वर्ल्ड च्याम्पियनशिप बक्तृत्वकला छनोटमा हिविसकसकी दिविका प्रथम

  • वैशाख २९, २०८१
  • १,५५६ पटक पढिएको
  • छाल खबर
alt

धरान,२७ वैशाखः पढाईका अतिरिक्त विभिन्न कार्यक्रमलाई निरन्तरता दिदै आएको हिबिसकस इङ्लिस बोर्डिङ स्कुल धरान–१५ मा शुक्रवार आयोजना गरीएको वर्ल्ड च्याम्पियनशिपका लागि छनोट चरणको वक्तृत्वकला प्रतियोगिता हिविसकसकी दिविका राई प्रथम हुन सफल वनेकी छिन् ।

कक्षा ६ देखि १० सम्मका आफ्ना १५ जना प्रतिष्पधीलाई पछि पादैै उनी प्रथम हुन सफल वनेकी हुन ।

एजुकेटर अप्टिमिस्ट क्लब धरानको आयोजना र हिबिस्कस स्कुलको सह–कार्यमा भएको प्रतियोगितामा कक्षा ६देखि १० सम्मका १५ जना विद्यार्थीहरु सहभागी भएका थिए ।

प्रतियोगितामा कक्षा–१० मा अध्ययनरत छात्रा दिविकाले प्रथम स्थान हात पार्दै राष्ट्रिय प्रतियोगिताका लागि छनौट भएकी हुन ।

त्यस्तै प्रतियोगितामा सोही स्कुलकी कक्षा–१० मा अध्ययनरत आयुषा श्रेष्ठ दोस्रो स्थान हात पार्न सफल वनेकीछिन भने प्रतियोगितामा धरान मोडल स्कुलकी आकृति श्रेष्ठ तेस्रो हुन सफल भएकी थिइन ।

प्रतियोगिताको शीर्षक हाउ टु चेन्ज द वल्ड अप्टिमिजम शीर्षक रहेको सो प्रतियोगितामा स्कुलका सिनियर अङ्ग्रेजी शिक्षक बल बहादुर बस्नेत,शिक्षक नयनराज राई र राजिव तामाङप्रतियोगिताका निर्णायकहरु थिए।

कार्यक्रम अध्यक्ष विजय सिं थेवेका अनुसार प्रथम हुने दिविका आगामी बैशाख–३१ गते काठमाण्डौमा हुने राष्ट्रिय प्रतियोगितामा प्रतिष्पर्धा गर्नेछिन् ।

सो प्रतियोगितामा उत्कृष्ट भएमा दिविकाले सम्युक्त राज्य अमेरिकामा हुने विश्व प्रतियोगितामा भाग लिन जाने अवसर पाउने अध्यक्ष थेबेले जानकारी दिए।

प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो हुनेलाई धरान सिटि अप्टिमिस्ट क्लबका अध्यक्ष बिजय सिं थेवे र कार्यक्रमका अतिथि धरान मोडल स्कुलका प्रिन्सिपल दिपक घिमिरेले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगिताका सहभागीहरुलाई पनि प्रमाण–पत्र बितरण गरीएको थियो ।

हिविसकस स्कुलले पढाईका साथ साथै अतिरिक्त क्रियाकलापहरुमा विशेष ध्यान दिदै कार्यक्रमहरु आयोजना गर्दे आएको छ ।

कार्यक्रम संचालन शिक्षिका चुन्साह लिम्बुले गरेकी थिइन ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic