देउराली चिल्ड्रेनमा बाल क्लब अध्यक्ष र हाउस क्याप्टेनको निर्वाचन

  • वैशाख २१, २०८१
  • २,१५९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२१ बैशाख स्धरान–५ स्थित देउराली चिल्ड्रेन एकेडेमिले शुक्रबार निर्वाचन सम्पन्न गरेको छ।

देउराली चिल्ड्रेन एजेडेमी बाल क्लबका अध्यक्ष सहित १३ सदस्यिय समिती र हाउस क्याप्टेन र भाईस क्याप्टेन चुन्न निर्वाचन गरिएको स्कुलका कोअर्डिनेटर सुरेस राईले जानकारी दिनुभयो।

निर्वाचनमा मतदानका लागि दुई वटा बुथ राखिएको कोअर्डिनेटर राईले जानकारी दिनु भयो। जम्मा १ सय ६६ मतदाताहरु मध्ये १ सय ६१ मत खसेको निर्वाचन अधिकृत शिक्षक मोतीराम थापाले जानकारी दिनु भयो।

कक्षा–५ देखि १० सम्मका बिद्यार्थीहरुले मतदानमा भाग लिएका थिए।

बिद्यार्थीहरुलाई लोकतान्त्रिक बिधिद्वारा क्लबका अध्यक्ष, हाउस क्याप्टेन लगायत छान्ने र मतदान प्रकृयाको बारेमा ब्यबहारिक ज्ञान दिने उद्येस्यले निर्वाचन गराईएको स्कुलका प्रीन्सिपल नबिन गौतमले जानकारी दिनुभयो।

निर्वाचन गरेर छानिएका बिद्यार्थीहरुलाई जिम्मेवारी दिदा लोकतन्त्रको अभ्यास हुने र बिद्यार्थीहरुले ब्यबहारिक ज्ञान समेत सिक्ने स्कुलका निर्देसक पृथ्वी राईका मगरले बताउनु भयो।

निर्वाचनको अन्तिम नतिजा आईतबार प्रकासन गरिने निर्वाचन अधिकृत थापाले जानकारी दिनुभयो।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic