शारदा बालिका नमुना माविले ७५ पुरा गरेकोमा हीरक महोत्सव

  • जेठ १०, २०८१
  • ५,३८७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१० जेठः धरान–१६ स्थित शारदा बालिका नमुना माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ७५औँ वर्ष पुरा गरेको अवसरमा हीरक महोत्सव मनाउने भएको छ ।

विद्यालयले वुधवार पत्रकार सम्मेलनको आयोजना गरी सो विषयमा जानकारी गराएको हो ।

हिरक महोत्सव समितिका संयोजक विद्यालयका शिक्षक पदम लुइटेलले हीरक महोत्सव जेठ २४ देखी ३१ गतेसम्म विभिन्न कार्यक्रम आयोजना गरी मनाइने जानकारी दिए ।

उनका अनुसार महोत्सवमा विद्यार्थी तहमा स्वास्थ्य, साहित्य र खेलकुदका कार्यक्रमहरू राखिएका छन् । अभिभावकहरूमा क्यान्सर सचेतना, पाठेघरको मुख क्यान्सर परीक्षण, अभिभावक शिक्षा कार्यक्रम आयोजना गरिने छ ।

त्यसैगरी आँखा परीक्षण, रक्तदान, हाडजोर्नी परीक्षणका शिविरहरू महोत्सव भर सञ्चालन गरिने छ ।

नगर स्तरीय छात्रा भलिबल प्रतियोगिता, कविता प्रतियोगिता, नगर स्तरीय हाजिरी जवाफ प्रतियोगिता सहित महोत्सव समापन गरिने छ ।

पत्रकार सम्मेलनमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिभा श्रेष्ठ महोत्सव सफल वनाउनका लागि सवैले आ–आफ्नो ठाउबाट सहयोग गरीदिन आग्रह समेत गरेकी थिइन ।

उनले आफू व्यवस्थापन समितिमा आएपछि स्कुललाई नयाँ गति दिने योजना अघि बढाएको बताइन् ।

पछिल्लो समय अङ्ग्रेजी माध्यमका निजी विद्यालयहरू सँग प्रतिस्पर्धा, अभिभावकहरूको सोचाइमा आएको परिवर्तनका कारण छात्राहरू मात्र पढाई हुने विद्यालयले समस्याको सामना गर्नु परेको उनको भनाई थियो ।

अध्यक्ष श्रेष्ठका अनुसार विद्यालयमा आकर्षण बढाउन प्राविधिक विषयको पठनपाठन थप गर्ने योजनामा काम भइरहेको छ । उनले भनिन् ‘छात्राहरूको स्कुल भएकोले फेसन डिजाइन तथा ब्युटी पार्लरको प्राविधिक विषय उपयुक्त हुने हामीले ठहर गरेका छौँ ।’ विद्यालयमा हाल प्लस टूमा शिक्षा र व्यवस्थापन विषयको पठन पाठन भइरहेको छ ।

हाल विद्यालयमा ५ सय छात्राहरु अध्ययनरत छन् । विद्यालय परिसरमा २५ जना छात्रा बस्ने छात्रावास छ । फुटबल ग्राउण्ड, बास्केटबल कोर्ट र परिसर भित्रै क्यान्टिन पनि सञ्चालनमा छ ।

विद्यालयमा ४४ जना छात्रवृत्ति दाताहरूबाट ३२ लाख छात्रवृत्ति कोषमा स्थापना गरिएको छ । उक्त कोषबाट वार्षिक दुई दर्जन गरिब, जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिँदै आएको छ ।

प्रधानाध्यापक धर्मनारायण सिंहले विद्यालयको पुरानो साख फर्काउन हीरक महोत्सवले योगदान पुर्‍याउने विश्वास व्यक्त गरेकाछन् ।

महोत्सवमा विद्यालयका पूर्व विद्यार्थी, शिक्षक तथा स्थापनाकालमा योगदान गरेका दाताहरूलाई सम्मान गरिने कार्यक्रम छ ।

हीरक महोत्सवका लागि विद्यालयले व्यवस्थापन समितिकी अध्यक्ष दिभा श्रेष्ठको अध्यक्षतामा सङ्घीय सांसद, प्रदेश सांसद, विद्यालयका पूर्व प्रधानाध्यापक, शिक्षक, व्यवसायी, समाजसेवी सहितको १०१ जनाको मूल समारोह समितिसमेत गठन गरेको छ ।

डिसिए कपको उपाधि दुवै आयोजकको पोल्टा

छाल खवर धरान,२० मंसिर ःदेउराली चिल्ड्रेन एकेडेमी धरान–५ले आयोजना गरेक ...

हामी चुनावको पक्षमा छौ तर वातावरण बनेको देखिदैन जस

छाल खवर धरान,१८ मंसिर ः जसपा नेपालका अध्यक्ष, पूर्व उपप्रधानमन्त्री उपेन्द् ...

मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ सुनसरी बिजयी

धरान : धरान १५ स्थित हिविसकस इङ्ग्लिस वोर्डिङ्ग स्कूलद्वारा आयोजित मैत्री ...

सुनाखरी एकेडेमी कपको उपाधि आयोजकको पोल्टामा

छाल खवर धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको ...

शिक्षासेवी घिमिरेद्वारा आमाको नाममा १ लाखको अक्षय

छाल खवर धरान,१५ मंसिर ः शिक्षा सेवि तथा समाजसेवी सुरेन्द्र घिमिरेले आफ्नो ज ...

सुनाखरी रातो विजयी

छाल खवर धरान, १४ मङ्सिर — धरानमा जारी सुनाखरी एकेडेमी कपको आइतवारको ख ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic