वर्ल्ड च्याम्पियनशिप बक्तृत्वकला छनोटमा हिविसकसकी दिविका प्रथम

  • वैशाख २९, २०८१
  • १,५०३ पटक पढिएको
  • छाल खबर
alt

धरान,२७ वैशाखः पढाईका अतिरिक्त विभिन्न कार्यक्रमलाई निरन्तरता दिदै आएको हिबिसकस इङ्लिस बोर्डिङ स्कुल धरान–१५ मा शुक्रवार आयोजना गरीएको वर्ल्ड च्याम्पियनशिपका लागि छनोट चरणको वक्तृत्वकला प्रतियोगिता हिविसकसकी दिविका राई प्रथम हुन सफल वनेकी छिन् ।

कक्षा ६ देखि १० सम्मका आफ्ना १५ जना प्रतिष्पधीलाई पछि पादैै उनी प्रथम हुन सफल वनेकी हुन ।

एजुकेटर अप्टिमिस्ट क्लब धरानको आयोजना र हिबिस्कस स्कुलको सह–कार्यमा भएको प्रतियोगितामा कक्षा ६देखि १० सम्मका १५ जना विद्यार्थीहरु सहभागी भएका थिए ।

प्रतियोगितामा कक्षा–१० मा अध्ययनरत छात्रा दिविकाले प्रथम स्थान हात पार्दै राष्ट्रिय प्रतियोगिताका लागि छनौट भएकी हुन ।

त्यस्तै प्रतियोगितामा सोही स्कुलकी कक्षा–१० मा अध्ययनरत आयुषा श्रेष्ठ दोस्रो स्थान हात पार्न सफल वनेकीछिन भने प्रतियोगितामा धरान मोडल स्कुलकी आकृति श्रेष्ठ तेस्रो हुन सफल भएकी थिइन ।

प्रतियोगिताको शीर्षक हाउ टु चेन्ज द वल्ड अप्टिमिजम शीर्षक रहेको सो प्रतियोगितामा स्कुलका सिनियर अङ्ग्रेजी शिक्षक बल बहादुर बस्नेत,शिक्षक नयनराज राई र राजिव तामाङप्रतियोगिताका निर्णायकहरु थिए।

कार्यक्रम अध्यक्ष विजय सिं थेवेका अनुसार प्रथम हुने दिविका आगामी बैशाख–३१ गते काठमाण्डौमा हुने राष्ट्रिय प्रतियोगितामा प्रतिष्पर्धा गर्नेछिन् ।

सो प्रतियोगितामा उत्कृष्ट भएमा दिविकाले सम्युक्त राज्य अमेरिकामा हुने विश्व प्रतियोगितामा भाग लिन जाने अवसर पाउने अध्यक्ष थेबेले जानकारी दिए।

प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो हुनेलाई धरान सिटि अप्टिमिस्ट क्लबका अध्यक्ष बिजय सिं थेवे र कार्यक्रमका अतिथि धरान मोडल स्कुलका प्रिन्सिपल दिपक घिमिरेले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगिताका सहभागीहरुलाई पनि प्रमाण–पत्र बितरण गरीएको थियो ।

हिविसकस स्कुलले पढाईका साथ साथै अतिरिक्त क्रियाकलापहरुमा विशेष ध्यान दिदै कार्यक्रमहरु आयोजना गर्दे आएको छ ।

कार्यक्रम संचालन शिक्षिका चुन्साह लिम्बुले गरेकी थिइन ।

डिसिए कपको उपाधि दुवै आयोजकको पोल्टा

छाल खवर धरान,२० मंसिर ःदेउराली चिल्ड्रेन एकेडेमी धरान–५ले आयोजना गरेक ...

हामी चुनावको पक्षमा छौ तर वातावरण बनेको देखिदैन जस

छाल खवर धरान,१८ मंसिर ः जसपा नेपालका अध्यक्ष, पूर्व उपप्रधानमन्त्री उपेन्द् ...

मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ सुनसरी बिजयी

धरान : धरान १५ स्थित हिविसकस इङ्ग्लिस वोर्डिङ्ग स्कूलद्वारा आयोजित मैत्री ...

सुनाखरी एकेडेमी कपको उपाधि आयोजकको पोल्टामा

छाल खवर धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको ...

शिक्षासेवी घिमिरेद्वारा आमाको नाममा १ लाखको अक्षय

छाल खवर धरान,१५ मंसिर ः शिक्षा सेवि तथा समाजसेवी सुरेन्द्र घिमिरेले आफ्नो ज ...

सुनाखरी रातो विजयी

छाल खवर धरान, १४ मङ्सिर — धरानमा जारी सुनाखरी एकेडेमी कपको आइतवारको ख ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic