पहिलो अडिसनबाट २७ जना छनोट

  • वैशाख १६, २०८१
  • ३,३७६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१७ वैशाखः¥याडिकल लाईट नेपाल प्रालि धरानद्वारा आयोजित कोशी प्रदेस स्तरीय एसईई स्पिकर–२०८१ को पहिलो अडिसनबाट २७ जना सहभागीहरु छनोट भएका छन।

धरान–८ स्थित सहिद स्मृति माबिको सभा हलमा सनिबार सम्पन्न पहिलो अडिसनबाट २७ जना सहभागिहरु दोश्रो चरणमा प्रबेस गरेका हुन।

कोशी प्रदेसका विभिन्न जिल्लाबाट ३५ जना बिद्यार्थीहरु सहभागि भएको आयोजकले जनाएको छ । टाढाका सहभागिलाई बैशाख १८ गते सम्म डिजिटल माध्यमबाट अडिसनको लिइने ब्यबस्था गरिएको प्रालिका अध्यक्ष तिर्थ कार्कीले जानकारी दिए।

पहिलो चरणको डिजिटल अडिसन समेत सम्पन्न भए पछि दोश्रो चरणको प्रतियोगिताको मिति तोकिने कार्कीले जानकारी दिए।पहिलो चरणको अडिसनको शिर्षक लागू औषध दुर्ब्यसन न्यूनीकरणमा बिद्यार्थीको भुमिका थियो। प्रतियोगिताको निर्णायकहरु महेन्द्र बहुमुखी क्याम्पसका उप प्राध्यापक राजेस बिद्रोही र सहिद स्मृति माबिका शिक्षक टंक भट्टराई रहेका थिए।

एसईईदिएर बसेका बिद्यार्थीहरुको खाली समयको सदुपयोग गर्दै उचित प्लेटफम प्रदान गर्ने उद्येस्यले प्रतियोगिताको आयोजना गरिएको प्रालिका अध्यक्ष कार्कीले जानकारी दिए।

प्रतियोगितामा प्रथम,दोश्रो, तेश्रो र सान्त्वना हुनेले क्रमश २० हजार,१५ हजार, १० हजार, ५ हजार नगद र प्लस टु अद्ययनका लागि शत प्रतिशत, ७० प्रतिशत, ६० प्रतिशत र ५० प्रतिशत छात्रबृत्ति प्राप्त गर्ने आयोजकले जनाएको छ।

कार्यक्रममा सहिद स्मृति माबिका प्रधानाध्यापक राम बहादुर बिष्ट, सुमेधा एजुकेसन नेटवर्क प्रालिका अध्यक्ष सुरेन्द्र घिमिरे, युएन नबोदय कलेजका शिक्षक राम बहादुर लिम्बु, जेम आवासीय माबिका प्रिन्सिपल हरिहर कोईराला ,नेपाल पत्रकार महासङ्घ सुनसरीका सह सचिव भोला श्रेष्ठ, शिक्षिका एबम समाजसेवी सुस्मिता लिम्बू लगायतको उपस्थिति थियो ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic