सुुचना नदिएको भन्दै माओवादी आक्रोसित माओवादीको शक्ति कम नदेख्न चेतावनि

  • वैशाख २१, २०८१
  • ४५६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२१ वैशाखः संविधानले दिएको जनताले सुचना पाउने अधिकारबाट वन्चित गराएको भन्दै नेकपा (माओवादी केन्द्र) आक्रोशित वनेको छ ।

माओवादी केन्द्र रामधुनी नगर कमिटीले रामधुनि पालिकाले निर्धारित समयमा सूचना नदिएको भन्दै आक्रोशित वनेको हो ।

नगरपालिकाले नागरीकले पाउने सामान्य सुचना समेत लुकाएको भन्दै रामधुनी नगर कमिटीले दोस्रो पटक निवेदन लिएर नगरपालिका पुग्न वाध्य भएको छ ।

सूचनाको हक सम्बन्धि ऐन अनुसार १५ दिनभित्र सूचना दिनुपर्नेमा नदिएपछि माओवादी पुनः निवेदन लिएर आइतबार नगरपालिका पुगेको नगर अध्यक्ष बलराम चौलागाईंले जानकारी दिए ।

पार्टी नगर इन्चार्ज दिनेश चौधरी, प्रदेश सल्लाहकार सदस्य राजेन्द्र पौडेल, नगर अध्यक्ष चौलागाईं लगायत माओवादी नेता–कार्यकर्ताले प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ढकाललाई भेटेर पुनः निवेदन दिएका हुन् ।

दोस्रो पटकको निवेदनमा ७ दिनभित्र सूचना दिन माग गरिएको छ । निवेदनमा भनिएको छ, ‘सूचनाको हक सम्बन्धि ऐन २०६४ को दफा ७ बमोजिम माग भएको सूचना त्यस कार्यालयको सूचना अधिकारीले उपलब्ध नगराएकाले सूचनाको हक सम्बन्धि ऐन २०६४ को दफा ९ को उपदफा ३ बमोजिम सूचना अधिकारीलाई कारवाही गरि, सूचनाको हकसम्बन्धि नियमावली २०६५ को नियम ५ ‘क’ को उपनियम २ बम्मोजिम आज मिति २०८१÷०१÷१६ गतेको ७ दिनभित्र‘सूचना उपलब्ध गराउनुहुन अनुरोध छ ।’

नगरले सूचना नदिनु सूचनाको हक, संविधानले नै सुनिश्चित गरेको मौलिक हक, मानवअधिकार तथा लोकतान्त्रिक मूल्य–मान्यताविरुद्ध भएको माओवादीको ठहर छ ।

नगरपालिकालाई जनउत्तरदायी, पारदर्शी, जवाफदेही, भ्रष्टाचाररहित र जनमुखी बनाउनु आफ्नो लक्ष्य भएको माओवादीको भनाइछ ।

सूचना लुकाउने कार्यले नगरपालिका भ्रष्टाचार र अनियमिततामा चुर्लुम्म डुबेको अनुभूति भएको भन्दै तत्काल सच्चिएर ७ दिनभित्र माग गरिएको सूचनाको प्रमाणित प्रतिलिपि उपलब्ध गराउन माओवादीले आग्रह गरेको छ ।

सूचनाको हक अन्तर्गत नगरपालिकालाई बिभिन्न १५ ओटा बिषयमा प्रश्न राख्दै गत चैत्र २७ गते माओवादीले लिखित सूचना माग गरेको थियो ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic