एसईईआईडलका सहभागीहरुलाई अभिमुखिकरण

  • वैशाख २४, २०८१
  • ५५४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२३ बैशाखः फक्ताङ्लुङ मिडिया हाउस प्रालिद्वारा संचालित एफटिएलअनलाईन टिभिद्वाराआयोजित कोशी प्रदेस स्तरीय एसईईआईडल–२०२४ का प्रतिष्पर्धीहरुलाई आगामी चरणहरुका बारेमा आईतवार अभिमुखिकरण गरिएको छ।

धरान–१६ स्थित युएन सेमिनार हलमा गायनबाट ३५ र नृत्यबाट २१ गरि छानिएका ५६ जनालाई अभिमुखिकरण गरिएको कार्यक्रम निर्देसक राम बहादुर लिम्बुले जानकारी दिनुभयो।

प्रतियोगिताका निर्णायक सङ्गीत प्रशिक्षक र गायक बिनायक राईले आगामी बैशाख–२९ गते हुने क्वाटर फाईनलका लागि लाईभमा गाउदा के के गर्नुपर्छ भन्ने बारे प्रतिष्पर्धीहरुलाई जानकारी गराउनु भयो।

त्यसैगरी नृत्यका प्रतिष्पर्धीहरुलाई कल्चरल गीतमा नृत्य गर्नेबारे निर्णायक राईले जानकारी गराउनु भयो।

कार्यक्रमका इभेन्ट म्यानेजर तिर्थ कार्कीले अनुशासित भई कडा मिहिनेतका साथ तयारी गर्न प्रतिष्पर्धीहरुलाई आग्रह गर्नु भयो।आईडलमा भाग लिएका प्रतिष्पर्धीहरुको अनुशासन, ब्यक्तित्व, प्रस्तुतिकरण लगायतका कुराहरु कस्तो हुनुपर्छ भन्नेबारे इभेन्ट म्यानेजर कार्कीले जानकारी गराउनु भयो।

एसईईमा सहभागी भएका बिद्यार्थीहरुका लागि एसईईआईडल प्रदेसकै सबैभन्दा ठूलो प्लेट्फम भएको प्रालिका अध्यक्ष डम्बर कुमार तुम्बापोको दावी छ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic