आइएसए नेपाल झापा,इमोर्टल क्लब र धरान मेघा, अगाडि

  • वैशाख ३०, २०८१
  • १,१५४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३० वैशाखः धरानमा जारी दोस्रो अल्फा विटा ओपन महिला पुरुष बास्केटबल प्रतियोगिताको दोस्रो दिन आइतबार भएको खेलमा आइएस, झापा,धरान मेघा, र इमोर्टल क्लब विजयी भएका छन् ।

प्रतियोगितामा महिला तर्फ आइएसए नेपाल धरान मेघा, र इमोर्टल विजयी भएका थिए ।

त्यस्तै पुरुष तर्फ झापा र इमोर्टल क्लब विजयी भए महिला तर्फको खेलमा धरान मेघा कलेजले युवा जागृति क्लबलाई ४९–१०, आइएसए नेपालले तरहरालाई ४६–२ र इमोर्टलले इलुजन झापालाई २५–१५ अङ्कको अन्तरले पराजित गरे ।

महिला तर्फ लिग कम नकआउटको आधारमा सम्पन्न खेलको ए पोलमा आइएस ए नेपालले दुवै खेलमा जित निकाल्दै समूहको अगाडि रहेको छ । दुवै खेल खेलमा धरान मेघा कलेज र युवा जागृति क्लबले एक जित र एक हार नतिजा निकालेका छन् ।

तरहराले भने दुवै खेल गुमाएको छ । ए पोलका सबै टिमले एकरएक खेल खेल्न बाँकी छ । तरहराले भने दुवै खेल गुमाएको हो । महिला तर्फको वि पोल समूहमा भने १र१ खेल खेलेका रेड डेभिल्स र इमोर्टलले एक एक जित निकालेको छ । इलुजन झापा पराजित भएको छ ।

सोमवार हुने लिगको अन्तिम चरणको खेलमा युवा जागृतिले आइएसए नेपाल, धरान मेघा कलेजले तरहरा र रेड डेभिल्सले इलुजन झापा सँग प्रतिस्पर्धा गर्नेछ । सोमवारको खेलको नतिजाले समूह ए र ुसमूह विुको विजेता र उपविजेता निर्धारण गर्नेछ ।

पुरुष तर्फ झापाले केन्द्रीय प्रविधि क्याम्पस हातिसारलाई ३८–१७ र इमोर्टल क्लबले धरान मेघा कलेजलाई ६५–३९ अङ्कले पराजित गरेको छ । नकआउटको आधारमा भएको पुरुष तर्फ सोमवार युवा जागृति र तरहरा ए र तरहरा वि र होराइजन बिच खेल हुनेछ ।

धरान वास्केट बल संघको आयोजनामा भएको सो प्रतियोगितामा सुनसरी बास्केटबल सङ्घको प्राविधिक सहयोग रहेको छ। प्रतियोगिता मुख्य प्रायोजन अल्फा विटा कोयला कन्सल्टेन्सी प्रालिले गरेको छ ।

प्रतियोगिता धरान१६ स्थित धरान रङ्गशाला इन्डोर बास्केटबल कोर्टमा भइरहेको छ ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic