धरान खेलकुद मञ्च मिडिया अवार्ड निशालाई

  • वैशाख १६, २०८१
  • २,७१० पटक पढिएको
  • छाल खबर
alt


छाल खवर
धरान,१६ वैशाखः धरान खेलकुद मञ्चद्धारा धरानमा पहिलो पटक आयोजना गरीएको धरान खेलकुद मिडिया अवार्ड २०८० पत्रकार निशा राईलार्ई ’ प्रदान गरीएको छ ।

गोरखा पत्रको धरान स्थित संवाददाताको रुपमा कार्यरत राईलाई शनिबार आयोजित नयाँ वर्ष २०८१ सालको शुभकामना आदान प्रदान तथा अवार्ड वितरण कार्यक्रमको आयोजना गरी सो अवार्ड वितरण गरीएको हो ।

धरान खेलकुद मञ्चले पत्रकारिताको माध्यमबाट धरानको समग्र खेलकुदमा योगदान पुर्‍याउँदै आएका सञ्चारकर्मीलाई पहिलो पटक ‘धरान खेलकुद मञ्च मिडिया अवार्ड २०८०’ प्रदान गरेको हो ।

धरान–१७ स्थित साकेला पार्क धरानमा आयोजित कार्यक्रममा धरान वडा नंं.८ का वडाध्यक्ष धन बहादुर राईले उक्त अवार्डले पत्रकार राईलाई सम्मान गरेका थिए ।

यसैगरी वडा नम्बर ११ को वडाध्यक्ष लोकेन्द्र फागो र धरान खेलकुद मञ्चका अध्यक्ष किशोर राई, बरिष्ठ पत्रकार हर्ष सुब्बा, नेपाल पत्रकार महासंघ सुनसरीको अध्यक्ष जनकऋषी राई लगायतले सम्मान पत्र, ट्र्राकसुट र नगद रकम रु.११ हजार रुपैयाँ सहितले सम्मान गरेका थिए ।

धरान खेलकुद मञ्चका अध्यक्ष किशोर राईले धेरै विधाका केन्द्र विन्दु भएर पनि मिडियामा ओझल पर्दै आएको बताउँदै राष्ट्रिय कीर्तिमान कायम गरेका खेलाडीहरू भएका खेलकुद प्रति मिडियाको ध्यानाकर्षण गराउन मञ्चले यसपालि देखी मिडिया एवार्ड प्रदान गर्न सुरु गरेको बताए।

kishor rai

धरानमा मनाइँदै आएको ओलम्पिक डे यस वर्ष भव्य रूपमा मनाउने कार्यक्रम पनि तय गरिने अध्यक्ष राईले बताए ।
कोशि प्रदेश खेलकुद सदस्य सचिव हंशराज वाग्लेल्े आगामी वर्षको बजेटमा धरान खेलकुद मञ्चले गर्ने कार्यक्रममा सहयोग गर्ने बताए ।

जनता समाजवादी पार्टी नेपालका धरान नगर अध्यक्ष ताजुव लिम्वुले खेलकुदको शहर धरानमा यस्ता अवार्डहरुले पत्रकारीता क्षेत्रमा कार्यरत पत्रकारहरुलाई कलम चलानउ प्रोत्साहन मिल्ने वताए ।

नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले पुरस्कार र अवार्डहरुले पत्रकारीता क्षेत्रमा कार्यरत पत्रकारहरुलाई थप हौसला मिल्नुका साथै लेखनमा निखारपन वढदै जाने वताए ।

हर्कराज राई सुनसरी १ बाट निर्वाचित

छाल खवर धरान,२४ फागुन ः सुनसरी निर्वाचन क्षेत्र नं १ बाट श्रम संस्कृति पार् ...

झापा–५ मा बालेन भन्दा ओली २९ हजार मतले पछाडी

छाल खवर धरान,२३ फागुन ः सर्वाधिक चर्चामा रहेको निर्वाचन क्षेत्र झापा ५ मा र ...

टोल टोलबाट जनतालाई उत्साहित गर्दै सुनसरी १ मा एमाल

छाल खवर धरान,१८ फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ निर्वाचन परिचालन स ...

सुकुम्बासी समस्या समाधान पहिलो प्राथमिकता हो उम्मे

छाल खवर धरान,१७ फागुन ः नेपाली कम्युनिष्ट पार्टी सुनसरी क्षेत्र नं. १ प्रति ...

पत्रमार्फत सुझाव दिन मनोज भट्टराईको युवालाई आह्वा

छाल खवर धरान,१६ फागुन ः नेपाली कम्युनिस्ट पार्टीबाट सुनसरी क्षेत्र नम्बर १ ...

सुनसरी–१ मा एमालेको इतिहास दोहोरिने नेताहरुको  दाव

छाल खवर धरान,१६ फागुन ःनेकपा एमालेले सुनसरी क्षेत्र नं.१ मा आफ्नो पार्टीले ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic