शारदा बालिका नमुना माविले ७५ पुरा गरेकोमा हीरक महोत्सव

  • जेठ १०, २०८१
  • ५,४११ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१० जेठः धरान–१६ स्थित शारदा बालिका नमुना माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ७५औँ वर्ष पुरा गरेको अवसरमा हीरक महोत्सव मनाउने भएको छ ।

विद्यालयले वुधवार पत्रकार सम्मेलनको आयोजना गरी सो विषयमा जानकारी गराएको हो ।

हिरक महोत्सव समितिका संयोजक विद्यालयका शिक्षक पदम लुइटेलले हीरक महोत्सव जेठ २४ देखी ३१ गतेसम्म विभिन्न कार्यक्रम आयोजना गरी मनाइने जानकारी दिए ।

उनका अनुसार महोत्सवमा विद्यार्थी तहमा स्वास्थ्य, साहित्य र खेलकुदका कार्यक्रमहरू राखिएका छन् । अभिभावकहरूमा क्यान्सर सचेतना, पाठेघरको मुख क्यान्सर परीक्षण, अभिभावक शिक्षा कार्यक्रम आयोजना गरिने छ ।

त्यसैगरी आँखा परीक्षण, रक्तदान, हाडजोर्नी परीक्षणका शिविरहरू महोत्सव भर सञ्चालन गरिने छ ।

नगर स्तरीय छात्रा भलिबल प्रतियोगिता, कविता प्रतियोगिता, नगर स्तरीय हाजिरी जवाफ प्रतियोगिता सहित महोत्सव समापन गरिने छ ।

पत्रकार सम्मेलनमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिभा श्रेष्ठ महोत्सव सफल वनाउनका लागि सवैले आ–आफ्नो ठाउबाट सहयोग गरीदिन आग्रह समेत गरेकी थिइन ।

उनले आफू व्यवस्थापन समितिमा आएपछि स्कुललाई नयाँ गति दिने योजना अघि बढाएको बताइन् ।

पछिल्लो समय अङ्ग्रेजी माध्यमका निजी विद्यालयहरू सँग प्रतिस्पर्धा, अभिभावकहरूको सोचाइमा आएको परिवर्तनका कारण छात्राहरू मात्र पढाई हुने विद्यालयले समस्याको सामना गर्नु परेको उनको भनाई थियो ।

अध्यक्ष श्रेष्ठका अनुसार विद्यालयमा आकर्षण बढाउन प्राविधिक विषयको पठनपाठन थप गर्ने योजनामा काम भइरहेको छ । उनले भनिन् ‘छात्राहरूको स्कुल भएकोले फेसन डिजाइन तथा ब्युटी पार्लरको प्राविधिक विषय उपयुक्त हुने हामीले ठहर गरेका छौँ ।’ विद्यालयमा हाल प्लस टूमा शिक्षा र व्यवस्थापन विषयको पठन पाठन भइरहेको छ ।

हाल विद्यालयमा ५ सय छात्राहरु अध्ययनरत छन् । विद्यालय परिसरमा २५ जना छात्रा बस्ने छात्रावास छ । फुटबल ग्राउण्ड, बास्केटबल कोर्ट र परिसर भित्रै क्यान्टिन पनि सञ्चालनमा छ ।

विद्यालयमा ४४ जना छात्रवृत्ति दाताहरूबाट ३२ लाख छात्रवृत्ति कोषमा स्थापना गरिएको छ । उक्त कोषबाट वार्षिक दुई दर्जन गरिब, जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिँदै आएको छ ।

प्रधानाध्यापक धर्मनारायण सिंहले विद्यालयको पुरानो साख फर्काउन हीरक महोत्सवले योगदान पुर्‍याउने विश्वास व्यक्त गरेकाछन् ।

महोत्सवमा विद्यालयका पूर्व विद्यार्थी, शिक्षक तथा स्थापनाकालमा योगदान गरेका दाताहरूलाई सम्मान गरिने कार्यक्रम छ ।

हीरक महोत्सवका लागि विद्यालयले व्यवस्थापन समितिकी अध्यक्ष दिभा श्रेष्ठको अध्यक्षतामा सङ्घीय सांसद, प्रदेश सांसद, विद्यालयका पूर्व प्रधानाध्यापक, शिक्षक, व्यवसायी, समाजसेवी सहितको १०१ जनाको मूल समारोह समितिसमेत गठन गरेको छ ।

हर्कराज राई सुनसरी १ बाट निर्वाचित

छाल खवर धरान,२४ फागुन ः सुनसरी निर्वाचन क्षेत्र नं १ बाट श्रम संस्कृति पार् ...

झापा–५ मा बालेन भन्दा ओली २९ हजार मतले पछाडी

छाल खवर धरान,२३ फागुन ः सर्वाधिक चर्चामा रहेको निर्वाचन क्षेत्र झापा ५ मा र ...

टोल टोलबाट जनतालाई उत्साहित गर्दै सुनसरी १ मा एमाल

छाल खवर धरान,१८ फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ निर्वाचन परिचालन स ...

सुकुम्बासी समस्या समाधान पहिलो प्राथमिकता हो उम्मे

छाल खवर धरान,१७ फागुन ः नेपाली कम्युनिष्ट पार्टी सुनसरी क्षेत्र नं. १ प्रति ...

पत्रमार्फत सुझाव दिन मनोज भट्टराईको युवालाई आह्वा

छाल खवर धरान,१६ फागुन ः नेपाली कम्युनिस्ट पार्टीबाट सुनसरी क्षेत्र नम्बर १ ...

सुनसरी–१ मा एमालेको इतिहास दोहोरिने नेताहरुको  दाव

छाल खवर धरान,१६ फागुन ःनेकपा एमालेले सुनसरी क्षेत्र नं.१ मा आफ्नो पार्टीले ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic