कोशी प्रदेस स्तरीय कराते च्याम्पियनशिपमा सुनाखरीलाई ३ गोल्ड र ३ सिल्भर पदक

  • वैशाख २५, २०८१
  • २,५३४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२५ वैशाखः सुनाखरी एकेडेमि धरान–१२ का बिद्यार्थीहरु तेश्रो कोशी प्रदेस स्तरीय आमन्त्रण खुला कराते च्याम्पियनशिप विजेता वन्न सफल वनेकाछन् ।

विद्यार्थीहरुले खुल्ला कराते च्याम्पिएनशिप २०२४ मा ३ गोल्ड मेडल र ३ सिल्भर मेडल जित्न सफल भएका हुन ।

झापा स्थित शिबसतासि सितोरियो कराते एकेडेमिले गत बैशाख १४ र १५ गते आयोजना गरेको प्रतियोगितामा सुनाखरीका बिद्यार्थीहरुले उक्त उपलब्धी हासिल गरेका हुन ।

गोल्ड मेडल पाउने बिद्यार्थीहरुमा वर्षा राई, इस्तुम राई र देमछुन राई रहेका छन ।

त्यस्तै सिल्भर मेडल पाउने बिद्यार्थीहरुमा नीमा डोल्मा तामाङ,साङ्गे डोल्मा तामाङ र चारु राई रहेका छन।

बिजेता बिद्यार्थीहरुले मेडल र प्रमाणपत्र प्राप्त गरेका छन।अतिरिक्त क्रीयाकलापको पर्यायको रुपमा चिनिने सुनाखरी एकेडेमिले बिद्यार्थीहरुलाई जुनसुकै प्रतियोगितामा भाग लिन पठाए पनि प्राय रित्तो हात नफर्किने स्कुलका प्रिन्सिपल मिलन कुमार राई बताउनु हुन्छ ।

सुनाखरी एकेडेमिले गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै बिद्यार्थीहरुको प्रतिभा र क्षमतालाई निखारता ल्याउनको लागि अतिरिक्त क्रीयाकलापमा समेत बिशेष जोड दिदै आएको छ ।

पढाईका साथै अतिरीक्त क्रियाकलापमा समेत सुनखरी अव्वल रहेको छ ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic