिद्यार्थीहरुलाई ब्रिजकोर्स सम्बन्धी अभिमुखिकरण गराइएको हो ।

उक्त कार्यक्रममा ५० जना बिद्यार्थीहरु सहभागि रहेको ईन्स्टिच्युटका शाखा प्रमुख लक्ष्मण दाहालले जानकारी दिए । उनका अनुसार बिद्यार्थीहरुलाई पिसिएल नर्सिङ, साइन्स र सिटीइभीटी प्रबेश परिक्षासम्बन्धी अभिमुखिकरण गराइएको थियो ।

कार्यक्रममा कान्तिपुर हस्पिटल काठमाङौँमा कार्यरत डा. आशिष ढुंगाना र ईन्स्टिच्युट शाखा प्रमुख दाहालले सहजिकरण गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका डा. ढुङ्गानाले नर्सिङ बिषयको महत्व र भविष्यका बारेमा समेत बिद्यार्थीहरुलाई जानकारी दिएका थिए ।

कार्यक्रममाकेन्द्रीय प्रविधी क्याम्पस हात्तीसारका लेक्चर महेश शाह र पूर्वाञ्चल इन्जििनियरिङ क्याम्पसका लेक्चर प्रभाब भट्टराईको समेत उपस्थिती रहेको थियो ।

बिद्यार्थीहरुलाई के बिषय पढ्ने भन्ने अन्योलता नहोस् भन्ने उद्देश्यले अभिमुखिकरण कार्यक्रम आयोजना ईन्स्टिच्युटका शाखा प्रमुख दाहालले बताए ।

पिसिएल नर्सिङ, साइन्स ब्रिज कोर्स र सिटीइभीटी प्रबेश परिक्षासम्बन्धी तयारीका कक्षाहरु आउदो बैशाख ९ गतेबाट संचालन हुने ईन्स्टिच्युटले जनाएको छ ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic