एसईई आईडलको क्वाटर फाईनलबाट ३६ जना छनोट

  • वैशाख ३०, २०८१
  • १,८५८ पटक पढिएको
  • छाल खबर
alt


छाल खवर
धरान,३० वैशाखः फक्ताङ्लुङ मिडिया हाउस प्रालिद्वारा संचालित एफटिएल अनलाईन टिभिको आयोजनामा एसईई दिएर बसेका बिद्यार्थीहरुका लागि भएको कोशि प्रदेस स्तरीय एसईई आईडल–२०२४ को क्वाटर फाईनलबाट ३६ जना छनोट भएका छन।

धरान–१६ स्थित युएन सेमिनार हलमा सनिबार सम्पन्न क्वाटर फाईनलबाट गायनमा २० र नृत्यमा १६ गरि ३६ जना सहभागीहरु सेमि फाईनलमा प्रबेस गरेका हुन।

गायन तर्फको निर्णायकहरुमा भोइस अफ नेपाल सिजन–२ का टप फाईनलिस्ट एबम गायक बिकास तुम्बापो लिम्बू र सङ्गित प्रशिक्षकरगायक बिनायक राई थिए।

त्यस्तै नृत्य तर्फको निर्णायकहरुमा वरिष्ठ नृत्य प्रशिक्षक मनि राई, राष्ट्रिय कोरियोग्राफर प्रितम सम्बाहाम्फे र नृत्य प्रशिक्षक पनिता तामाङ थिए।

एस।ई।ई।दिएर बसेका बिद्यार्थीहरुको खाली समयको सदुपयोग गर्दै गायन र नृत्य प्रतिभालाई उजागर गर्ने अवसर प्रदान गर्न आईडलको आयोजना गरिएको प्रालिका अध्यक्ष डम्बर कुमार तुम्बापोले जानकारी दिनुभयो।

शिक्षाका लागि सङ्गीत भन्ने मुल नाराका साथ संचालन भएको एसईई आईडलले बिद्यार्थीहरुको अध्ययनमा सहज हुने र उनीहरुभित्र लुकेर रहेको प्रतिभालाई प्रष्फुटन गराउन सघाउ पुग्ने इभेन्ट म्यानेजर तिर्थ कार्कीले बताउनु भयो।

आईडलमा कोशी प्रदेसका झापा, मोरङ, सुनसरी, धनकुटा, सन्खुवासभा, तेर्हथुम, भोजपुर, पाचथर, इलाम लगायतका जिल्लाबाट सहभागिहरु आएको इभेन्ट निर्देशक राम बहादुर लिम्बुले बताउनु भयो।

आयोजकका अनुसार एसईई आईडल गायन र नृत्य दुबै तर्फका बिजेता, फष्ट रनर अप र सेकेण्ड रनर अपले क्रमश नगद ५० हजार, ३० हजार र २० हजार नगद प्राप्त गर्ने छन।

त्यसैगरी कक्षा–११ र १२ को अध्ययनका लागि क्रमश शत प्रतिशत, ८० प्रतिशत र ७० प्रतिशत छात्रवृत्ति पाउने छन।

सेमि फाईनल आगामी ज्येष्ठ ५ गते सनिबार युएन सेमिनार हलमा हुने आयोजकले जनाएको छ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic